Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पर्यटन प्रवद्र्धनमा जनप्रतिनिधिको चासो
    कनकाई खबर बिशेष

    पर्यटन प्रवद्र्धनमा जनप्रतिनिधिको चासो

    ramBy ram२०७५ भाद्र १८, सोमबार १३:०६ गते3 Mins Read

     

    सुरुङ्गा \कनकाई नगर क्षेत्र पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं. १ कै अग्रणी स्थानमा रहेको दावी गरीएको छ ।
    कनकाई नगरमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको तिव्र गतिमा भएको विकास एवम् विस्तारका कारण प्रदेशकै दावेदारको रुपमा रहेको सहजै अनुमान गर्न सकिने स्थानीय पर्यटकिय क्षेत्रका अगुवाहरु वताउँछन् ।

         लामो समयसम्म कर्मचारीहरुको अगुवाईमा चलेको स्थानीय निकायको नेतृत्व जनप्रतिनिधिहरुले सम्हालेसँगै कनकाई नगरमा पर्यटकिय क्षेत्रहरुको विकास एवम् संरक्षणमा चासो वढ्दै गएको नगरवासी वताउँछन् ।
    कनकाई नगरको गहनाका रुपमा हेरिने विभिन्न राष्ट्रिय पुरस्कार प्राप्त गरीसकेको जामुनवारी सामुदायिक वन अन्तर्गतको पर्यटकिय क्षेत्र जामुनखाडी सिमसार प्रदेशकै ठूलो चिडिया खाना निर्माणको प्रक्रियामा अघि वढिसकेको सोही पर्यटकिय क्षेत्रका अध्यक्ष ख्यामराज सिटौला वताउँछन् ।

           जामुनखाडी लगायत एक दर्जन वढीको संख्यामा कनकाई नगरमा रहेका विभिन्न ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पहिचान वोकेका पर्यटकिय क्षेत्रहरुको खोज अनुसन्धान साथै विस्तार एवम् संरक्षणका लागि कनकाई नगरपालिका क्रियाशिल रहेको नगर प्रमुख राजेन्द्र पोखरेलले वताउँदै आएका छन् ।

              पर्यटन विकास तथा संस्कृति प्रवद्र्धनमा स्थानिय उपभोक्तासँग साझेदारीमा काम गर्दै आएको कनकाई नगरपालिकाले वडा नं.५ मा रहेको वि.पी. वन वाटीकालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने भएको छ । वाटीकाको विकास एवम् संरक्षण गर्नका लागि कनकाई नगरपालिकाले आ.व.२०७४\७५ को वजेटमा विनियोजन भएको १० लाख रुपैंयाँवाट सिमेन्टको पिल्लर सहितको विशेष किसिमको तारजाली लगाएर वनको घेरावारा गर्ने काम सम्पन्न गरेको वडा नं.५ का वडा अध्यक्ष कृष्ण्वहादुर राईले वताएका छन् ।

              स्थानीय उपभोक्ता याम फुयालको अध्यक्षतामा गठन भएको नौ सदस्यीय समितिले घेरावाराको काम सम्पन्न गरेको वताइएको छ । वन वाटीकाको संरक्षणका लागि भएको घेरावारावाट कुनै किसिमका पशुपंक्षीहरुको प्रवेश हुन नसक्ने भएकाले अव यसको विकास एवम् विस्तारमा कुनै शंका नगर्न वडा अध्यक्ष कृष्णवहादुर राईले सम्वन्धित सवैलाई अनुरोध गरेका छन् । पर्यटकहरुको आकर्षणका लागि सोही वाटिका क्षेत्रभित्र चाँडै एक पोखरी निर्माण गरी वोटिङ् गर्न सक्ने वातावरण वनाउँने साथै वालउद्यान्न निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष राईले वताएका छन् ।
    २०४७ सालमा स्थानीयवासीको पहलमा निर्माण गरीएको वन वाटीका पछिल्लो समयमा उचित रेखदेख र संरक्षणको अभावका कारण मासिँदै गएको स्थानीय उपभोक्ता वताउँछन् । अधिकांश सिसौ जातका विरुवाहरु लगाइएको सो वाटीका ४ विगाहा ८ कठ्ठा १६ धुर जमिनको क्षेत्रफलमा रहेको भए पनि वन वाटीकाको जमिन आसपासका स्थानीयवासीवाटै अतिक्रमण भएपछि वि.पी. वन वाटीकाको अवस्था दयनिय वन्दै गएको स्थानीय जनप्रतिनिधीका रुपमा रहेका वडा नं.५ का वडा सदस्य शशिकान्त मैनालीले वताएका छन् ।

          करीव अढाई विगाहा क्षेत्रफल मात्र वाँकी रहेको अवस्थामा वाटीकाप्रति जनप्रतिनिधिहरुको गम्भिर ध्यान केन्द्रित भएकै कारणले संस्थाको जग्गा कायम गर्न सफल भएको मैनालीको भनाई छ । विभिन्न चरणमा सम्वन्धित उपभोक्ताहरुसँग भएको छलफलवाट पनि निष्कर्ष नआएपछि अन्ततः प्राकृतिक स्रोत तथा द्वन्द रुपान्तरण केन्द्रको सहयोगमा वाटिकाको जमिन कायम गरीएको वडा नं. ५ का वडा अध्यक्ष कृष्णवहादुर राईले वताएका छन् ।
    जनप्रतिनिधीहरुवाट भएको यस किसिमको उदाहरणिय कार्यको स्थानीय उपभोक्ताहरुले खुलेरै प्रशंसा गरेका छन् । मानिसहरुको वसोवास भएको ग्रामिण क्षेत्रमा अवस्थित यस वन वाटिकाले वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको संरक्षण तर्फ सवैको ध्यान जानु पर्नेमा स्थानीय उपभोक्ता अम्विका प्रसाईँले जोड दिएकी छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.