Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » टिभिएस टि–ट्वान्टीको उपाधि राजविराजलाई
    खेलकुद

    टिभिएस टि–ट्वान्टीको उपाधि राजविराजलाई

    ramBy ram२०७५ आश्विन १२, शुक्रबार १३:२४ गते2 Mins Read

     

    सुरुङ्गा \ झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस टि – ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजले हात पारेको छ । शुक्रवार भएको फाइनल खेलमा विराटनगरको क्रिकेट क्लवलाई २ विकेटले हराउँदै नगद ५१ हजार सहितको उपाधि राजविराजले हात पारेको हो । उपविजयी भएको विराटनगरले ३१ हजार नगद सहित ट्रफि हात पारेको छ । पहिलो टस जितेर राजविराजले विराटनगरलाई ब्याटिङ्गको निम्तो दिएको थियो ।

       जसमा विराटनगरले आफ्नो ९ विकेटको क्षतिमा १ सय ३२ रनको मध्यम स्तरको स्कोर बनाएको थियो । विराटनगरका तर्फबाट राष्ट्रिय टिमका सदस्य समेत रहेका सिद्धान्त लोहनीले सर्वाधिक ३३ रन जोडेका थिए भने अमर राउटेलाले २५ रन जोडेका थिए । राजविराजका तर्फबाट फिरदोज अन्सारीले ३ र दिवासु मल्लिकले २ विकेट लिएका थिए । राजविराजले आफ्नो १३३ रनको विजयी लक्ष्य ८ विकेटको क्षतिमा अन्तिम ३ वल बाँकी छदै हाँसिल गरेको थियो ।

       ज्यादै रोमान्चक बनेको फाइनल खेलमा राजविराजका लागि अन्तिम ओभरमा १२ रनको आवश्यकता रहेको वेला ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गर्दै राजविराज विजयी बनेको हो । राजविराजका अन्य दिनमा चलेका ब्याट्सम्यान राष्ट्रिय खेलाडी महबुब आलम चल्न नसके पनि अन्य ब्याट्सम्यानहरुले खुलेर ब्याटिङ् गरेका थिए । हासिम अन्सारीले ३९ रन र विवेक यादवले २४ रनको योगदान गरेका थिए । विराटनगरका वलरहरु अजय राजवंशी र मन्दिप श्रेष्ठले समान २\२ विकेट लिएपनि विराटनगरको हारलाई टार्न सकेनन् ।

        प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच विराटनगरका हासिम अन्सारी भए । उनले नगद २ हजार प्राप्त गरे । यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी राजविराजका महबुब आलम घोषित भए । उनले नगद ५ हजार प्राप्त गरेका थिए । यसैगरी प्रतियोगिताकै सर्वोत्कृष्ट विकेट किप्पर भैरहवाका प्रज्वल थापा , सर्वोत्कृष्ट बलर आयोजक ह्वाइट वास क्रिकेट क्लवका दिपेश कडेँल , सर्वोत्कृष्ट ब्याट्स मेन राजविराजका अमृत यादव भएका थिए । उनीहरु सबैले नगद ५ हजार र ट्रफि पाएका थिए ।

         कनकाई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको थियो । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको प्रथम पुरस्कार टिभिएस मोटरसाइकल र दोस्रो पुरस्कार रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले उपलब्ध गराएको थियो ।

        प्रतियोगितामा विजयी उपविजयी तथा विभिन्न विधागत खेलाडीहरुलाई कनकाई नगरपालिकाकी उपमेयर मन्जु प्रसाई , महिला राष्ट्रिय टिमकी क्याप्टेन रुविना क्षत्री , कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेल , टिभिएस मोटरसाइकलका अमृत नेपाल , रुद्र गौरी प्रतिष्ठानका नारायण ओली लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता कनकाई माविको खेल मैदानमा असोज ६ गतेदेखि संचालन भएको थियो ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.