Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाले विपत व्यवस्थापन कोषको घोषणा
    भिडियो

    कनकाई नगरपालिकाले विपत व्यवस्थापन कोषको घोषणा

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र १८, मंगलवार १५:४३ गते3 Mins Read

    राम निरौला,

    कनकाई खबर / कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनका समयमा विपन्न परिवारलाई अतिआवश्यकीय सामाग्री जुटाउँने उद्येश्यले कनकाई नगरपालिकाले विपत व्यवस्थापन कोषको घोषणा गरेको छ ।

       कनकाई नगरपालिकाको कार्यालयमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरमा रहेका अति बिपन्न परिवारको पहिचान गरी १० देखि १५ दिनसम्म पुग्ने खाद्य सामाग्री वितरण गर्ने जनाएका छन् । कनकाई नगरपालिकाको तर्फवाट पे्रस विज्ञप्ती सार्वजनिक गर्दै नगर प्रमुख पोखरेलले तत्काललाई ३५ लाख बराबरको विपत व्यवस्थापन कोष स्थापना गरेको घोषणा गरेका छन् । कनकाई नगरपालिकाका प्रमुख, उपप्रमुख सहित सम्पूर्ण जनप्रतिनिधीहरुले एक महिना बराबरको आफ्नो पारिश्रमीक कोषमा जम्मा गर्ने साथै नगरका सम्पूर्ण कर्मचारीहरुवाट समेत संकलन भएको करिव ५लाख रुपैंयासहित ३५ लाखको कोष व्यवस्थापन गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

     कनकाई नगरमा रहेका नौवटै वडाका टोल विकास संस्थाहरुलाई सक्रिय गराई विपन्न वर्गको पहिचान गरी लगत संकलन भइरहेको हुँदा जतिसक्दो चाँडो खाद्य सामाग्री वितरण गरिने नगर प्रमुख पोखरेलले वताएका छन् । सवै वडावाट आएको तथ्याङ्क अनुसार नगरवाट एकद्वार प्रणालीका आधारमा सामाग्री वितरण हुने वताइएको छ ।लकडाउनको अवधि लम्बिएसँगै दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका विपन्न वर्गका नगरवासी खानै नपाउँने अवस्थामा पुग्ने हुन् कि भन्ने विषयमा स्थानीय सरकार गम्भिर रहेको भन्दै नगर प्रमुख पोखरेलले विभिन्न संघसंस्था, उद्योगी, व्यापारी, व्यवसायी साथै देशविदेशमा रहेका शुभेच्छुक शुभचिन्तक सवैलाई नगरपालिकाको विपत व्यवस्थापन कोषमा सहयोग गरिदिन अनुरोध गरेका छन् । कोषमा रकम जम्मा गर्ने ईच्छुक व्यक्ति तथा संघसंस्थाकालागि कनकाई नगर विपत व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड सुरुङ्गामा रहेको खाता च.हि.नं.१४७०३००००००००५००४००२ मा जम्मा गर्न सकिने वताइएको छ । कोषमा जम्मा भएको रकमवाट पिडित व्यक्तिहरुको औषधी उपचार तथा खाद्य सामाग्री वितरणको प्रवन्ध मिलाइने भएको छ । कोषमा भएको खर्चको पारदर्शिताकालागि नगरको वेवसाइडवाट खर्च सार्वजनिकीकरण गरिने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

      विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन कनकाई नगरपालिकाले ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरी शंकास्पद देखिएका व्यक्तिहरुलाई संरक्षण दिइरहेको छ । यसरी संरक्षणमा रहेका व्यक्तिहरुलाई निशुल्क रुपमा स्वास्थ्यकर्मीको रेखदेखमा खाने, बस्ने, शौचालय साथै वाईफाईको समेत व्यवस्था गरिएको वताइएको छ । यदि कुनै पनि जटिल किसिमको स्वास्थ्य समस्या देखिएमा एम्बुलेन्समा राखेर अस्पतालसम्म पुर्याउँने काम हुँदै आएको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमणवाट आँफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने अभियानमा स्थानीय सरकारका सम्पूर्ण जनप्रतिनिधीहरु सवै वडाका टोल टोलमा क्रियाशिल रहेको वर्तमान परिस्थितीमा नेपाल सरकारले जारी गरेको निर्देशनलाई पालना गर्न समेत स्थानीय सरकार प्रमुख पोखरेलले सम्पूर्ण नगरवासीलाई अपिल गरेका छन् ।

      कार्यक्रममा कनकाई नगर उपप्रमुख मन्जु प्रसाईँ, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर गौतम, कनकाई १का वडाअध्यक्ष रोशनराज पोखरेल, वडा नं.२का वडाअध्यक्ष परशुराम गिरी, वडा नं.३का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, नगर प्रवक्ता एवम् वडा नं.४का अध्यक्ष गोविन्द पौड्याल, वडा नं.५का अध्यक्ष कृष्ण राई, वडा नं.७ का अध्यक्ष लिलावहादुर कन्दङ्वा, वडा नं.८का अध्यक्ष प्रेम कटुवाल, कार्यपालिका सदस्यहरु नवलकिशोर दत्त, चुवालाल राजवंशी, सुनिता सिग्देल, सावित्रा बर्देवा, देवेन्द्र दर्नाल लगायतको उपस्थिती रहेको कनकाई नगरपालिकाको नगरस्तरीय क्वारेन्टाइन व्यवस्थापक एवम् नगरका कर्मचारी लक्ष्मी अधिकारीले वताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.