काठमाडौं  \  नेपालमा कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।     नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना

"/>
Header Ad Header Ad

Most Viewed

Categories

कोरोनाको तेस्रो संक्रमित भेटिए

 

काठमाडौं  \  नेपालमा कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

    नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

   चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । तर बुधबार तेस्रो संक्रमित भेटिएका छन् । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको बुधबार पुष्टि गरे ।

Facebook Comments

    Leave Your Comment

    Your email address will not be published.*

    Forgot Password