Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामुदायिक वन स्तरीय फुटवलमा प्रगति वन विजयी
    कनकाई खबर बिशेष

    सामुदायिक वन स्तरीय फुटवलमा प्रगति वन विजयी

    ramBy ram२०७५ आश्विन १३, शनिबार १४:४२ गते3 Mins Read

    कनकाई \ प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिवारदेखी झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगिता संचालन भएको छ ।कनकाई नगरपालिकाको वडा नं. १ स्थित वन क्षेत्रको आफ्नै खेल मैदानमा शनिवारदेखी संचालन भएको प्रतियोगिताको प्रदेश नं.१ का आन्तरीक मामीला तथा कानुन मन्त्री हिक्मत कार्कीले विशेष समारोहका विच खेलको उद्घाटन गरेका छन् ।

    उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री कार्कीले वन जङ्गलहरु समुदायमा हस्तान्तरण भएसँगै पर्यटकीय गन्तव्यको आधार वन्दै गएको वताएका छन् । सामुदायिक वनहरुले वन्यजन्तु साथै वनस्पतिको संरक्षण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएकोमा खुशी व्यक्त गर्दै मन्त्री कार्कीले सरकारले सामुदायिक वनहरुसँग सहकार्य गरेर अघि बढ्न चाहेको वताएका छन् ।

    युवालाई गोलबद्ध गर्दै स्थानीय स्तरको पर्यटन प्रवद्र्धनलाई खेलसँग जोड्ने मुख्य लक्ष्यका साथ आयोजीत प्रतियोगितामा झापा जिल्लाका २६ वटा सामुदायिक वनहरुको सहभागिता रहेको आयोजक समितीका अध्यक्ष सूर्यकुमार थापाले वताएका छन् । शनिवारको उद्घाटन खेलमा जामुनवारी सामुदायिक वन कनकाई र प्रगति सामुदायिक वन अर्जुनधारा विचि भएको खेलमा प्रगति सामुदायिक वनले ४—0 को फराकिलो अन्तरले विजयी हाँसील गरेको छ ।

    प्रगती सामुदायिक वनका लागि अजय राजवंशी र सुजन लिम्वूले एक\एक गोल गरेका थिए भने सुमन राईले दुई गोल लगाएर टिमलाई अग्रता दिलाएका थिए । खेलको म्यान अफ द म्याच विजयी टिम प्रगति सामुदायिक वनका सुमन राई घोषीत भए । प्रतियोगिता संचालन हुनु अघि जामुनवारी सामुदायिक वन र प्रजापति सामुदायिक वनको भ्याट्रन टिमका विच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो ।

    आइतवारको खेल बहु वन सामुदायिक वन मेचीनगर र शान्ती सामुदायिक वन अर्जुनधारा विच पहिलो खेल १ वजेदेखी हुने छ भने दोस्रो खेल देउराली चारकोशे सामुदायिक वन घेरावारी र कालिका सामुदायिक वन मेची नगरका विच दिउँसो ३ वजेदेखी हुने आयोजक समितिका सदस्य डम्वर घिमिरेले जानकारी दिएका छन् ।
    असोज ३० गते सम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ र तेस्रो हुने टिमलाई ४१ हजार १ सय ११ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरीने समितिका सदस्य घिमिरेले वताएका छन् ।

    प्रतियोगितामा एन्फाका रेफ्री सन्तोष चौधरी खेलको मुख्य रेफ्रीका रुपमा रहेका छन् भने सहायक रेफ्रीहरु युवराज गिरी र नरेश लिम्वूले खेल संचालन गरीरहेका छन् । आयोजक समितिका अध्यक्ष सूर्यकुमार थापाको सभापतित्व रहेको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रदेश सभा सदस्य एकराज कार्की, सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल, कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, शान्ती सामुदायिक वनका अध्यक्ष तुलसी खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

    उद्घाटन समारोहमा झापा ११ का अध्यक्ष जलकुमार गुरुङ्, जिल्ला खेलकुद समितिका अध्यक्ष शंकर थापा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य गणेश पोखरेल, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधीहरु, स्थानिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको प्रतियोगितामा मुख्य सहयोगी संस्था प्रजापति सामाजिक क्लवका अध्यक्ष दिपेश रिमालले स्वागत गरेक थिए भने कार्यक्रमको संचालन सरोज पौडेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.