Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको सुरुङ्गामा थप ११ बेडको क्वारेन्टाइनको व्यवस्था
    समाचार

    कनकाईको सुरुङ्गामा थप ११ बेडको क्वारेन्टाइनको व्यवस्था

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र १३, बिहीबार १२:०२ गते2 Mins Read

     

    राम निरौला,
    कनकाई खबर \  कोरोना भाइरस (कोभिड–१९)वाट हुन सक्ने संक्रमणलाई न्यूनीकरण गर्न कनकाई नगरपालिकाले विहिवारदेखि सुरुङ्गामा थप ११ बेडको क्वारेन्टाइन संचालनमा ल्याएको छ ।

        कनकाई नगरपालिका ३ सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघमा वर्तमान परिस्थितीको व्यवस्थापनकालागि वडाको विपद् व्यवस्थापन समितिको संयोजनमा क्वारेन्टाइन संचालनमा ल्याइएको समितिका संयोजक एवम् कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले वताए । विजुली बत्ती, पिउने पानी सहितको राम्रो व्यवस्था भएको सुविधा सम्पन्न वाणिज्य संघको भवनमा आवश्यक परेमा अन्य बेड थप गर्ने गरी हाललाई सरसफाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीसहित स्वास्थ्य र सुरक्षा समेतको व्यवस्थापन गरिएको वडाअध्यक्ष चिमरीया बताउँछन् । यो समाचार प्रकाशित हुँदा सम्म वाणिज्य संघमा रहेको क्वारेन्टाइनमा कोही पनि नरहेको भएपनि सम्भावित आवश्यक्तालाई मध्यनजर गरी क्वारेन्टाइनको व्यवस्थापन गरिएको वताइएको छ ।

      यस अघि कनकाई नगरको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा २१ बेडको क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित अन्य आवश्यक सामाग्रीको व्यवस्थापन गरिएको क्वारेन्टाइनमा हाल ८ जना बस्दै आएको वताइएको छ । आवश्यक परेमा महिलाहरुकालागि लक्ष्मीपुरमा समेत क्वारेन्टाइनको व्यवस्था मिलाइएको कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले वताएका छन् ।

        कनकाई नगरवासी सवैजना कोरोना भाइरसका विषयमा आफैं पनि सचेत भइसकेका कारण स्वतस्फूर्त होमक्वारेन्टाइनमा रहेकाले अन्य क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था नहोस् भन्ने कामना कर्दै नगरप्रमुख पोखरेलले बिपतको यो समयमा कनकाई भित्र रहेका सवै क्रियाशिल संघसंस्था, व्यक्ति समुदायलाई आ आफ्ना क्षेत्रवाट सचेत भइ अन्य सवैमा सचेतना जगाउँन अनुरोध गरेका छन् । नगरवासीहरु सचेत हुँदा हुँदै पनि समस्या आएमा सवै जातजाती, वर्ग र समुदायकालागि स्थानीय सरकारकारले अभिभावकको भूमिका निर्वाह गर्न कत्तिपनि पछि नहटठ्ने नगरप्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.