
सुरुङ्गा \ कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल तथा उपप्रमुख मन्जु प्रसाईँले कनकाई नगरपालिका ५ स्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार चारजना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरी अभिभावकत्व ग्रहण गरेका छन् ।
आइतवार विद्यालयको सभा हलमा एक विशेष कार्यक्रमका विच विद्यार्थीहरुलाई आफ्नो निजि खर्चले शैक्षिक सामग्रीका साथै दुई \ दुई सेट विद्यालय पोशाक सम्वन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरीएको हो । आर्थिक अवस्था कमजोर भइ शैक्षिक सामग्रीका साथै विद्यालय पोशाकको व्यवस्थापन गर्न नसकेर विद्यालय आउँन बन्चीत भएका विद्यार्थीहरु कक्षा एकमा अध्ययनरत रोशी यादव र नर्सरी कक्षामा अध्ययनरत कुसुम सोरेनलाई नगर प्रमुख पोखरेलका तर्फवाट सामग्री वितरण गरीएको थियो ।
त्यस्तै कक्षा एकमा अध्ययनरत लक्ष्मण मुर्मू र कक्षा तीनमा अध्ययनरत पदम सुन्चीउरीलाई नगर उप प्रमख प्रसाईंका तर्फवाट सामग्री वितरण गरीएको हो । दलित, मुस्लीम र सन्थाल जातिको बाहुल्यता रहेको ग्रामिण क्षेत्रको सो विद्यालयमा शैक्षिक स्तर वृद्धिका लागि थप सहयोग पुर्याउँने उद्येश्यले आँफूहरुले व्यक्तिगत रुपमा सहयोग गरेको नगर प्रमुख पोखरेलले वताएका छन् ।
आर्थिक अभावकै कारण कुनै पनि वालवालिकाले शिक्षा आर्जन गर्नवाट वन्चीत हुनु नपरोस् भन्दै नगर प्रमुख पोखरेलले नगरभरिका विद्यालयहरुमा कनकाई नगरपालिकाको समेत चासो वढेको वताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठकको सभापतित्व एवम् प्रधानाध्यापक खड्ग विमलीले संचालन गरेको सामग्री वितरण कार्यक्रममा नगर उपप्रमुख मन्ज्ु प्रसाईँ, पत्रकार रामप्रसाद निरौला लगायतले मन्तव्य राखेका थिए ।