Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फिटनेस सेन्टरमा युवाहरुको आकर्षण बढ्दै
    समाचार

    फिटनेस सेन्टरमा युवाहरुको आकर्षण बढ्दै

    ramBy ram२०७५ भाद्र २९, शुक्रबार १३:५९ गते3 Mins Read

    सुरुङ्गा \ सुरुङ्गामा अत्याधुनिक फिट्नेस सेन्टर संचालनमा आएसँगै युवाहरुको आकर्षण बढ्दै गएको छ । विषादीयुक्त खानेकुराले अस्वस्थ वन्दै गएको मानव समाजको स्वास्थ्यलाई समेत ध्यानमा राख्दै पाँच महिना अघि सुरुङ्गा वजारमा अन्तर्राष्ट्रिय स्तरका सामग्रीका साथमा अत्याधुनिक मिड टाउन फिट्नेस एण्ड जुम्वा सेन्टर संचालनमा आएको हो ।
    कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाका युवा समाजसेवी मिलन खरेलले आफ्नो एकल लगानीमा १ करोड वरावरको अत्याधुनिक जीम सामग्रीका साथमा फिटनेस एण्ड जुम्वा सेन्टर संचालनमा ल्याएका हुन् ।
    बडी विल्डीङ्को क्षेत्रमा झापामा गतिविधी संचालन गर्दैै आएको बडी विल्डिङ् संघको झापा उपाध्यक्ष समेत रहेका खरेल सुरुङ्गाका एक सफल सुनचाँदी व्यवसायी पनि हुन् ।

        विगत २५ वर्षदेखी फिटनेस विधामा अनुभव वटुलेका खरेलले यस अघि पनि काठमाण्डौ र सुरुङ्गामा गोल्ड जीम संचालन गरेर यस विधामा गहिरो अनुभव वटुलीसकेका छन् । फिटनेस क्षेत्रलाई नसाका रुपमा लिने गरेका खरेलले यसलाई सेवामूलक संस्थाका रुपमा विकास गरी अघि वढ्ने वताएका छन् ।

        एक करोड रुपैंयाँ सुन चाँदी व्यवसायमा लगानी गर्ने हो भने यसवाट धेरै आय आर्जन गर्न सकिने कुरा वताउँदै संचालक खरेलले व्यवसायीक भन्दा पनि लामो समयदेखीको बडी विल्डिङको क्षेत्रमा आफ्नो रुची भएकाले स्थानीयवासीको आवश्यक्तालाई समेत मध्यनजर गरी सेवामुलक संस्था संचालन गरेको वताएका छन् । बडी विल्डिङको क्षेत्रमा लामो अनुभवसँगै आँफै प्रशिक्षक समेत रहेका खरेलका साथमा अन्य एकजना महिला सहित दुईजना अनुभवी प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गरीरहेका छन् ।
    सुरुङ्गा वजारमा अन्तर्राष्ट्रिय स्तरका सामग्रीका साथमा सुविधा सम्पन्न भवनमा संचालित फिटनेस सम्भवतः झापाकै पहिलो फिटनेस सेन्टर हुन सक्ने संचालक खरेलले दावी गरेका छन् । सुरुङ्गा स्थित एस.पी. क्याफे भएको भवनको माथिल्लो दुई तलामा संचालनमा रहेको फिटनेस सेन्टरमा न्युनतम प्रति ५० हजारदेखी ६ लाख सम्म पर्ने अत्याधुनिक सामग्रीहरु राखिएका छन् ।

        दुईवटा तलामा संचालनका लागि व्यवस्थापन गरीएको फिटनेस सेन्टरको पहिलो तलामा एक पटकमा ५० जना र दोस्रो तलाको जुम्वा सेन्टरमा ३० जना गरी ८० जना सम्मले एकै पटकमा सेवा लिन सक्ने संचालक खरेल वताउँछन् । हाल फिटनेस सेन्टरमा विभिन्न समयमा व्यायम गर्नेहरु ३ सय जना भन्दा वढीले रजिष्टे«शन गरेको भएपनि दैनिक रुपमा २ सय जनाले सेवा लिँदै आएको वताइएको छ । १८ वर्षदेखी ६५ वर्ष सम्मको उमेरका महिला साथै पुरुषहरुले सेवा लिँदै आएको फिटनेस सेन्टरमा कार्डियो, जीम, जुम्वा लगायत अन्य धेरै अभ्यास गर्न सकिने वताइएको छ ।

         सुरुङ्गामा फिटनेस सेन्टर संचालनमा आएसँगै धेरै वर्ष अघिदेखी विहानको समयमा शारिरीक व्यायमका लागि पैदल हिंड्ने गरेका स्थानीयवासी ५८ वर्षिया छत्र कार्की आफ्नो इच्छा बल्ल पूरा भएको वताउँछन् । विहान सवेरै मर्निङ् वाकमा सडकमा निस्कने गरेका कार्कीले व्यायम परिवर्तन गरी फिटनेस सेन्टर संचालनमा आएसँगै विहान दैनिक एक घण्टाको समय त्यस तर्फ विताउँदै आएका छन् ।

        फिटनेसले स्फुर्तीका साथ आफ्नो दैनिक जीवनमा परिवर्तन ल्याएको वताउँने कार्की शारिरीक रुपमा समेत पहिलेको तुलनामा स्वस्थ हुँदै आएको अनुभव वताउँछन् । फिटनेस सेन्टर संचालनमा आएसँगै मर्निङ् वाकका नाममा सुरुङ्गा सडक खण्डमा हुने दुर्घटना न्युनिकरण हुँदै आएको स्थानीयवासी वताउँछन ।

        कनकाई नगर, शिवसताक्षी, झापा गाउँपालिका लगायतका क्षेत्रमा रहेका फिटनेसका पारखीहरुलाई सेवा दिने लक्ष्यका साथ संचालनमा ल्याइएको सेन्टरलाई एक किसिमको क्लिनीकका रुपमा नै हेर्नु पर्नेमा फिटनेसका संचालक खरेलले वताएका छन् । कुनै पनि रोग लाग्नुभन्दा अघि नै हरेक व्यक्ति सचेत भएर शारिरीक व्यायाम तर्फ लाग्ने हो भने युवा अवस्थामा नै वुढ्यौली पना नआउँने कुरामा जोड दिँदै संचालक खरेलले दैनिक १ घण्टा हरेक व्यक्तिले आफ्नो स्वास्थ्यका लागि समय दिनु पर्ने वताएका छन् ।

         फिटनेस सेन्टरको माध्यमवाट कुलतमा लागेका युवाहरुलाई समेत सत्मार्गमा ल्याउँन सकिने कुरामा जोड दिँदै संचालक खरेलले यसको स्वाद पाएका युवाहरुको आफ्नो दैनिक जिवनमा समेत परिवर्तन आएको वताएका छन् । फिटनेस सेन्टरमा व्यायमका साथै स्वस्थ रहनका लागि समय अनुसारको खानपानको उचित परामर्श दिइने भएकाले युवाहरुले धेरै फाइदा लिन सक्ने संचालक खरेलको दावी छ । न्युनतम मासिक रु.१ हजारदेखी १५ सयमा सेवा दिँइदै आएको संस्थाले फिटनेसमा व्यायम गर्न चाहने तर आर्थिक रुपले विपन्न भएका जोकोहीलाई राहत स्वरुप छुटको समेत व्यवस्था गरेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.