Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका सडकमा सौर्य वत्ती धमाधम
    कनकाई खबर बिशेष

    कनकाईका सडकमा सौर्य वत्ती धमाधम

    ramBy ram२०७५ भाद्र २८, बिहीबार १२:३१ गते3 Mins Read

    सुरुङ्गा / निर्वाचनका समयमा घोषणा गरेका विकास निर्माणका योजनाहरुलाई कनकाई नगर क्षेत्रका जनप्रतिनिधीहरुले व्यवहारमा उतार्न थालेका छन् ।
    समृद्ध नगर निर्माणका विभिन्न योजनाहरु मध्ये कनकाईलाई उज्यालो नगरीका रुपमा विकास गर्ने प्रतिवद्धतालाई सार्थक वनाउँनका लागि क्रियाशिल रहेका कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँको नेतृत्वमा रहेको वडा अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरु सहितको जनप्रतिनिधीहरुको समूहले नगर क्षेत्रभित्र सौर्य सडक बत्तीको विस्तार गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

         सोही क्रममा कहिले सौर्य सडक वत्तीको उद्घाटन त कहिले सिलान्यास, कहिले यसको अनुगमन गर्ने कार्यमा नगर प्रमुखलाई भ्याई नभ्याई छ । नगरका विभिन्न वडाका मुख्य सडक खण्डमा स्थानीय उपभोक्ताहरुसँगको साझेदारीमा सोलार वत्ती जडान गर्दै आएको कनकाई नगरले बुधवार मात्र कनकाई नगरको वडा नंं ३ स्थित कालीस्थान चौकमा २७ वटा सौर्य सडक वत्तीको नगर प्रमुख पोखरेलले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । कनकाई सामुदायिक वनसँगको साझेदारीमा कार्य सम्पन्न भई एक विशेष समारोहका विच सौर्य सडक वत्तीको विधिवत रुपमा उद्घाटन भएको हो ।
     सुरुङ्गाको पश्चिम बस स्टेण्डवाट उत्तर तर्फ राजमार्गसँगैको पशु वजारदेखी डेड किलो मिटरको दुरीमा जडान गरीएका २७ वटा सौर्य सडक वत्ती मध्ये कनकाई नगरको तर्फवाट २३ वटा र कनकाई सामुदायिक वनको तर्फवाट ४ वटा सोलार सडक वत्ती नगर प्रमुख पोखरेलले एकै साथ उद्घाटन गरेका हुन् । सोलार वत्तीका लागि कनकाई नगरपालिकावाट १३ लाख ८० हजार १ सय पचास प्राप्त भएको थियो भने अन्य ४ वटा सोलार वत्ती कनकाई सामुदायिक वनले उपलव्ध गराएको सौर्य सडक वत्ती निर्माण उपभोक्ता समितिका संयोजक रविन्द्र लम्सालले वताएका छन् ।

       सडक वत्ती जडानसँगै हात्ती आतंक, वन जङ्गलमा हुने चोरी निकासी नियन्त्रण हुने कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीले वताएका छन् । सामुदायिक वनका तर्फवाट भर्खरै मात्र वन क्षेत्रभित्रका शाखा वाटाहरुमा २१ वटा सौर्य सडक वत्ती जडान भइसकेको वन समूहका अध्यक्ष ओलीले जानकारी गराएका छन् । वन क्षेत्रका अन्य भित्री वाटाहरुमा समेत चाँडै सोलार वत्ती जडान गर्ने योजना रहेको वन समूहका अध्यक्ष ओलीले वताएका छन् । वन क्षेत्रका शाखा वाटाहरुमा विस्तार गरीएका सडक वत्तीका कारण रातसाँझमा आवतजावत गर्न स्थानीयवासीलाई सहज भएको वताइएको छ ।
    वत्ती निर्माण उपभोक्ता समितिका संयोजक (नेकपा कनकाईका संयोजक) रविन्द्र लम्सालको सभापतित्व एवम् नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यता रहेको उद्घाटन समारोहमा कनकाई नगर वडा नं.३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरीया, वडा नं.२ का वडा अध्यक्ष परशुराम गिरी, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली लगायतले मन्तव्य राखेका थिए । उपभोक्ता समितिका सदस्य भिष्म मैनालीले स्वागत गरेको कार्यक्रमको संचालन श्रीप्रसाद खरेलले गरेका थिए ।
    त्यस्तै नगर प्रमुख पोखरेलले सडक वत्तीको निरन्तरता स्वरुप साविक सुरुङ्गा ५ आसपासदेखी कनकाई २ स्थित तिवारी चौकसम्म पुग्ने गरी ५७ वटा सौर्य सडक वत्तीको वुधवार नै सिलान्यास गरेका छन् ।

         नगरपालिकाको १७ लाख, कनकाई सामुदायिक वनले ७ लाख र वडाको वजेटवाट ३ लाख गरी २७ लाखको लागत स्टमेटमा धार्मिक तथा पर्यटकीय क्षेत्र धनुषकोटी सम्म सोलार वत्ती जडान गर्न लागिएको नगर प्रमुख पोखरेलले वताएका छन् । दशैंपछि तिहारसम्ममा सोही क्षेत्रमा समेत वत्ती जडान गरी सक्ने योजना रहेको वताइएको छ । आगामी दिनमा धनुषकोटीदेखी इलामको सिमाना सम्म सौर्यवत्ती जोड्नका लागि आवश्यक गृहकार्य भइरहेको कार्यक्रममा जानकारी गराइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.