Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहकारी संस्था दुर्गापुरको २६ औं साधारण सभा
    समाचार

    सहकारी संस्था दुर्गापुरको २६ औं साधारण सभा

    ramBy ram२०७५ आश्विन ९, मंगलवार १३:५१ गते3 Mins Read

    दुर्गापुर \कनकाई नगरपालिका ७ स्थित सहकारी संस्था लिमिटेड, दुर्गापुरको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर संस्थाले विगत वर्षहरुमा गर्दै आएको सम्मानको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । जस अनुसार संस्थालाई महत्वपूर्ण योगदान दिने केही व्यक्तित्वहरु सम्मानित भएका छन् ।

        यसरी सम्मानित हुनेहरुमा क्रमशः जेष्ठ सदस्य शेषप्रसाद घिमिरे, उत्कृष्ट शेयर सदस्य शिवराज वस्नेत, उत्कृष्ट वचत कर्ता गोमा बसेल, उत्कृष्ट ऋणी रामेश्वर चौधरी, स्थानीय तह निर्वाचित सदस्य पुर्णवहादुर थापा (वाह्रदशी गाउँपालिका), संचालक समिति सदस्य लक्ष्मीप्रसाद पाठक, गोपाल कुमार पोखरेल, टेकवहादुर शिवाकोटी, उमाप्रसाद सिटौला, लक्ष्मीप्रसाद शिवाकोटी र संस्थाको वजारप्रतिनिधी गोमा खड्का रहेका छन् ।

         सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व गृह राज्यमन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष दिपकप्रकाश वास्कोटाले सम्मान पत्रका साथ रुद्राक्षको मालाले सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पुर्व गृह राज्यमन्त्री वास्कोटाले साधारण सभाको उद्घाटनसँगै संस्थाको नव निर्मित दुई तले भवनको विधिवत रुपमा उद्घाटन गरेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि वास्कोटाले आफ्नै थैलीमा भएको सम्पत्तीको सदुपयोग गर्न सहकारीकर्मीहरुलाई अनुरोध गरेका छन् ।

         स्वास्थ्य नै धन भएको कुरालाई प्रष्ट पार्दै प्रमुख अतिथि वास्कोटाले स्वस्थ भोजन शुद्धीका लागि सवै सहकारी संस्थाहरुले अभियान चलाउँनु पर्ने तर्फ जोड दिएका छन् । हरेक किसिमका खाद्यसामग्रीमा विषादीले आक्रान्त पारेको यो समयमा कृषि तथा पशुपालनको क्षेत्रलाई सहकारीहरुले प्राथमिक्तामा राख्नु पर्ने तर्फ जोड दिँदै प्रमुख अतिथि वास्कोटाले आर्थिक पक्षलाई सवल बनाउँनका लागि अग्र्यानिक कृषि प्रणाली तर्फ लाग्न अनुरोध गरेका छन् ।
    संस्थाका अध्यक्ष गोपाल उप्रेतीको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तु गर्दै अध्यक्ष उप्रेतीले २०२८ सालमा साझाको नाममा दर्ता भएको संस्था प्रजातन्त्रको पुनःस्थापना भएसँगै २०४८ सालपछि समुदायमा हस्तान्तरण भएर २०४९ सालदेखी विधिवत् रुपमा संचालक समितिको नेतृत्वमा संचालनमा आएको वताएका छन् ।

    प्रारम्भिक चरणमा विभिन्न आरोह अवरोह पार गर्दै आएको संस्थाले हाल ४८ लाख ५३ हजार ३९ रुपैंयाँमा निर्माण कार्य सम्पन्न गरी २८८० वर्ग मिटरको दुई तले पक्की भवनवाट सेवा सुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी गराएका छन् । प्रतिवेदन मार्फत संस्थाको शेयर कारोवार सार्वजनिक गर्दै अध्यक्ष उप्रेतीले आ.व.२०७३\०७४ को अन्तमा संस्थाको कुल चुक्ता शेयर पुँजी रु.९० लाख ६८ हजार ५ सय रहेकोमा आ.व.२०७४\०७५ मा १८ लाख ६९ हजार ३ सय शेयर पुँजी वृद्धि भई कुल चुक्ता पुँजी रु.१ करोड ९ लाख ३७ हजार ८ सय पुगेको प्रतिवेदन मार्फत सार्वजनिक गरेका छन् ।

        जसमा २०.६१ प्रतिशत शेयर पुँजी वृद्धि भएको वताइएको छ । दुर्गापुर वजारमा कार्यालय रहेको यस संस्थाको कार्य क्षेत्र हाल सम्म कनकाई नगर र बाह्रदशी गाउँपालिका रहेको भए पनि विनियम संशोधन गरी अब संस्थाको नाम साझा बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड, दुर्गापुर रहने र यसको कार्य क्षेत्र झापा जिल्ला भरी हुने साधारण सभामा जानकारी गराइएको छ ।

        विभिन्न साँस्कृतिक प्रस्तुतीहरु सहित सम्पन्न भएको साधारण सभाको वन्द सत्रले लेखा समितिका संयोजक भरत थपलियाको लेखा प्रतिवेदन , अध्यक्षको वार्षिक प्रतिवेदन साथै व्यवस्थापकको वजेट प्रतिवेदन तथा लेखा परिक्षण लगायतका प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारीत भएको वताइएको छ । संस्थाका उपाध्यक्ष टिकाप्रसाद पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल, सम्मानित व्यक्तित्व उमाप्रसाद सिटौला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक विष्णु चुडालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.