Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्मृतिमा सुखानी हत्याकाण्डका शहीद रामनाथ दाहाल
    स्थानीय

    स्मृतिमा सुखानी हत्याकाण्डका शहीद रामनाथ दाहाल

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन २१, बुधबार १६:२० गते3 Mins Read

    तस्वीरमा ः शहीद रामनाथ दाहालको चारपानेस्थित लालमाटीमा रहेको पुरानो घर, जहाँवाट उनी पछिल्लो पटक गिरफ्तार भएका थिए ।

    राम निरौला,

    कनकाई खबर  \  आफ्ना बुबाले खनेको गोरेटोमा हिँड्दै बुबाको सपना साकार पार्ने प्रयासमा यतिबेला क्रियाशिल छिन् – झापाको कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ । वि.सं. २०२९ को फागुन २१ गतेका दिन झापा र इलामको सिमानामा पर्ने सुखानीको जङ्गलमा हत्या गरिएका पाँचजना झापाली योद्धा मध्येका एक रामनाथ दाहालकी छोरी हुन् मन्जु ।

       आफ्नो घरपरिवार भन्दा पनि किसान मजदुरहरुको समस्याका विषयमा निरन्तर लडिरहने भएकै कारण आफ्नो घर नै कुनै न्यायालयको अड्डा जस्तो लाग्ने विगतको वाल्यकाललाई स्मरण गर्दै शहीद पुत्री मन्जु आफ्ना बुबाको सपना पुरा गर्न सके मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने वताउँछिन् ।
    पिता रामकान्त र माता लक्षीमा दहालवाट वि.सं.१९९५ सालको फागुन २४ गतेका दिन तेह्रथुम जिल्लाको छातेढुङ्गाको भदौरे इवामा जन्मिए पनि झापालाई कर्मथलो बनाएका रामनाथ दाहालले तत्कालिन् झापाको किसान आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।

       वाल्यअवस्थादेखि नै न्यायका निम्ति विद्रोह गर्ने विद्रोही स्वभावका शहिद रामनाथ दाहाल झापाली किसान आन्दोलनका नेतृत्वकर्ता, सामाजिक कुरीतिका घोर विरोधी, अन्याय, अत्यचार र शोषण विरुद्ध आन्दोलन सुरु गर्ने प्रगतिवादी विद्रोही नेताका रुपमा जनतामा परिचित रहेका थिए । देश र जनताको हितमा निरन्तर क्रियाशिल रहँदै निरंकुशताको विरुद्ध संघर्षमा रहेकै अवस्थामा विभिन्न समयमा जेल जीवन बिताउँदै आएका दाहालको झापा र इलामको सिमानामा पर्ने सुखानीको जङ्गलमा हत्या भएको थियो । किसान आन्दोलका क्रममा निरङ्कुशताको विरोधी अभियानमा लागेका कारण वर्षमा दुई÷दुई पटक गिरफ्तारी हुने क्रममा दाहाल क्रमशः २०२३ देखि २०२७ सम्म सार्वजनिक सुरक्षा ऐन अन्तर्गत लामो समयसम्म थुनामा परेका थिए । पछिल्लो पटक २०२९ साल मंसिर २६ गते गिरफ्तार भएका दाहाल त्यसपछि कहिल्यै पनि नछुटेको शहीद दाहालकी जीवनसंगिनी जानुका दाहाल बताउँछिन् ।

       “त्यतिबेला उहाँ पार्टीमा नलागेको भए हुन्थ्यो जस्तो लाग्थ्यो, नजानु भन्दा भन्दै जानुहुन्थ्यो, पार्टीमा लागेकै कारण सबैले आँखा गाडे अनि उहाँलाई मारे भन्ने लाग्थ्यो” भन्दै शहीद रामनाथकी जीवनसंगिनी जानुका दहाल भन्छिन् –“त्यतिबेला राजनीतिमा लागेर राम्रै काम गर्नुभएको रहेछ जस्तो लाग्छ अहिले, उहाँ सधैं सवैकालागि शहीद भएर जानुभयो ।” थुनामै रहेका बेला जेल सार्ने बहानामा २०२९ को फागुन २१ गतेका दिन सुखानीको जङ्गलमा दाहालसहित नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठसमेत पाँचजना योद्धाहरुलाई तत्कालीन शासकले कायरतापूर्वक हत्या गरेको हो ।

        आफ्नो युवा अवस्थामा समेत जीवनमा कुनै ऐस, आराम, मोजमस्तीको आशा साथै कुनै अपेक्षा समेत नगरी देश र जनताका निम्ति आफ्नो जीवनको बलिदान दिने धर्तीका महान सपुतहरुको हरेक वर्ष सुखानीमा स्मृति दिवस मनाउँने गरीएको छ । देश र जनताका निमित्त आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर शहीद रामनाथ दाहाल जस्ता अमर शहिदहरुको बलिदानी साथै जीवन उत्सर्गका घटनाहरुलाई सधैं प्रेरणाका स्रोतका रुपमा लिन सकिने राजनीतिक अभियन्ताहरु बताउँछन् ।
    वि.सं.२०१७ सालमा तराई झरेका दहाल परिवारसहित झापाको चारपानेस्थित लालमाटीमा बस्दै आएका थिए । झापामा रहँदा समेत जातीय, धर्मसंस्कृति र गरिव किसान मजदुरहरुको अन्याय अत्याचार साथै थिचोमिचोको विरुद्धमा धेरै संघर्ष गर्दैै आएका दाहाल सानै उमेरदेखि छुवाछुत र जातीयतालाई धर्मका आधारमा गरिएको विभेद सम्झन्थे । तत्कालिन समयमा वर्तमान नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, राधाकृष्ण मैनाली, स्व.मनमोहन अधिकारी, सूर्य कन्दङ्बा लगायतका राजनीतिक योद्धाहरुसँग अग्र मोर्चामा रहेका शहीद दाहाल वैचारिक रुपमा परिपक्व, सैद्धान्तिक स्तरउन्नत, प्रखर तर्क र विश्लेषण क्षमता भएका एक निडर कम्युनिष्ट योद्धाका रुपमा रहेको वताइएको छ ।

       शहीद रामनाथ दाहालको सम्मान त्यस बेला मात्र हुन सक्छ, जब सामाजिक न्यायको निम्ति, सबै मानव समुदायको मुक्ति, स्वतन्त्रता र सम्मुन्नतिको निम्ति, न्यायसङ्गत समाजसेवी समाजको निर्माणमा हामी क्रियाशिल बन्न सक्छौं, किनभने उनी त्यही समाज निर्माणको निम्ति शहीद बनेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न

    २०८३ असार २९, सोमबार ०८:१७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.