Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विराटनगरको बिजयी सुुुरुवात
    खेलकुद

    विराटनगरको बिजयी सुुुरुवात

    ramBy ram२०७५ आश्विन ६, शनिबार १५:५० गते2 Mins Read

    सुरुङ्गा \ कनकाईनगरपालिका सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि ट्वान्टी क्रिकेट प्रतियोगितामा शनिवार भएको खेलमा वाइआरसिसि क्लव विराटनगर विजयी भएको छ ।

        विराटनगरले विर्तामोडको युनाइटेड क्रिकेट क्लवलाई ८ विकेटको विशाल फरकले पराजित गरेको हो । प्रतियोगितामा पहिले टस जितेर विराटनगरले पहिलो फिल्डिङ्ग रोजेको थियो । विर्तामोडले निर्धारित २० ओभरमा ८१ रन जोडेको थियो । विर्तामोडका लागि बसन्त कार्कीले सर्वाधिक २० रनको योगदान दिँदा विर्तामोडबाटै खेलेका राष्ट्रिय टिमका खेलाडी तथा नेपालका अन्डर नाइन्टिन टिमका पुर्व क्याप्टेन समेत रहेका भुवन कार्कीले १२ रन जोडेका थिए ।

       विराट नगरलाई सस्तैमा समेट्नका लागि एमडी खालिदले सर्वाधिक ४ विकेट लिन सफल भए भने मैक कुमारले ३ विकेट लिएका थिए । विराटनगरले ८२ रनको सामान्य लक्ष्य १० ओभर ३ वल खेल्दा २ विकेटको क्षतिमा हासिल गरेको थियो । विराटनगरका लागि राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले नटआउट ३१ रन जोडेका थिए भने अर्का ब्याट्स म्यान मुरली चौधरीले २५ रन जोडेका थिए ।

        विर्तामोड तर्फबाट भुवन कार्की र विनित बास्तोलाले १÷१ विकेट लिएका थिए । प्रतियोगितामा ४ विकेट लिने विराटनगरका एमडी खालिद म्यान अफ द म्याच घोषित भए । उनलाई क्रिकेट प्रेमी प्रविन तिम्सिनाले नगद २ हजार दिएका थिए ।

         आइतबारको तेस्रो खेल मकवानपुर क्रिकेट क्लव र युथ क्रिकेट राजविराज विच हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताए । कनकाई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताामा प्रथम तथा द्धितिय हुने टिमले क्रमशः क्रमशः नगद ५१ हजार र ३१ हजार रुपैँया र ट्रफि पाउने वताइएको छ । प्रतियोगितामा विराटनगर , उदयपुर , भैरहवा , राजविराज लगायातका ८ टिमको सहभागिता रहेको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.