Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सेवा क्षेत्रका क्वारेन्टाइनमा साहारा नेपालले २० लाख बराबरको खाद्यान्न वितरणको सुरुवात
    राष्ट्रिय

    सेवा क्षेत्रका क्वारेन्टाइनमा साहारा नेपालले २० लाख बराबरको खाद्यान्न वितरणको सुरुवात

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र १५, शनिबार ०५:०० गते2 Mins Read

    राम निरौला

    कनकाई खबर / झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा रहेकालाई राहत स्वरुप २० लाख बराबरको खाद्य सामाग्री वितरण गर्ने कार्यको सुरुवात गरेको छ ।

       संस्थाको सेवा क्षेत्र प्रदेश नं.१का ६ वटा जिल्ला झापा, इलाम, पाँचथर,उदयपुर, मोरङ्ग, सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै जाने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वताएका छन् । सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको संस्थाको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत हरेक जिल्लाको स्थानीय तहमा रहेका विपत व्यवस्थापन समितिको समन्वयमा खाद्यान्न वितरण गर्दै जाने कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

      विपतको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत थोरै भएपनि सरकारलाई सहयोग गर्ने उद्येश्यका साथ संस्थाका कर्मचारीहरुले मानवीय सहायता कोष स्थापना गरेको वताइएको छ । सोही क्रममा झापाको कनकाई नगरपालिकाले व्यवस्थापन गरेको कनकाई १ स्थित दलित सामुदायिक भवन दुर्गापुरमा रहेको क्वारेन्टाइनमा साहाराले अतिआवश्यकीय खाद्य सामाग्री दाल, चामल, नुन, तेल, तरकारी, चिउरा, चिनी, चियारङ्ग, प्याज, खुर्सानी,बेसार, ग्याँस सिलिण्डर लगायतका सामाग्री वितरण गरेको छ ।

       “कोरोना भाइरस स्रक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ सहारा नेपाल साकोस अन्तर्गतको मानवीय सहायता कोषवाट खाद्य सामाग्री वितरण गरिएको साकोसका कर्मचारी के.पी. लुइटेलले वताएका छन् । कोरोना भाइरसको आशंकामा आफ्नो कार्य क्षेत्र कनकाईको दुर्गापुरस्थित कोरेन्टाइन स्थलमा नै गएर साकोसका कर्मचारीहरुले नगरस्तरीय क्वारेन्टाइन व्यवस्थापक कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारीलाई सामाग्री हस्तान्तरण गरेको साकोसका लुइटेलले कनकाई खबरलाई जानकारी दिएका छन् ।

      स्थानीय सरकारका प्रतिनिधी कनकाई १ का वडाअध्यक्ष रोशन पोखरेलको रोहबरमा संस्थाका तर्फवाट वरिष्ठ प्रबन्धक राजकुमार दर्नाल, वरिष्ठ सहायक प्रबन्धक पवन मण्डल, सेवा केन्द्र ईलामका प्रमुख (सुपरिक्षक) केपी लुइटेलसहित सुरक्षाकर्मीको समेत उपस्थितीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.