Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भगवतीको साधारण सभा सम्पन्न
    कनकाई खबर बिशेष

    भगवतीको साधारण सभा सम्पन्न

    ramBy ram२०७५ भाद्र २९, शुक्रबार १३:४८ गते2 Mins Read

    सुरुङ्गा \ कनकाई नगरपालिका ३, सुरुङ्गा स्थित भगवती बचत तथा ऋण सहकारी संस्था लि.को अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    कनकाई उद्योग वाणिज्य संघको सभा हलमा शुक्रवार सम्पन्न साधारण सभाको उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले सामाजिक क्षेत्रमा सहकारी संस्थाहरुले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।

           गाउँघरको थोरै रकम संकलन गरी आर्थिक अवस्था कमजोर भएका मानिसलाई सस्तो व्याजमा लगानी गरेर सर्वसाधारणलाई समेत उद्योगी, व्यवसायी साथै स्वरोजगार वनाउँने काममा सहकारीहरु अग्र स्थानमा रहेको भन्दै नगर प्रमुख पोखरेलले सहकारी संस्थाहरुसँग स्थानीय तहले सहकार्य गरेर अघि बढ्न चाहेको वताएका छन् ।
    संस्थाका अध्यक्ष तिलचन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष उप्रेतीले सिमित शेयर सदस्यहरुको सहभागितामा २०५७ सालमा स्थापना भएको संस्था अहिले आएर १ हजार १ सय २५ जना शेयर सदस्यका साथमा सुरुङ्गा स्थित आफ्नै भवनवाट कारोवार संचालन भइरहेको सभामा जानकारी गराएका छन् ।

       

    प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष उप्रेतीले गत असार मसान्त सम्मको कुल चुक्ता शेयर पुँजी ३ करोड ९४ लाख ७४ हजार ५ सय भएको जानकारी दिएका छन् । त्यस्तै असार मसान्त सम्मको मौज्दात रकम ११ करोड १९ लाख ७ हजार १ सय तीन रहेको साधारण सभामा जानकारी गराइएको छ ।

        यस आर्थिक वर्षमा २१ करोड ९२ लाख ३५ हजार ६ सय ५३ आर्थिक संकलन भएको वार्षिक प्रतिवेदन मार्फत सार्वजनिक गरीएको छ । संस्थाको वन्द सत्रमा अध्यक्षको प्रतिवेदन , आन्तरिक लेखा समितिको प्रतिवेदन साथै विभिन्न नीति तथा कार्यविधिमाथि व्यापक छलफल गरेर सर्वसम्मत रुपमा पारित गरीएको छ ।

        संस्थाका संचालक सदस्य प्रभाखर कडरीयाले स्वागत तथा सदस्य लिलाप्रसाद भेट्वालले संचालन गरेको कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संस्थाका रेवती खनाल, जिल्ला सहकारी संघ झापाका प्रतिनिधी सन्तोष मैनाली, दुर्गापुर सहकारी संस्थाका अध्यक्ष गोपाल उप्रेती, कनकाई मावि सुरुङ्गाका प्रधानाध्यापक निर्मल खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.