Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जिल्लास्तरीय महिला फुटबलको उपाधी कनकाईलाई
    खेलकुद

    जिल्लास्तरीय महिला फुटबलको उपाधी कनकाईलाई

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन २६, सोमबार ०६:३२ गते2 Mins Read

     

     

    कनकाई खबर  \  कनकाई खेलकुद प्रतिष्ठान (कासा) को आयोजनामा कनकाई मावि सुरुङ्गाको खेल मैदानमा संचालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधी कनकाई महिला फुटवल टिमले हात पारेको छ ।

         झापा जिल्लाका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलकालागि पारिजात महिला एफसी सालबारी र आयोजक कनकाई महिला फुटवल टिम विच भएको प्रतिस्पर्धात्मक प्रतियोगितामा १—० को गोल अन्तरले कनकाईले उपाधी हात पारेको हो । उपाधीसँगै कनकाईले नगद ६० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता पारिजातले ३५ हजार नगदसहित ट्रफी र प्रमाण पत्र हात पारेको छ । बिजयी टिमको लागि खेलको ४१ औं मिनेटमा टिम क्याप्टेन लक्ष्मी श्रेष्ठले एकमात्र निर्णायक गोल गरेकी थिइन् ।
    खेलमा कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य सुनिता सिग्देल खरेलको प्रायोजनमा रहेको नगद एक हजार र ट्रफी सहितको प्लेयर अफ दि म्याच को उपाधी कनकाई कि गोल कर्ता लक्ष्मी श्रेष्ठले हात पारेकी थिइन् भने खेल संयोजक अम्बिका खरेलले प्रायोजन गरेको नगद तीन हजार र ट्रफी सहितको प्लेयर अफ दि टुर्नामेन्टको उपाधि बिजेता टिमकै सुस्मिता चौधरीलाई प्रदान गरिएको थियो ।

        प्रतिस्पर्धात्मक खेल हुनु अघि झापा गाउँपालिका र कनकाईका पुरुष भेट्रान टिम बिच भएको पहिलो मैत्रीपुर्ण खेल गोल रहित बराबरीमा सकिएको थियोे । त्यसैगरी नारी दिवसको अवसरमा आयोजीत महिला फुटवलकै अवसरमा प्रतिष्ठानकी सहसचिव मान्ता खरेलको संयोजनमा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँसहित लक्ष्मीपुर महिला समूह र सुरुङ्गा महिला समूह बिच दोस्रो मैत्रीपुर्ण खेल खेलाइएको थियो । खेलमा विजेता बनेको लक्ष्मीपुर महिला समुहका तर्फवाट दिव्या सिटौला लुइटेलले गरेको एक गोल नै निर्णायक बनेको थियोे ।
    विजेता र उपविजेता टिमलाई नगदसहिहतको ट्रफी , मेडल र प्रमाणपत्र प्रमुख अतिथि प्रदेश सभा सदस्य हिराकुमार थापा , विशिष्ट अतिथि कनकाई नगर उपप्रमुख मञ्जु प्रसाईं, कनकाई नगरपालिका वडा नं. १ का वडाअध्यक्ष रोषनराज पोखरेल, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, कनकाई खेलकुद प्रतिष्ठानका सल्लाहकार टिका लामिछाने, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बु, प्रतिष्ठानका निवर्तमान अध्यक्ष दुर्गा प्रसाईँ , अध्यक्ष दिननाथ खतिवडा लगायतको हातबाट प्रदान गरिएको थियो ।

    प्रतिष्ठानका अध्यक्ष खतिवडाको सभापतित्वमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा कनकाई नगर उपप्रमुख मन्जु प्रसाई, कार्यपालिका सदस्य सुनिता सिग्देल खरेल, सुरुङ्गा खानेपानीका अध्यक्ष भिमप्रसाद अधिकारी, कनकाई नगर महिला संजालकी अध्यक्ष सीता बस्नेत, कनकाई महिला वातावरण संरक्षण समूहकी उपाध्यक्ष धनमाया चिमरीया, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष जविन तिम्सिना लगायतले मन्तव्य राखेका थिए । प्रतिष्ठानकी कोषाध्यक्ष एवम् खेल संयोजक अम्बिका खरेलले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव विनोद रानाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.