कनकाई खबर \ कनकाई नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा राहत संकलनको कार्य तिब्र रुपमा अघि बढेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनका समयमा विपन्न परिवारलाई अतिआवश्यकीय सामाग्री जुटाउँने उद्येश्यले स्थापना गरेको कोषमा सहयोग रकम तिब्र रुपमा संकलन भएको हो । संकलित रकमवाट दैनिक ज्यालादारी मजदुर र अति विपन्न परिवारलाई टोल टोलमा गएर स्थानीय सरकारका प्रतिनिधीहरुले अतिआवश्यकीय सामाग्रीहरु वितरण गरिने कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले वताएका छन् ।
कनकाई नगरपालिकाले नगरको विपत व्यवस्थापन कोष र जनप्रतिनिधी साथै कर्मचारीहरुवाट संकलन भएको रकमसहित गरि ३५ लाखको विपत कोष घोषणा गरे लगत्तै स्वदेश तथा विदेशमा समेत रहेका नगरवासीहरुवाट तिव्र रुपमा रकम संकलन हुन थालेको हो । यसबाहेक स्वदेश तथा विदेशमा रहेका स्थानीयबाट हाल सम्ममा ७ लाख बढी नगद र ६४ हजार रुपैयाँबराबरको जिन्सी सहयोग प्राप्त भएको छ । यसरी संकलन भएको रकम हाल सम्ममा कोषमा ४२ लाख बढी जम्मा भइसकेको वताइएको छ । नगर प्रमुख पोखरेलले कोषमा निरन्तर सहयोग प्राप्त भइरहेको वताएका छन् ।
यसै क्रममा विगत केहिवर्षदेखि कनकाई नगरपालिका क्षेत्रमा रहेको एक उत्कृष्ट पर्यटकी गन्तव्यका रुपमा रहेको हेप्पीलैण्ड फन पार्कबाट २ लाख रुपैँया सहयोग प्राप्त भएको छ । ह्यापी लैण्ड फनपार्कका प्रोपाइटरद्धय दिनेश शिवाकोटी र मनोज शिवाकोटीले कनकाई नगरपालिकाद्धारा स्थापना गरिएको उक्त कोरोना राहत कोषमा सो रकम उपलब्ध गराएका हुन् ।
त्यस्तै कनकाई ३ सुरुङ्गा घरभई हाल हङ्गकङ्ग निवासी रभि श्रेष्ठवाट १ लाख १९ हजार ८ सय ३९, रोटरी क्लव अफ कनकाई सुरुङ्गाले १ लाख १ हजार, कनकाई उवासंघवाट ७५ हजार, सुरुङ्गा जेसीजवाट ५१ हजार, नेकपा कनकाई नगर कमिटीद्धारा ५१ हजार, पृथ्वी बचत तथा ऋण सहकारी संस्थावाट ३५ हजार, कनकाई ३ सुरुङ्गा घर भई हाल अष्ट्रेलियामा रहेका दुर्गाप्रसाद उपे्रतीवाट २५ हजार, चम्पा फ्लावर्स ईङ्गलीस एकाडेमीका सवै शिक्षकशिक्षिका तथा कर्मचारीहरुवाट एक दिन वरावरको पारिश्रमीक संकलन भई आएको १५ हजार रकम जम्मा भएको वताइएको छ । त्यस्तै जीवन विकास लघुवित्त वित्तिय संस्था कनकाई सुरुङ्गावाट ६१ हजार बराबरको जिन्सी सामान उपलव्ध भएको छ भने नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन कनकाई झापावाट नगद १२ हजार र ३ हजार बराबरको जिन्सी प्राप्तभएको वताइएको छ ।
सहयोग रकम कनकाई नगरपालिकाको नगर विपत व्यावस्थापन कोष नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत नगर प्रमुख पोखरेलले अनुरोध गरेका छन् ।
कनकाई नगरपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यवस्थापन मिलाइने र कोषको पारदर्शिताका लागि नगरको वेवसाइट र संचार माध्यमबाट खर्च र दाताको रकम सार्वजनिक गर्ने वताइएको छ । कनकाई नगरपालिकामा संकलन भएको सम्पूर्ण सहयोग नगद साथै जिन्सीसहितको विस्तृत विवरण कनकाई खबर अनलाइनको सन्ध्याकालिन विशेष कनकाई नगर कोरोना राहत विवरण मार्फत जानकारी प्राप्त गर्न सकिने वताइएको छ ।