Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेसीजको क्षेत्र ‘क’ सम्मेलन सुरुङ्गामा
    कनकाई खबर बिशेष

    जेसीजको क्षेत्र ‘क’ सम्मेलन सुरुङ्गामा

    ramBy ram२०७५ भाद्र २२, शुक्रबार २३:३८ गते3 Mins Read

    सुरुङ्गा \ नेपालकी प्रथम महिला पूर्व प्रधान न्यायधिश सुशिला कार्कीले राष्ट्रको समृद्धिका लागि स्थानीय तहका प्रमुख,उपप्रमुुुख तथा सवै तहका जन प्रतिनिधीहरुले मितव्ययी बन्न अनुरोध गरेकी छन् ।

       नेपाल जेसीजको आयोजना  तथा सुरुङ्गा जेसीजको आतिथ्यमा झापाको सुरुङ्गामा दुई दिन सम्म चल्ने क्षेत्र ‘क’ सम्मेलनको पहिलो दिन शुक्रवार भएको उद्घाटन समारोहलाई सम्वोधन गर्दे पूर्व प्रधानन्यायधिस कार्कीले मुलुक गरिवीले पिल्सीएको यो अवस्थामा सवै तहका जनप्रतिनिधीहरुले निर्वाचनका समयमा जनतासँग गरेको प्रतिवद्धता अनुसार कार्य सम्पादन गर्न अनुरोध गरेकी छन् ।

        न्यायपूर्ण समाजको निर्माणका लागि जनतासँग साझेदारीमा काम गर्न जनप्रतिनिधीहरुलाई अनुरोध गर्दै पूर्व प्रधान न्यायधिस कार्कीले मिटिङ् वैठकका नाममा हुने ठूलो भोज भतेरलाई न्युनिकरण गर्दै जानु पर्नेमा जोड दिएकी छन् । देशको विभिन्न ठाउँमा पछिल्लो समयमा भएका हिंसा, हत्या र बलत्कारका घटनाहरुलाई न्युनिकरण गर्नका लागि जेसीजका युवाहरु सक्रिय हुनु पर्नेमा पूर्व प्रधान न्यायधिस कार्कीले जोड दिएकी छन् । बैदेशिक रोजगारीका लागि खाडी मूलुक गएका युवाहरुको दयनिय अवस्थाका वारेमा दुःख व्यक्त गदै कार्कीले स्वदेशमै रोजगारको सिर्जना गर्न सरकारलाई अनुरोध गरेकी छन् ।

         नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् क्षेत्र ‘क’ का निरुपित कार्यकारिणी उपाध्यक्ष विकास मानन्धरको सभापतित्व रहेको सम्मेलनको उद्घाटन कार्यक्रम डिजीटल प्रविधिवाट छिटो र छरितो तरिकाले संचालन गरीएको सम्मेलन निर्देशक कुमारमणि पोखरेलले वताएका छन् ।

       सम्मेलनमा यस क्षेत्र अन्तरगत रहेका ४० वटा शाखासहित देशभरका विभिन्न शाखाका ७ सय बढी पदाधिकारीहरुको सहभागिता रहेको छ । सहभागि हुने जेसीज युवाहरुलाई उत्प्रेरणा जगाउँनका लागि चर्चित गायीका आनी डोल्माले मनोरञ्जन दिएकी थिइन् भने थिम सेमीनारमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, डा.सुरेन्द्र केसी र लेखक एवम् साहित्यकार उज्वल प्रसाईले वक्ताका रुपमा सहभागिता जनाएका थिए । वक्ताहरुले ‘हो हामी आफ्नो उत्तरदायित्वसहित चम्कन्छौं’ भन्ने जेसीजको यो वर्षको नारालाई सार्थक वनाउँन आ आफ्ना गहकिला तर्कहरु राखेका थिए ।
    सुरुङ्गा जेसीजकी पुर्व अध्यक्ष सरला पोखरेलले आस्था वाचन र सम्मेलन निर्देशक कुमारमणि पोखरेलले सम्मेलनको औचित्य माथि प्रकाश पारेका थिए । आतिथ्य शाखा सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रममा झापा क्षेत्र नं.४ का प्रतिनिधी सभा सदस्य एल.पी.सावा लिम्वू, प्रदेश सभा सदस्य हिरा थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाल, विर्ता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार वस्नेत, नेपाली कांग्रेस झापाका पूर्व उपसभापति देउकुमार थेवे, विर्ता जेसीजका वर्तमान अध्यक्ष एकराज गिरी लगायतले मन्तव्य राखेको कार्यक्रममा क्षेत्र ‘क’ निरुपित राष्ट्रिय उपाध्यक्ष रश्मी निरौलाले सहभागी सवैलाई धन्यवाद मन्तव्य राखेकी थिइन् ।

    सुरुङ्गा जेसीजका महासचिव देवेन्द्र रिसाल र तालिम संयोजक सुस्मा न्यौपानेले उद्घाटन समारोहको संचालन गरेका थिए भने मनोरन्जनात्मक कार्यक्रमको संचालन नारायण कडरीयाले गरेका थिए । शनिवार विहान ७ः३० वजेदेखी ८ः३० सम्म सुरुङ्गामा शान्ती पद यात्राको कार्यक्रम रहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.