Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समाजसेवी चिमरीयाद्वारा संचार, सुरक्षा र स्वास्थ्यकर्मीलाई पिपिई प्रदान
    कनकाई खबर बिशेष

    समाजसेवी चिमरीयाद्वारा संचार, सुरक्षा र स्वास्थ्यकर्मीलाई पिपिई प्रदान

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २०, बिहीबार ०५:०२ गते2 Mins Read

     

     

    कनकाई खबर \  कोरोना भाइरसबाट बच्न झापाका एक समाजसेवी युवाले पत्रकारसहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पिपिई र मास्क प्रदान गरेका छन् ।

        कनकाई नगरको सुरुङ्गा निवासी समाजसेवी युवा व्यक्तित्व तथा लायन्स क्लव एवम् सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीला चिमरियाले सहारा नेपाल(साकोस) सँग समन्वय गरी कनकाई नगर लगायत झापाका विभिन्न स्थानमा कार्यरत संचारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पिपिई र मास्क प्रदान गरेका छन् । यसैक्रममा कनकाई नगरका क्रियाशिल पत्रकार रामप्रसाद निरौला सहित तीनजना पत्रकारलाई समेत जनही एक एक थान पिपिई र मास्क प्रदान गरेका छन् ।

     यस क्षेत्रमा कोरोना विरुद्धको सचेतना अभियान, नियन्त्रण तथा रोकथामदेखि राहत वितरण सम्मका समाचार संकलनमा सुरुदेखिनै क्रियाशिल रहेका राष्ट्रिय समाचार समिति (रासस) झापाका सम्वाददाता, कनकाई खबर अनलाइन साथै साप्ताहिक पत्रिकाका सम्पादक साथै अन्य विभिन्न संचार माध्यममा समेत क्रियाशिल निरौलासहित नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा गोरखापत्रका विर्तामोड सम्वाददाता लीलाराज झापाली , कनकाई अनलाईनका प्रधान सम्पादक केशव चापागाईँलाई एक एक थान पिपिई सहित मास्क प्रदान गरिएको हो ।

       पत्रकारहरु जस्तोसुक्कै जोखिममा पनि समाचार संकलन र अतिआवश्यकीय सहयोग हस्तान्तरणमा जानैपर्ने बाध्यता भएकोले आँफुले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) सँग समन्वय गरी यी सामाग्री वितरण गरेको चिमरियाले बताए । सहारा नेपालले आफ्नो सेवा क्षेत्र प्रदेश नं.१ का ६ वटा जिल्लामा खाद्य सामाग्री समेत वितरण गर्दै आएको छ । यसका साथै सहारा नेपालले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहितलाई अतिआवश्यक पर्ने पिपिई समेत आफ्ना सेवा क्षेत्रमा वितरण गर्दै आएको वताइएको छ । सहारा नेपाल(साकोस)सँग समन्वय गरेर समाजसेवी चिमरीयाले जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय विर्तामोड, सुरुङ्गा, झिलझिले, प्रहरी चौकी माइधार साथै ट्राफिक प्रहरी विर्तामोड, सुरुङ्गा, झिलझिले लगायत जिल्ला भरका महत्वपूर्ण प्रहरी, ट्राफिक प्रहरी र स्वास्थ्य कर्मीलाई समेत पिपिई प्रदान गरीसकेको बताएका छन् ।

        कोरोना भाइरसको संक्रमण, नियन्त्रण र रोकथामका विषयमा सरकारको अभियानलाई सहयोग गर्न आफ्नो तर्फवाट क्रियाशिल रहेका चिमरीयाले वर्तमान अवस्थामा सरकारले गरेको लकडाउनका कारण विहान बेलुका हातमुख जोर्न नै समस्यामा पर्ने अति विपन्न परिवार साथै मजदुरहरुकालागि समेत आवश्यक खाद्य सामाग्री सहयोग गर्दै आएका छन् ।
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न अभियान संचालन गरेको नेपाल सरकारलाई चिमरीयाले स्वास्थ्य, सुरक्षा र संचारको क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण भएको वताइएको छ । प्राप्त सामाग्रीका कारण आँफू सुरक्षित भएर जनताको सुरक्षा व्यवस्थामा लाग्न थप हौसला मिलेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बूले वताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.