Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सिपमुलक तालिम केन्द्रको उद्घाटन
    समाचार

    सिपमुलक तालिम केन्द्रको उद्घाटन

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन २१, बुधबार १७:४९ गते2 Mins Read

    दुर्गापुर  \  ग्रामिण क्षेत्रमा रहेका वेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउँने उद्येश्यका साथ कनकाई ७ स्थित दुर्गापुरमा सिपमुलक सिलाई कटाई तालिम केन्द्रको उद्घाटन गरिएको छ ।    सामाजिक क्षेत्रमा काम गर्दै आएको नारी संरक्षण नेपाल नामक संस्थाको आर्थिक सहयोगमा दुर्गापुर बजारमा संचालनमा ल्याइएको तालिम केन्द्रको एक कार्यक्रमका विच स्थानीय वडाका वडाअध्यक्ष लिलावहादुर कन्दङ्वाले उद्घाटन गरेका हुन् । तालिम केन्द्रमा तीन वटा सिलाई मेसिन, एक इन्टर लक मेसिन साथै तीन महिनाको कोठा भाडासहित एउटा टेलर्सकालागि आवश्यक पर्ने फर्निचर लगायत सम्पूर्ण सामाग्रीको संस्थाले नै व्यवस्थापन गरेको नारी संरक्षण नेपाल झापा सम्पर्क मञ्चका संयोजक सविर कन्दङ्वाले बताएक छन् । तालिम केन्द्र संचालनकालागि ८ महिना अघिदेखि नै संस्थाले स्थानीय मेनुका बयलकोटी, सीता मग्रान्ती र सुकमाया लिम्वूलाई विशेष किसिमको सिपमूलक तालिम निशुल्क रुपमा उपलव्ध गराएको थियो । तालिम प्राप्त गरेका किशोरीहरुले आगामी दिनमा सिलाई कटाई सम्वन्धीको तालिम लिन चाहने जोकोहीलाई पनि आँफूले सिकेको सिप सिकाउँन पछि नहट्ने बताएका छन् ।

       नारी संरक्षण नेपाल संस्थाले सिपमूलक तालिम दिएर रोजगारीको सिर्जना गरी जिविकोपार्जनको माध्यम बनाएको भन्दै स्थानीयवासीले सामाजिक क्षेत्रमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । मुलुकको समृद्धिकालागि नेपालका विभिन्न क्षेत्रमा यस किसिमको सामाजिक गतिविधी गर्दै आएको संस्थाको प्रधान कार्यालय नारायणघाट चितवनमा रहेको छ भने यसको निर्देशकका रुपमा सामाजिक अभियन्ताद्वय रञ्जीत गहतराज र लोकेन्द्र विक रहेको वताइएको छ । झापाको कनकाई ६ स्थित चम्पापुर माविमा विद्यालयस्तरको अध्ययन गरेका रञ्जीतले कनकाई नगर क्षेत्रको समृद्धिकालागि अझै नयाँ कार्यक्रम लिएर अघि बढ्ने बताएका छन् ।        यस अघिदेखि नै संस्थाले कनकाई नगर क्षेत्रका २६ जना गरिव, असहाय तथा विपन्न वर्गका वालवालिकाहरुकालागि खाद्य सामाग्री, विद्यालय पोशाक, कापी किताव, औषधी उपचार लगायत विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण आर्थिक सहयोग गर्दै विपन्न वर्गकालागि अभिभावकत्व ग्रहण गरिरहेको झापा संयोजक कन्दङ्वाले बताए । कनकाई ७ की महिला वडा सदस्य गीता चौहानको अध्यक्षता साथै वडा सदस्य प्रकाश शिवाकोटीले संचालन गरेको तालिम केन्द्र उद्घाटन कार्यक्रममा दुर्गापुर बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद भट्टराई, स्थानीय समाजसेवीहरु प्रल्हाद घिमिरे, चन्द्रमान कन्दङ्वा, अमृत योङ्हाङ् लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.