Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई गंगा आरतीलाई निरन्तरता दिइने
    समाचार

    कनकाई गंगा आरतीलाई निरन्तरता दिइने

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन ३०, शुक्रबार १४:५२ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकास्थित पवित्र धार्मिक नदी कनकाई माईको पूर्वी किनारमा एक विशेष समारोहका विच समुद्घाटन भएको गंगा आरतीलाई निरन्तरता दिइने भएको छ ।

         ग्लोवल मल्टी कल्चरल अर्गनाईजेशन नेपालले बिर्तामोडमा पत्रकार भेटघाट गरी यस्तो जानकारी दिएको हो ।
    वहुसाँस्कृतिक तथा आध्यात्मिक अभियानद्वारा कनकाईमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले गत फागुन २३ गते कनकाई माईको पूर्वी तटमा गंगा आरती गरिएको र विभिन्न संघ संस्थाको समन्वयमा कनकाई माईमा मासिक रुपमा गंगा आरती सञ्चालन गरिने तयारी गरिएको ग्लोवल मल्टी कल्चरल अर्गनाईजेशन नेपालका अध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले वताए ।

       कनकाई नदिको धार्मिक र वैज्ञानिक मान्यतालाई जनमानसमा पुर्याउन कनकाई माई गंगा सेवा आरतीले महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा यस कार्यलाई पूर्णता र निरन्तरताका लागि विभिन्न संघ संस्था , स्थानीय सरकारलगायतसंग पहल भइरहेको र अव छिट्टै वैठक वसेर कनकाई माई गंगा सेवा आरती समिति गठन गरेर गंगा आरतीलाई हाललाई मासिक रुपमा संचालन गरिने अध्यक्ष बुढाथोकीले वताए ।

       झापामा वढीभन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउँने उद्धेश्यले ग्लोवल मल्टीकल्चरल अर्गनाइजेशन नेपालको आयोजनामा फागुन २३ ,२४ र २५ गते तीनदिने वहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सवको आयोजना गरिए पनि सरकारले कोरोना भाइरसका कारण सबै कार्यक्रम स्थगित गर्न गरेको सुचना अनुसार दुई दिनको कार्यक्रम स्थगित गरि गंगा आरती मात्रै गरिएको उनले जानकारी दिए ।

       कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको व्यवस्थापन, कनकाई नगरपालिका र कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम संरक्षक रहने गरी गरिएको गंगा आरतीमा पाँच जना धार्मिक कलाकारहरुले गंगा आरती गरेको र गंगा आरतीको पाँच हजार भन्दा बढी भक्तजनले अवलोकन गरेको उनले वताए ।
    कनकाई माई गंगा सेवा आरतीकोलागि सवालाख वातिको व्यवस्थापन विर्तामोड निवासी नैनकला भट्टराई , उमा शिवाकोटी, कञ्चना ढकाल सिटौला, भगवति ढुंगेल लगायतले गरेको र गंगा आरतीसंगै वरिष्ठ भजन गायक धर्मदास बुढाथोकीले भजन प्रस्तुत गरेको कार्यक्रममा जानकारी दिइयो ।

       बहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव तथा कनकाई माई गंगा सेवा आरती सफल बनाउन विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिमा सहसंयोजक ध्रुबप्रसाद शिवाकोटी, सचिव माधव कल्पित, सहसचिव कंचना सिटौला, कोषाध्यक्ष नैनकला भट्टराई रहेका थिए भने सदस्यमा सजेश शिवाकोटी, गोपाल खनाल, उमा शिवाकोटी, शंकर भट्टराई, राजु न्यौपाने, राजकुमार शाह, नारायण चिमरिया, बलराम कार्की, घनश्याम चौधरी, सुवास भट्टराई, देवी गिरी, देवीभक्त श्रेष्ठ, लक्ष्मी गौतम, पदम प्रसाई, मिजास पोखरेल, शुष्मा भण्डारी, र गजेन्द्र पौडेल रहेका थिए । त्यसैगरी १४ सदस्यीय सल्लाहकार समिति , धार्मिक संयोजन समिति , प्रचारप्रसार समिति , अतिथि तथा स्वयम्सेवक परिचालन समिति , आर्थिक समिति गठन गरिएको कार्यक्रममा जानकारी दिइयो ।

      बहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव तथा कनकाई माई गंगा सेवा आरती समितिका सह संयोजक धुव्रप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई माई गंगा सेवा आरतीकालागि विभिन्न व्यक्तिहरुबाट संकलन गरिएको ५५ हजार एक सय ५५ रुपैयाँमा ५४ हजार ९५ रुपैयाँ खर्च भएको र एक हजार ६० रुपैयाँ वचत भएको जानकारी दिइयो ।

      त्यस्तै कनकाई उद्योग वाणिज्य संघले स्टेज र साउण्डसिस्टम, क्यामराको व्यवस्था गरेको बताइएको छ । बहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव पूर्व तयारीकालागि पाँच लाख २५ हजार एक सय २५ रुपैयाँ खर्च भएकोमा बिर्तामोड नगरपालिकाबाट दुई लाख ५० हजार रुपैयाँ प्राप्त भएको र अन्य खर्च ग्लोवल मल्टीकल्चरल अर्गनाइजेशन नेपालले व्यहोरेको कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा समितिकी कोषाध्यक्ष नैनकला भट्टराई , सदस्य उमा शिवाकोटी, सल्लाहकार भगवति ढुंगेल, धार्मिक संयोजन समिति सदस्य हरिप्रसाद भण्डारी , आर्थिक समिति संयोजक वालगोपाल शिवाकोटी ,प्रचारप्रसार संयोजक केशव भट्टराईले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव रंगकर्मी माधव कल्पितले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.