Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा क्वारेन्टाइन, धरानमा कोरोना परिक्षण प्रयोगशाला
    समाचार

    कनकाईमा क्वारेन्टाइन, धरानमा कोरोना परिक्षण प्रयोगशाला

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र १२, बुधबार ११:२९ गते2 Mins Read

    कनकाई खबर /  झापाको  कनकाईमा पहिलो चरणमा ११ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ ।

     

      विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न कनकाई नगरपालिकाले दुर्गापुरस्थित दलित सामुदायिक भवनमा क्वारेन्टटाइन को व्यवस्था गरेको हो । मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका कनकाई नगर क्षेत्रका १४जनालाई आफ्नै नगरमा क्वारेन्टटाइन स्थापना गरी व्यवस्थापन गरिएको कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले जनाएका छन् । दुर्गापुरस्थित क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरुवाट भएको स्वास्थ्य परिक्षणपछि ८ जना होम क्वारेन्टाइनमा पठाइएको छ भने यो समाचार तयार पार्दासम्म अन्य ६ जना सोही ठाउँमा रहेको वताइएको छ । क्वारेन्टाइनमा खानपान, नियमित स्वास्थ्य परिक्षणको राम्रो व्यवस्था भएको जनाइएको छ ।

      कोरोना भाइरसको संक्रमणवाट बच्नकालागि सरकारका तर्फवाट जारी भएको सर्कुलर बिनासर्त पालना गर्नकालागि नगरवासीलाई अनुरोध गर्दै कनकाई नगर प्रमुख पोखरेलले सतर्क हुँदाहुँदै पनि थप कोरेन्टाइन साथै स्वास्थ्य सम्वन्धि अन्य सेवाको आवश्यक्ता परेमा स्थानीय सरकार जुनसुकै बेला पनि तत्पर रहेको वताएका छन् ।

     

      कनकाई नगरकै लक्ष्मीपुरमा समेत थप क्वारेन्टाइनको व्यवस्थापन गर्ने तयारी भइरहेको नगर जनस्वास्थ्य प्रमुख ब्रजेशकुमार मेहताले जानकारी दिएका छन् । कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना र घैलाडुवास्थित स्वास्थ्य केन्द्रमा ६ जना स्वास्थ्यकर्मीहरुले नगरका हरेक वडामा रहेका शहरी स्वास्थ्य केन्द्रवाट स्वास्थ्य सेवा दिइरहेको वताइएको छ ।

       कोरोना भाइरसवाट नेपालीहरुले ज्यान गुमाउनु नपरोस् भन्ने उद्येश्यका साथ पूर्व तयारीसँगै नेपाल सरकारले देशव्यापी रुपमा लक डाउन गरेपछि पनि हाल क्रमिक रुपले भाइरस संक्रमितको संख्या बढ्दो क्रममा भएसँगै हरेक स्थानीय तहमा क्वारेन्टटाइन, आइसोलेशनको व्यवस्थापन तिव्र गतिमा भइरहेको छ । भर्खरै प्राप्त जानकारी अनुसार प्रदेश नं. १ का लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोना परिक्षण प्रयोगशाला स्थापना हुने भएको छ । जसका कारण काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सम्म जानु नपर्ने भएको छ । धरानवाट दिइने सेवा जतिसक्दो चाँडो संचालनमा आउने बुझिएको छ ।

                                                              धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.