Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सोमवारदेखि एक साता नाका बन्द गर्ने सरकारको निर्णय, स्थानीय तहहरुमा अत्यावश्यक सेवा बाहेक सबै बन्द
    समाचार

    सोमवारदेखि एक साता नाका बन्द गर्ने सरकारको निर्णय, स्थानीय तहहरुमा अत्यावश्यक सेवा बाहेक सबै बन्द

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र ९, आईतवार १६:५७ गते3 Mins Read

     

     

    कनकाई खबर  \  वश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

        मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार सोमवार विहान १० बजेबाट एक साताकालागि नाका बन्द गरिने भएको हो । त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ ।
    मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो ।

        सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ । बैठकले कम्तीमा एक सातालाई छिमेकी मुलुकसँगका सबै सीमा बिन्दुहरु बन्द गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए ।

                                  स्थानीय तहहरुमा अत्यावश्यक सेवा बाहेक सबै  बन्द

      विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसका कारण स्थानीय तहहरुले अत्यावश्यक सेवा बाहेक अन्य सबै दैनिक सेवाहरु बन्द गर्दै आएका छन् ।
    नगर तथा गाउँपालिका भित्रका हरेक टोल, बजारहरुमा साबुनपानीले राम्ररी हात धुनका लागि सचेतना जगाउँदै बजार तथा व्यावसायहरु बन्द गर्ने निर्णय भएको हो । कनकाई नगरपालिकामा विपत व्यवस्थापन समितिको बैठकले नगर क्षेत्रभित्रका सबैजसो निजि तथा सार्वजनिक संघ संस्था, उद्योग, व्यवसायहरु बन्द गर्ने निर्णय गरेको  छ । नगरपालिकाको निर्णय अनुसार अत्यावश्यक औषधि पसल र खाद्यान्न वाहेकका सबै पसल र सेवाहरु, पर्यटकीय स्थलहरु अर्को सुचना प्रकाशन नभएसम्मकालागि बन्द गर्ने निर्णय गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

       त्यस्तै झापा गाउँपालिकाले पालिकाको कार्यालय, वडा कार्यालय, बजार, पसल आदि सबै बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताएका छन् । यसैबीच झापा गाउँपालिकाले २०७६ चैत १० देखि २१ गते सम्म गाउँपालिकाको सवै गतिबिधी बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका कार्यालयले आइतवार सर्वदलीय बैठक बोलाई सो निर्णय गरेको हो ।

          गाउँपालिकाले कुमरखोदमा रहेको डिल्लीराज मावी र शरणामतीमा रहेको जनता माविको भवनलाई क्वारेन्टाइन बनाउने भएको छ । क्वारेन्टाइनका सामग्री जुटाउन तथा कोरोना भाइरसको संक्रमणको पहिचान गर्न गाउँपालिकाको कार्यालयबाट ११ सदस्यीय मूल समिति र वडा कार्यालयहरुबाट ९ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरिएको वताइएको छ । गाउँपालिकाले आम सर्वसाधारणलाई यो बन्द भएको समय आफ्नै घरलाई क्वारेन्टाइन बनाउन अपिल गरेको छ ।

       अर्जुनधारा नगरपालिकाले समेत सोमवारदेखि सेवाग्राहीका नियमित काम भन्दा पनि विश्वमा फैलिएको यो महामारीको समयमा अत्यन्तै आपत्कालिन अवस्थाका सेवा मात्र गर्ने भन्दै अन्य सेवा सवै बन्द गरिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले वताएका छन् । नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न चौक वजार लगायतका नौवटा स्थानमा स्वास्थ्यकर्मी सहितको हेल्थ डेक्स राखिएको वताइएको छ । नगरमा क्रियाशिल रहेका विभिन्न ५५ वटा टोल विकास संस्थाहरुलाई सक्रिय गराएर साबुनपानीले हात धुने व्यवस्था गरिएको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.