Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भोकमरी हुन नदिन राहतकोष
    समाचार

    भोकमरी हुन नदिन राहतकोष

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र १८, मंगलवार ०८:१३ गते3 Mins Read

     

     

    भद्रपुर । झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले १० लाखदेखि ५० लाखसम्म बजेट छुट्याएका छन् ।

       मेचीनगर नगरपालिकाले सबैभन्दा बढी ५० लाखको राहत कोष स्थापना गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै कोषबाट लकडाउनमा बिचल्ली भएका अतिविपन्न व्यक्तिलाई सहयोग पुर्याइने बताए ।

        यसैगरी कनकाई नगरपालिकाले ३० लाख, शिवसताक्षी नगरपालिकाले १० लाख, झापा गाउँपालिकाले २५ लाख, दमक नगरपालिकाले ३० लाख र कमल गाउँपालिकाले १० लाखको आकस्मिक राहत कोष स्थापना गरेका छन् । झापाका सबै पालिकाले कोष वृद्धिका लागि सहयोग गर्न चाहने व्यक्ति वा सङ्घसंस्थालाई नगद वा जिन्सी जे भए पनि राहत कोषमै जम्मा गर्न अनुरोध गरेका छन् । शिवसताक्षी, कनकाई र दमकका जनप्रतिनिधिले एक महिनाको तलब र भत्ता आकस्मिक राहत कोषमै जम्मा गर्ने भएका छन् ।

        ‘अब पहिलो प्राथमिकता स्वास्थ्यमा हो, मानिस बाँचे मात्र विकास चाहिन्छ,’ शिवसतासी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले भने, ‘लकडाउन बढ्ने सम्भावना छ, यस्तो अवस्थामा विपन्न समुदायलाई भोकमरीबाट बचाउनुपर्छ । आकस्मिक कोषको बजेटले नपुगेमा विकासको बजेटसमेत खर्च गर्छौँ ।’
    विर्तामोड नगरपालिकाले आकस्मिक राहतका लागि भनेर छुट्टै कोष स्थापना गरेको छैन । तर सङ्कट गहिरिँदै गएको हुँदा विकासका लागि छुट्याएको सबै बजेट कोरोनाको रोकथाम, प्रतिरोध र गरीब वर्गको सहयोगका लागि खर्च गरिने नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।

        स्थानीय तहले यतिबेला पालिकाभित्र रहेका अति विपन्न समुदायको लगत सङ्कलन गर्न टोल विकास समितिलाई परिचालन गरिरहेका छन् । कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्ले भनिन्, ‘विपन्न जनतालाई भोकले मर्न दिँदैनौँ, दैनिक गुजारा चलाउन मुस्किल हुने मजदुरको लगत सङ्कलन गरेर राहत वितरण गर्छौं ।’

       उनले गाउँपालिकाभित्रका विभिन्न सङ्घसंस्थाले कोषमा एक लाख ५० हजार जम्मा गरिसकेको जनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने बताइन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले १४० टोल विकास समितिमार्फत विपन्नको लगत सङ्कलन भइरहेको जनाउँदै जनप्रतिनिधिको उपस्थितिमा एकद्वारबाट राहत बाँडिने जानकारी दिए ।
    शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले व्यक्ति तथा संस्थाले आफूखुशी राहत वितरण गर्दा पक्षपात हुने गुनासो आउने भएको हुँदा आफ्नो नगरमा नगरपालिकाको एकद्वार प्रणालीबाट मात्र राहत वितरण गरिने बताए । झापाको मेचीनगरका प्रमुख राजनीतिक दलका नेता सम्मिलित मेची अभियानले लकडकाउनका बेला असहायलाई खाद्यान्न वितरण गर्ने उद्देश्यले फुड बैंक स्थापना गरेको छ ।

        मेची अभियानका संयोजक रहेका मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाले नेकपा, नेपाली काङ्ग्रेस, राप्रपा, सङ्घीय समाजवादीलगायतका दलका नगरप्रमुख अभियानमा सदस्य रहेको जानकारी दिए । उनले दाताहरुबाट स्वेच्छिकरूपमा प्राप्त भएको नगद तथा खाद्यान्न फुड बैंकमा राखिने र वास्तविक विपन्नलाई वितरण गरिने बताए ।
    फुड बैंकमा देश–विदेशमा रहेका नेपालीले सहयोग घोषणा गर्न थालिसकेका छन् । रासस

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.