कनकाई खबर / विकास निर्माणको काममा व्यस्त देखिने स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधीहरु यतिबेला खाद्य सामाग्रीको अभावमा छटपटाइरहेका आफ्ना जनतालाई दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमा नै पुर्याउँने कार्यमा तल्लीन देखिन्छन् ।
झापाका सवै स्थानीय तहहरुमा एकद्वार प्रणाली अनुरुप अतिआवश्यकीय सामाग्री एकैसाथ वितरण हुनथालेको स्थानीय सरकारका प्रमुखहरु बताउँछन् । कोरोना विरुद्धको अभियानमा सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई राहत स्वरुप स्थानीय सरकारका तर्फवाट खाद्य सामाग्री वितरणको कार्य तिव्र रुपमा अघि बढेको हो ।
हरेक स्थानीय तह अन्तर्गतको विपत व्यवस्थापन कोषवाट अति विपन्न परिवारलाई घरैमा गएर स्थानीय सरकारका प्रतिनिधीहरुले अतिआवश्यकीय सामाग्रीहरु वितरण गर्न थालेका हुन् । विहान बेलुका हातमुख जोर्न नै धौ धौ पर्ने अवस्था आउँन थालेपछि स्थानीय सरकारका तर्फवाट जनतालाई अतिआवश्यकीय सामाग्रीहरु वितरण गर्न थालिएको हो ।
यसै क्रममा प्रधान मन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिकामा प्रारम्भिक चरणमै ५० लाख बढीको कोरोना राहत कोष व्यवस्थापन भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले वताउँनुभएको छ ।
नगरको विपद व्यवस्थापन कोषवाट ३० लाखको बजेट व्यवस्थापन गरिएको वताइएको छ । त्यस्तै स्थानीय स्तरका विभिन्न संघसंस्था, उद्योगी, व्यवसायी, स्वदेश तथा विदेशमा रहेका नगरवासीहरुको सहयोग एवम् जनप्रतिनिधीको एक महिना वरावरको पारिश्रमीक र नगरपालिकाका कर्मचारीहरुको आफ्नो तलव भत्तावाट १० प्रतिशत रकम समेत गरी संकलन भएको कोषवाट नगरवासीको घरदैलोमा पुगेर अतिआवश्यकीय खाद्य सामाग्री वितरण गर्न थालेको नगर प्रमुख ओलीले वताउँनुभएको छ ।
त्यस्तै झापाको मध्य भागमा रहेको कनकाई नगरपालिकाले नगरको विपत व्यवस्थापन कोषमा संकलन भएको रकमवाट सहयोग सामाग्री वितरण गर्न थालेको छ । स्थानीय जनप्रतिनिधी साथै कर्मचारीहरुवाट संकलन भएको रकमसहित गरी ३५ लाखको विपत कोष घोषणा गरे लगत्तै स्वदेश तथा विदेशमा समेत रहेका नगरवासीहरुवाट तिव्र रुपमा रकम संकलन हुन थालेपछि बुधवारदेखि नै खाद्य सामाग्री वितरण हुनथालेको कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले वताउँनुभएको छ । नगरवासीको घरदैलोमा पुगेर स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधीहरुले अतिआवश्यकीय खाद्य सामाग्री दाल, चामल, नुन, तेल, तरकारी, चिउरा, चिनी लगायतका दैनिक उपभोग्य सामाग्री वितरण गर्न थालेको कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले वताउँनुभएको छ ।
त्यस्तै झापाको अर्जुनधारा नगरपालिकाले दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई राहत स्वरुप अतिआवश्यकीय सामाग्री उपलव्ध गराउँन नगरको विपद व्यवस्थापन कोषवाट १५ लाखको वजेट व्यवस्थापन गरेको नगरप्रमुख हरिकुमार रानाले वताउँनुभएकोछ । यसका साथै स्थानीय जनप्रतिनिधी,कर्मचारी, उद्योगी व्यवसायी साथै देशविदेशमा रहेका नगरवासीहरुवाट समेत संकलन भएको थप रकमवाट खाद्य सामाग्री वितरण गर्न सुरु गरिएको नगर प्रमुख रानाले जानकारी दिनुभएको छ ।
त्यस्तै शिवसताक्षी नगरपालिकाले नगरको विपद व्यवस्थापन कोषवाट २१ लाख र जनप्रतिनिधि साथै कर्मचारीहरुसहितको थप रकमवाट जम्मा ३०लाखको वजेट व्यवस्थापन गरी अतिआवश्यकीय खाद्य सामाग्री वितरण हुन थालेको नगरप्रमुख चन्द्रकुमार शेर्माले वताउँनुभएको छ । यसका साथै स्थानीय विभिन्न संघसंस्था, उद्योगी , व्यवसायीहरु, देशविदेशमा रहेका नगरवासीहरुवाट समेत कोषमा रकम थप हुने क्रम तिव्र रुपमा अघि बढेको नगर प्रमुख शेर्माले जानकारी दिनुभएको छ ।
त्यस्तै गौरादह नगरपालिकामा नगरको विपद व्यवस्थापन कोषवाट ४० लाख र जनप्रतिनिधि साथै कर्मचारीहरुसहितको थप ६ लाखको वजेटवाट नगर भित्रका दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई अतिआवश्यकीय खाद्य सामाग्री वितरण गर्न थालिएको नगरप्रमुख रोहितकुमार शाहले बताउँनुभएको छ । यसका साथै कोषमा स्थानीय विभिन्न संघसंस्था, उद्योगी, व्यवसायी एवम् स्वदेश तथा विदेशमा रहेका नगरवासीहरुवाट समेत सहयोग रकम प्राप्त भइरहेको नगरप्रमुख रोहितकुमार शाहले जानकारी दिनुनुभएको छ ।
त्यस्तै विर्तामोड नगरपालिकामा जनप्रतिनिधी र नगरका कर्मचारीहरु बाहेक नगरको विपद व्यवस्थापन कोषवाट ५० लाखको राहत कोष व्यवस्थापन गरिएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले वताउँनुभएको छ । जनप्रतिनिधि साथै नगरका कर्मचारीहरुसहित स्थानीय विभिन्न संघसंस्था, उद्योगी, व्यवसायी साथै स्वदेश तथा विदेशमा रहेका नगरवासीहरुको थप सहयोगवाट संकलन भएको रकमवाट नगर भित्रका दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई आवश्यकीय खाद्य सामाग्री वितरण गर्न थालिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिनुभएको छ ।
भारतको पूर्वि सिमा क्षेत्रमा पर्ने मेची नगर नगरपालिकाले समेत नगरको विपद व्यवस्थापन कोषवाट ५० लाखको राहत कोष व्यवस्थापन गरेको भएपनि दाताहरुवाट सहयोग निरन्तर आइरहेकाले हाल सम्म कोषमा एक करोड बढीको वजेटको व्यवस्थापन भएको नगर प्रमुख विमल आचार्यले वताउँनुभएको छ । नगर साथै प्रत्येक वडा र टोलहरुको कार्यविधि निर्माण गरी आवश्यक्ता अनुसार नगर भित्रका मजदुर साथै अति विपन्न परिवारलाई आवश्यकीय खाद्य सामाग्री वितरण गर्न थालिएको नगरप्रमुख आचार्यले जानकारी दिनुभएको छ ।
त्यसै गरी दक्षिण तर्फ भारतसँग सिमा जोडिएको झापा गाउँपालिकामा पालिकाको विपद व्यवस्थापन कोषवाट २५ लाखको कोरोना राहत कोष व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले वताएकाछन् । राहत कोषमा स्थानीय विभिन्न संघ संस्था, उद्योगी, व्यवसायी लगायत स्वदेश तथा विदेशमा रहेका स्थानीयवासीको सहयोग निरन्तर आइरहने भएकाले दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई आवश्यकीय खाद्य सामाग्री वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले वताएकाछन् ।