Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » डाक्टरकै कारण सर्वसाधारणमा मानसिक तनाव
    समाचार

    डाक्टरकै कारण सर्वसाधारणमा मानसिक तनाव

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र १७, सोमबार ११:२४ गते3 Mins Read

     

    कनकाई खबर  \  कनकाईको सुरुङ्गास्थित प्रधान मेडिसिन सेन्टरमा सामान्य स्वास्थ्य परिक्षणकालागि आएका एक विरामीलाई नियमित सेवामा आएका डाक्टरले स्वास्थ्य परिक्षण गर्न नमानेपछि विरामीको परिवारमा मानसिक तनाव बढेको छ ।

        कोरोना भाइरसको त्रासका कारण स्वास्थ्य अस्पातालमा जान छाडेका डाक्टरहरुले औषधि पसलको दैनिक सेवामा समय दिएपनि सामान्य अवस्थाका विरामी देख्दा समेत तर्सिने गरेपछि सर्वसाधारणमा भ्रम सिर्जना हुन थालेको स्थानीयबासी बताउँछन् । जोखिम मोलेर सेवा दिँदै गरेको बताउँने औषधि व्यवसायीहरुले मौसम परिवर्तनसँगै मानिसमा देखिने सामान्य ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका विरामी आउँदा समेत प्राथमिक उपचारका साथ कुनै किसिमका औषधि समेत दिन नसक्दा सामान्य समस्याकालागि पनि ठूलै स्वास्थ्य अस्पताल धाउँनु परेको स्थानीय  कनकाई ४ निवासी  दुर्गा चापागाईँले गुनासो गरेका छन् ।

        विएण्डसी अस्पताल विर्तामोड साथै ओमसाई भद्रपुरमा समेत सेवा दिने गरेका डा.ज्ञानदेव ठाकुर आफ्नो नियमित सेवामा सुरुङ्गास्थित प्रधान मेडिसिन सेन्टरमा आएका बेला आइतवार चापागाईँ आफ्नो छोराको स्वास्थ्य परिक्षण गर्न आएका थिए । पिसावमा इन्फेक्सनको समस्याका कारण केही अस्वस्थ भएपछि प्राथमिक चरणको उपचार गर्न पिसाव र रगत जाँच गर्नकालागि आइतवार विहानैदेखि चापागाईँ प्रधान मेडिसिन सेन्टरको सम्पर्कमा थिए । प्रधान मेडिसिन सेन्टरका संचालकले प्रयोगशाला(ल्याव) मा काम गर्ने स्टाप विदामा रहेकाले हाललाई आफ्नो ल्याव सेवा बन्द भएको जानकारी दिएका थिए । चापागाईँले केही समयपछि आफ्ना नजिकैका एक सहयोगीसँग सल्लाह लिएपछि पिसाव र रगत जाँचकै लागि ती सहयोगीले प्रधान मेडिसिन सेन्टरका संचालक सुरेन्द्र प्रधानसँग फोन मार्फत समस्या राखेको चापागाईँ बताउँछन् । फोन वार्तामा भएको कुरा अनुसार ११ बजे पछाडी ल्याबको स्टाप आउँन सक्छ कि—भन्ने प्रधानको कुरामा विश्वस्त हुन नसकेपछि चापागाईँले सुरुङ्गाकै अन्य एक औषधि पसलमा विरामीलाई लगेर आवश्यक्ता अनुसार ल्याब परिक्षण गराएको बताए ।

         ल्याब परिक्षणपछिको रिपोर्ट जाँचकालागि भने प्रधान मेडिसिन सेन्टरमा आउँने डाक्टर ज्ञानदेब ठाकुरलाई देखाउँन गएका चापागाईँलाई विरामी पनि लिएर आउँनु भनि डाक्टरले भनेका थिए । घरमा भएका विरामीलाई फोन गरी प्रधान मेडिकलमा तुरुन्त आउँन भनिएपनि एकैछिनपछि डाक्टरले विरामी नल्याउँन भनेको जानकारी आएपछि विरामी फर्काइएको थियो । डाक्टर ठाकुरले विरामीको परिक्षण नै गर्न नमानेपछि प्रधान मेडिकलले औषधि समेत नदिएको चापागाईँ बताउँछन् ।

         ल्यावको रिपोर्टमा पिसावमा इन्फेक्सन बाहेक अन्य केही समस्या नदेखिएको भन्दै सुरुङ्गाकै अन्य औषधि व्यवसायीले औषधि दिएको चापागाईँ बताउँछन् । यसरी प्रधान मेडिसिन सेन्टर लगायतका औषधि पसलहरुले विशेषज्ञ डाक्टरसहितको सेवा दिने भन्दै यो संकटको बेला सर्वसाधारणलाई भ्रम सिर्जना गरी सास्ती दिने गरेकोमा गुनासो व्यक्त गर्दै चापागाईँले सम्बन्धित निकायको ध्यान जानु पर्नेमा जोड दिएका छन् ।

          यो विपतका बेला स्वास्थ्य सम्वन्धि केही समस्या आएमा नगरवासीकालागि स्थानीय सरकारका तर्फवाट एकद्वार प्रणालीका आधारमा सहजीकरण हुन सकेमा नगरवासीलाई राहत मिल्ने चापागाईँले कनकाई खबरलाई आफ्नो अनुभव सुनाए । आफ्नो विरामीलाई डाक्टरले नै हेर्न नमानेपछि स्थानीय सरकार प्रमुख साथै केही वडाअध्यक्षहरुसँग समेत समन्वय गर्दा फरक फरक सल्लाह सुझाव आएपछि अन्यौलमा परेका चापागाईँले सोमवार विहानै भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा विरामी लिएर गएका थिए । अस्पतालका डाक्टर अमृत सापकोटाले गरेको स्वास्थ्य परिक्षणपछि पिसावको इन्फेक्सनका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएको कुराको जानकारी प्राप्त भएपछि आवश्यक औषधि लिएर तुरुन्तै सुरुङ्गास्थित निवास आइपुगेको चापागाईँले वताएका छन् ।

           लकडाउनको वर्तमान अवस्थामा एम्बुलेन्सको सेवा शुल्कमा समेत अनियमितता भएको भन्दै चापागाईँले सुरुङ्गावाट भद्रपुर जाँदा सुरुङ्गास्थित प्रधान मेडिसिन सेन्टरको एम्बुलेन्समा १३ सय बुझाएकोमा सोही दुरीको सुरुङ्गा सम्म आउँदा भद्रपुरको एम्बुलेन्सले १५ सय लिएको जानकारी दिए । हाल विरामीको अवस्था सामान्य साथै पारिवारीक वातावरण सन्तोषजनक रहेको वताइएको छ ।

         एक दर्जन बढी विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुको सेवा संचालनमा रहेको प्रचारबाजी गर्दै आएका सुरुङ्गा क्षेत्रका केही औषधी पसलमा दैनिक सेवामा आएका डाक्टरले वर्तमान अवस्थामा सामान्य अवस्थाका विरामीलाई समेत नहेरेपछि स्थानीयवासी प्राथमिक उपचारवाटै बन्चीत बनेका हुन् । मुख्य बजार क्षेत्रमा रहेका नाम चलेका औषधि पसलमा आउँने दैनिक सेवाका डाक्टरले विरामी हेर्न नमानेपछि तत्कालको अवस्थामा सेवा ग्राही संकटमा पर्न थालेका हुन् । नगरस्तरीय सरकारी अस्पतावाट समेत आवश्यक उपकरणसहितको विशेषज्ञ डाक्टरको राम्रो सेवा जनताले प्राप्त गर्न नसक्दा सेवाग्राहीलाई समस्या भएको स्थानीयबासी बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.