Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » युवा कवि मोतीराम भट्टको स्मृतिमा पुस्तक विमोचन
    समाचार

    युवा कवि मोतीराम भट्टको स्मृतिमा पुस्तक विमोचन

    ramBy ram२०७५ भाद्र २५, सोमबार १५:५५ गते2 Mins Read

    सुरुङ्गा \ युवा कवि मोतीराम भट्टको १५३ औं जन्मजयन्तीका अवसरमा कनकाई वहुमुखी क्याम्पस सुरुङ्गाको नेपाली विभागले सोमवार कविता प्रतियोगिता साथै साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।
    क्याम्पसको सभा हलमा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले प्रतियोगितात्मक कविता वाचन गरेका थिए भने विभिन्न साहित्यिक स्रष्टाहरुले आफ्ना रचना प्रस्तुत गरेका थिए ।
    कार्यक्रमका अवसरमा पण्डित देवनारायण उपाध्याय निरौला(शास्त्री) द्वारा रचना गरीएको कविता संग्रह ‘खोर्सानी’ को विमोचन गरीएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वरिष्ठ साहित्यकार एवम् सहप्राध्यापक कोमलप्रसाद पोखरेलले संग्रहको विमोचन गरेका हुन् ।
    कृतिको समिक्षा गर्दै कनकाई वहुमुखी क्याम्पसका सह प्राध्यापक जीवनाथ सुवेदीले समाजमा रहेका विभिन्न किसिमका विकृती र विसंगतीहरुलाई न्युनिकरण गर्नका लागि खोर्सानी कविता संग्रहलाई सहयोगीका रुपमा लिन सकिने वताएका छन् । कनकाई ३ निवासी रामचन्द्र र गोमा निरौला ढुङ्गेलले प्रकाशन गरेको कृतिमा १९ वटा विभिन्न समयमा लेखिएका कविताहरु समेटिएको वताइएको छ ।

         क्याम्पसको नेपाली विभाग प्रमुख विष्णु कोइरालाको सभापतित्व एवम् वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपप्राध्यापक शेरवहादुर बानियाँले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कृतित्व र मोतीराम भट्टको जीवनीका वारेमा प्रष्ट पारेका थिए ।
    नेपाली विभागका सदस्य दिनेश तिम्सिनाको स्वागत तथा कमला सुवेदीको संचालन रहेको कार्यक्रममा क्याम्पसका अध्यक्ष प्रकाश चुडाल, क्याम्पस प्रमुख विकास उप्रेती, डाक्टर पुण्यप्रसाद सिग्देल, टिका लामिछाने, प्रेम प्रभात, कृतिका स्रष्टा पण्डीत देवनारायण निरौला लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.