Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बौद्धिक अपाङ्गका लागि बन्ने भो आवास गृह
    स्थानीय

    बौद्धिक अपाङ्गका लागि बन्ने भो आवास गृह

    adminBy admin२०७६ फाल्गुन १६, शुक्रबार ०५:४१ गते2 Mins Read

    कनकाई । झापाको कनकाई १ स्थित सुस्त मनस्थिति सरोकार समाज नेपालको भवन निर्माण कार्य थालिएको छ ।

    केही वर्षदेखि कनकाई नगरपालिकाको कार्यालय नजिकै घर भाडामा लिएर बाौद्धिक अपाङ्गता भएका वालवालिकाको संरक्षण गर्दै आएको समाजले कनकाई १ मा आवास गृह निर्माणको शिलान्यास गरेको हो ।

    स्थानीय समाजसेवी मातृकाप्रसाद सिटौलाले निःशुल्क उपलब्ध गराएको एक कठ्ठा जमीनमा भवन बन्न लागेको हो । करिब ७५ लाखको लागतमा निर्माण हुन लागेको दुई तले पक्की भवनका लागि १ नंं. प्रदेश सरकारवाट २० लाख रुपैंयाँ उपलव्ध हुने भएको निर्माण समितिका संयोजक भीष्मभूषण सिटौलाले बताए ।

    अन्य रकम कनकाई नगरपालिका लगायत आसपासका स्थानीय तह साथै विभिन्न स्रोतवाट संकलन गरिने निर्माण समिति संयोजक सिटौलाले बताए ।

    सुस्त मनस्थिति सरोकार समाजमा हाल कर्मचारीसहित १४ जना वालवालिकाहरुको संरक्षण गरिएको संस्थाकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलले बताएकी छन् ।

    अध्यक्ष पोखरेलको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य हिराकुमार थापाले भवन शिलान्यास गरेका हुन् ।

    निर्माण समितिका सचिव शम्भुप्रसाद पोखरेलले संचालन गरेको शिलान्यास कार्यक्रममा स्थानीय टिकाराम निरौलाले स्वस्ती वाचन गरेका थिए ।

    कार्यक्रममा कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, कनकाई १ का वडाअध्यक्ष रोशन पोखरेल, वडा नं.७ का वडासदस्य प्रकाश शिवाकोटी, जग्गादाता मातृकाप्रसाद सिटौला, कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल, जेष्ठ नागरिक संघ कनकाई १ का अध्यक्ष तेजप्रसाद बराल, वडानं.७ का अध्यक्ष धनराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.