Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निरौला वन्धुको केन्द्रिय अध्यक्षमा भद्रपुरका लेखनाथ
    राष्ट्रिय

    निरौला वन्धुको केन्द्रिय अध्यक्षमा भद्रपुरका लेखनाथ

    ramBy ram२०७५ आश्विन १३, शनिबार ०५:५० गते2 Mins Read

    कनकाई \ निरौला वन्धु सेवा समाज केन्द्रिय समितिको माईधाम परिसर कोटीहोममा हालै सम्पन्न ३० औं साधारण सभा तथा ऐतिहासिक १० औं महाअधिवेशनले झापा भद्रपुरका वरिष्ठ अधिवक्ता समेत रहेका लेखनाथ निरौलाको अध्यक्षतामा ३० सदस्यीय केन्द्रिय समिति निर्माण गरेको छ । जसको महिला उपाध्यक्षमा विराटनगरकी इन्दिरा निरौला, अन्य दुईजना उपाध्यक्षमा फिदिमका लिलानाथ निरौला र खोटाङ्का भीमप्रसाद निरौला रहेका छन् ।

        महासचिवमा विराटनगरका खिलानाथ निरौला, सचिवमा झापा अर्जुनधाराका इन्द्रप्रसाद निरौला, कोषाध्यक्षमा दमकका निलकण्ठ निरौला र सदस्यहरुमा क्रमशः झापावाट लक्ष्मीप्रसाद निरौला विर्तामोड, वालकृष्ण निरौला विर्तामोड, नारदप्रसाद निरौला मेचीनगर, गुरुप्रसाद निरौला कनकाई, महिला सदस्य सविता निरौला विर्तामोड, सीता निरौला दमक, उमा निरौला दमक, वृन्दा निरौला सताक्षीधाम, महेन्द्र निरौला दमक रहेका छन् ।

         अन्य सदस्यहरुमा ताप्लेजुङ्वाट सरदराज निरौला, धनकुटावाट सोवित निरौला, सप्तरीवाट सरस्वती निरौला, सुनसरीवाट सुर्यविनोद निरौला, सुनसरीवाट अम्विका निरौला, सर्लाहीवाट भुवनप्रसाद निरौला, विराटनगरवाट मनमाया निरौला, उर्लावारीवाट जानुका निरौला, उर्लावारीवाटै रुपा निरौला, विराटनगरवाट नरहरी निरौला, विराटनगरवाटै यज्ञश्वर निरौला, सुन्दर हरैचा मोरङ्वाट खीलानाथ निरौला, लेटाङ्वाट कृष्णप्रसाद निरौला, रतुवा माईवाट होमप्रसाद निरौला रहेका छन् ।

       महाअधिवेशनमा विभिन्न ३३ जिल्लाका निरौला वन्धुहरुको सहभागिता रहेको वताइएको छ । भौगोलिक क्षेत्रका आधारमा अन्य विभिन्न जिल्लावाट अरु ११ जना सदस्य थप गरी ४१ सदस्यीय केन्द्रिय समितिले पुर्णता पाउँने निर्वाचन समितिका संयोजक भिमप्रसाद निरौलाले वताएका छन् । निर्वाचन समितिमा दिपक निरौला र यज्ञराज निरौला सदस्य रहेका थिए ।

        निर्वाचन समितिका अनुसार निरौला वन्धुको छुट्टै प्रदेश स्तरीय समन्वय समिति, जिल्ला स्तरीय र पालिका स्तरीय प्रारम्भिक शाखा समिति निर्माण गरीने वताइएको छ । ऐतिहासिक १० औं महाअधिवेशनको अवसरमा समाजका अग्रज वन्धुहरुलाई सम्मान पत्रका साथ सम्मान गरीएको छ । यसरी सम्मानित हुनेहरुमा भारद्वाज मन्जरी सम्मानवाट मरणोपरान्त स्व.भीमप्रसाद निरौला दमक, रामप्रसाद निरौला इटहरी, कृष्णप्रसाद निरौला विर्तामोड र नेपाली सिने क्षेत्रकी लोकप्रिय कलाकार दिपाश्री निरौला रहेका छन् ।

       निरौला वन्धु केन्द्रिय संयोजन समितिका संयोजक लक्ष्मीप्रसाद निरौलाको सभापतित्व एवम् जेष्ठ सदस्य प्रेमप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न महाअधिवेशनमा वन्धुको विधान मस्यौदा समितिका संयोजक समेत रहेका वरिष्ठ अधिवक्त लेखनाथ निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । संयोजन समितिका उपाध्यक्ष नारद निरौलाले स्वागत गरेको महाअधिवेशन उद्घाटन समारोहको संचालन अधिवक्ता खिलानाथ निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.