Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शनिवारदेखी सामुदायिक वन स्तरीय फुटवल
    कनकाई खबर बिशेष

    शनिवारदेखी सामुदायिक वन स्तरीय फुटवल

    ramBy ram२०७५ आश्विन १२, शुक्रबार १३:४६ गते3 Mins Read

     

    कनकाई \ प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिवारदेखी झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगिता हुँदैछ ।कनकाई नगरपालिकाको वडा नं. १ स्थित यस वन क्षेत्रको आफ्नै खेल मैदानमा असोज १३ गतेदेखी ३० गते सम्म संचालन हुने प्रतियोगिताका लागि यतिवेला खेलमैदान सम्याएर कार्यक्रम स्थललाई बेहुली झैं सिंगारीएको छ ।

        दुर्गापुर जामुनवारी सडक खण्डमा स्वागत द्वारहरु निर्माण गरी अतिथिहरुका लागि स्वागत सम्मान गर्न आयोजकले विशेष तयारी गरेको छ । प्रतियोगितामा झापा जिल्लामा रहेका ५९ वटा सामुदायिक वन मध्ये २६ वटा वन समूहको सहभागिता रहने आयोजक प्रजापति सामुदायिक वन समूहका अध्यक्ष सूर्यकुमार थापाले वताएका छन् ।

       फुटवलसँगै पर्यापर्यटन संचालन गर्दै दिगो आम्दानीको स्रोत निर्माण गरी युवा शक्तिलाई दुव्र्यसनवाट टाढा राख्ने दिर्घकालिन योजनाका साथ प्रतियोगिता संचालन गरीएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।
    शनिवार एक विशेष समारोहका विच आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने प्रतियोगितामा एन्फाका मान्यता प्राप्त रेफ्रीहरुले खेल खेलाउँने वताइएको छ ।

       असोज १४ गतेदेखी २२ गते सम्म हरेक दिन २\२ वटा खेल हुनेछन् भने २३ गतेदेखी २८ गते सम्म हरेक दिन १\१ वटा मात्र खेल हुनेछन् । त्यस्तै ३० गते अन्तिम फाइनल खेल हुने आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगिताको पहिलो दिन जामुनवारी सामुदायिक वन कनकाई १\२ र प्रगति सामुदायिक वन मेचीनगर विच एउटै मात्र खेल हुने वताइएको छ ।

       मूल आयोजक समितिका संयोजक समेत रहेका थापाले खेल सम्पन्न गर्न १५ लाख सम्मको खर्चको स्टमेट गरेको वताएका छन् । “सामुदायिक वन युवा र प्रतिभा हाम्रो गहना, पर्यापर्यटनमा गैंडे आहाल प्रवद्र्धन हाम्रो चाहाना” भन्ने मूल नाराका साथ आयोजना गरीएको सामुदायिक वन स्तरीय फुटवल नेपालकै पहिलो प्रतियोगिता रहेको वताइएको छ ।

      प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ र तेस्रो हुने टिमलाई ४१ हजार १ सय ११ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरीने वताइएको छ । प्रतियोगिताका लागि पहिलो र दोस्रो पुरस्कारको प्रायोजन क्रमशः कनकाई नगरपालिका र सहारा नेपालले गर्ने भएको छ । प्रतियोगिताको हरेक दिनको म्यान अफ दी म्याचलाई १ हजार नगद र अन्तिम दिन म्यान अफ दी सिरिजलाई १० हजार नगद प्रदान गरिने आयोजक वन समूहकी सचिव मेनुका श्रेष्ठले वताएकी छन् ।

       प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक रकम सहभागी प्रति टिमको प्रवेश शुल्क रु.१० हजार साथै अन्य रकम विभिन्न खेल प्रेमी व्यक्तित्वहरु, उद्योगी व्यवसायी, विभिन्न संघ संस्थाहरुवाट प्राप्त हुने सहयोगवाट संकलन हुने खेलका मुख्य सहयोगी संस्था प्रजापति सामाजिक क्लवका अध्यक्ष दिपेश रिमालले वताएका छन् । “हरियो वन नेपालको धन” भने जस्तै “सामुदायिक वन युवाको मन” लाई सार्थक वनाउँनुका साथै युवालाई गोलबद्ध गरी स्थानीय स्तरको पर्यटन प्रवद्र्धनमा युवालाई खेलसँग जोड्ने मुख्य लक्ष्य रहेको खेल आयोजक समितिका सचिव ईश्वर सुवेदीले वताएका छन् ।

       प्रतियोगिता सम्पन्न गर्नका लागि वन समूहका अध्यक्ष थापाको संयोजकत्वमा समूहका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, प्रजापति सामाजिक क्लव, साविक सुरुङ्गा १ मा क्रियाशिल रहेका सम्पूर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु सहितको १५१ सदस्यीय मूल समारोह समिति निर्माण गरीएको आयोजक समितिका सदस्य डम्वर घिमिरेले वताएका छन् । प्रतियोगितालाई चुस्त दुरुस्त, मर्यादित, अनुशासित र पारदर्शी रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत निर्माण गरेर तिव्र गतिमा तयारी पूरा गरेको सदस्य घिमिरेले जानकारी दिएका छन् ।

     

     

     

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.