Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » धार्मिक पर्यटन प्रवर्धनकालागि कनकाईमा गंगा आरती
    स्थानीय

    धार्मिक पर्यटन प्रवर्धनकालागि कनकाईमा गंगा आरती

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन २१, बुधबार ०२:१६ गते2 Mins Read

     

     

    कनकाई खबर  \  नेपालको बहुसंस्कृतिलाई धार्मिक पर्यटनसँग जोड्दै प्रदेश नं.१ कै पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ झापाको कनकाई नगरपालिकास्थित कनकाई माईको पुर्वी किनारमा एक दिने कनकाई माई गंगा आरती हुने भएको छ ।    कनकाई माईमा हुने गंगा आरतीवाट विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमण समेत न्युनिकरण हुने विश्वास गरिएको छ । ग्लोबल मल्टीअर्गनाइजेशन नेपालको आयोजनामा धार्मिक तथा पर्यटकीय क्षेत्र कोटीहोम परिसरको पवित्र कनकाई माईमा पहिलो पटक यस किसिमको गंगा आरती गर्न लागिएको हो । कनकाई नगरपालिका र कोटीहोम धार्मिक विकास संस्थाको संरक्षण साथै कनकाई उद्योग बाणिज्य संघको व्यवस्थापनमा फागुन २३ गते शुक्रवार साँझमा गरिने एकदिने गंगा आरतीको विषयमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले यसको उद्येश्यमाथि जानकारी गराएको छ ।

        पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष एलपी बुढाथोकीले सवै जातजाती, धर्मसंस्कृति र सम्प्रदायको साझा कार्यक्रमका रुपमा गंगा आरतीको आयोजना गर्न लागिएको वताएका छन् । तीन दिने धार्मिक महोत्सवको तयारी गरिएको भएपनि कोरोना भाइरसका कारण सबै कार्यक्रम स्थगित गरेर कोरोना भाइरसबाट मुक्तिका लागि गंगा आरती मात्रै गर्न लागिएको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । आरतीकालागि बनारसबाट तालिम प्राप्त पण्डितहरु बोलाइएको वताइएको छ ।     कोरोना भाइरस तातोमा मर्ने तथा वायुमण्डललाई स्वच्छ बनाउन समेत होमादी तथा बाती बाल्दा फाइदा पुग्ने बुढाथोकीले बताए ।
    गंगा आरतीलाई कनकाई माइमा निरन्तरता दिन स्थानीय पण्डितलाई यसको तालिम दिने तयारी समेत थालिएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले वातावरणको शुद्धता साथै पर्यावरणसँग जोडिएको गंगा आरती कनकाई नगरपालिकामै पहिलोपटक हुन लागेको भन्दै यसलाई निरन्तरता दिन नगरपालिकाले सहयोग गर्ने बताए ।

         पत्रकार सम्मेलनमा कनकाई नगरपालिकाका वार्डनम्वर ४ का वडाअध्यक्ष गोविन्दप्रसाद पौड्याल, वडा नं. ८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवाल, कोटीहोम धार्मिक विकास संस्थाका अध्यक्ष नवलकिशोर दत्त, कनकाई उवासंघका अध्यक्ष त्रिलोचन चिमरिया, वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती, महासचिव तुलसी विमली, ग्लोबलका केन्द्रिय सदस्य वालगोपाल शिवाकोटी, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष भवानी लुइटेल, क्षितिज नाट्य कला केन्द्रका माधव कल्पित लगायतको आतिथ्य रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.