Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणकालागि हेल्थ डेक्स
    समाचार

    कनकाई नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणकालागि हेल्थ डेक्स

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र ५, बुधबार १४:१० गते2 Mins Read

     

    कनकाई खबर  \  झापाको कनकाई नगरपालिकाको कार्यालयमा नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणकालागि हेल्थ डेक्स स्थापना गरिएको छ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपालका विभिन्न ठाउँमा सतर्कताका साथै सचेतनामूलक कार्यक्रम भइरहेका बेला कनकाई नगरपालिका क्षेत्रमा समेत सचेतनामूलक अभियानलाई तिव्रता दिन थालिएको हो । सचेतनामूलक अभियानलाई सहज बनाउँन कनकाई नगर स्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहने गरी कोरोना भाइरस विरुद्ध प्रतिकार्य योजना तयारी उपसमिति गठन गरिएको छ ।

    नगर प्रमुख राजेन्द्रकुमार पोखरेल संयोजक रहेको नौ सदस्यीय समितिमा कार्यपालिका सदस्य नवलकिशोर दत्त, प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाकी प्रमुख डा.विद्या पोखरेल, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बू, रेडक्रस सुरुङ्गाका सभापति प्रविन तिम्सिना, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरीया, कनकाई नगरपालिकाका कर्मचारी उमानाथ ढकाल र नगर जनस्वास्थ्य प्रमुख ब्रजेशकुमार मेहता सदस्य सचिव रहेको समितिको बैठकले कोरोना भाइरसको महामारी विरुद्धमा सचेत रहन नगरवासीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

        त्यस्तै नगरका सवै वडामा रहेका शहरी स्वास्थ्य केन्द्रमा आवश्यक्ता अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन गरी संक्रमण भित्रिन नदिन स्वास्थ्य परिक्षणलाई व्यवस्थित गर्ने कनकाई नगरपालिकाका प्रमुख एवम् उपसमितिका संयोजक राजेन्द्र पोखरेलले वताएका छन् । आँफूलाई ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा वा लामो समयसम्म रुघाखोकी लागिरहेमा तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा गएर आफ्नो स्वास्थ्य परिक्षण गर्न नगर प्रमुख पोखरेलले नगरवासीलाई अनुरोध गरेका छन् ।

    नगरवासीलाई स्वास्थ्य परिक्षणमा सहज होस् भन्ने उद्येश्यका साथ पहिलो चरणको स्वास्थ्य परिक्षणकालागि तत्काललाई वडा नं.१, ६ र ७ का वडावासीले आँफूहरुलाई नजिक पर्ने दुर्गापुर शहरी स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नु पर्ने वताइएको छ । त्यस्तै वडा नं.२ को वडास्तरीय शहरी स्वास्थ्य केन्द्रमा, वडा  नं.३ र ४ कालागि प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा, वडा नं.५ कालागि वडास्तरीय शहरी स्वास्थ्य केन्द्र, वडा नं. ८ मा वडा कार्यालयमा नै प्राथमिक चरणको स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने वताइएको छ । त्यस्तै वडा नं.९मा वडास्तरीय शहरी स्वास्थ्य केन्द्र मार्फत स्वास्थ्य परीक्षणको सेवालाई व्यवस्थित गरिने भएको छ ।

         त्यस्तै वैदेशिक रोजगारीवाट नगरभित्र आउँने जोकोही पनि व्यक्तिले दुई हप्तासम्म आफ्नो घरैमा बसेर सुरक्षित रहन आग्रह गर्ने निर्णय गरिएको नगर जनस्वास्थ्य प्रमुख ब्रजेशकुमार मेहताले बताएका छन् ।

    स्वास्थ्य परिक्षणमा तत्कालकालागि आवश्यक पर्ने सामाग्री सरकारले बोर्डर साथै एयरपोर्ट तर्फ मात्र लक्षित गरेर उपलव्ध गराइरहेकाले ग्रामिण क्षेत्रमा तत्कालकालागि डिजीटल थर्मामिटरवाट तापक्रम नाप्नु पर्ने अवस्था रहेको भएपनि कनकाई नगरपालिकामा चाँडै अझै विशेष किसिमको फोरहेड थर्मामिटर उपलव्ध हुने मेहेताले वताए । स्वास्थ्य परिक्षणवाट थप समस्या देखिएमा आवश्यक्ता अनुसार अस्पताल रेफर गरिने वताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.