Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्सको आयोजनामा ७७ जनाको रक्तदान
    कनकाई खबर बिशेष

    लायन्सको आयोजनामा ७७ जनाको रक्तदान

    ramBy ram२०७५ भाद्र २१, बिहीबार १३:४५ गते1 Min Read

    मनोज वस्नेत

    सुरुङ्गा \ रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब तथा लीयो क्लब अफ कनकाई सुरुङ्गाको संयूक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    कनकाई नगरापालिका–३ सुरुङ्गा चौकमा अवस्थित प्रधान मेडिसिन सेन्टरको अगाडीपटी भएको उक्त कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए । देश व्यापीरुपमा भएको रगतको अभावलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ लायन्स क्लब इन्टरनेशलन डिस्टिक ३२५ए१ले वर्ष २०१८÷२०१९ का लागि रक्तदानलाई पनि मुख्य सेवाका रुपमा राखिएको हुनाले लायन्स क्लबले रक्तदान कार्यक्रमलाई यस वर्ष अलि बढी प्राथमिक्ता दिने क्लबका चार्टर प्रेसिडेन्ट लीलाप्रसाद चिमरियाले बताएका छन् ।
    लायन्स क्लब भनेको एउटा सेवमुखी संस्था भएका कारण जहाँ आवश्यक्ता त्यहाँ लायन्स भन्ने नारालाई आधार मानि यस वर्ष रगत अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्येश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष रुपनारायण खतिवडाले बताए ।
    लायन्स क्लब अफ कनकाई सुरुङ्गाका कोषाध्यक्ष सञ्जय गजुरेलको संयोजकत्व रहेको ३ सदस्यीय समितिको सक्रिय सहयोगमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख अकिल अहमद सिद्धिकी, लीयो क्लबअफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट विजय पाठक, सेक्रेटरी गिवसन ढकाल, ट्याक्सी व्यवसायी संघ सुरुङ्गाका पदाधिकारीहरु लगायतले रक्तदान गरेको क्लबका सेक्रेटरी साजन थापाले बताए । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी विर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.