Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हस्पिटलको वार्षिक उत्सवमा निशुल्क स्वास्थ्य शिविर
    समाचार

    हस्पिटलको वार्षिक उत्सवमा निशुल्क स्वास्थ्य शिविर

    ramBy ram२०७५ भाद्र १७, आईतवार १०:५४ गते2 Mins Read

    सुरुङ्गा \ आर्थिक अभावका कारण अकालमै आफ्नो जीवन व्यतित गर्नु पर्ने अवस्थाका ग्रामिण क्षेत्रका विरामीहरुलाई लक्षित गरी झापाको कनकाई नगरपालिका ३ स्थित मेरीगोल्ड हस्पिटल सुरुङ्गाले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
    हस्पिटलको बार्षिकउत्सवको अवसरमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगका ८ सय ९३ जनाले निशुल्क स्वास्थ्य लाभ लिएका छन ।शनिवार हस्पिटलले आफुले सेवा प्रारम्भ गरेको नौ बर्ष पुरा गरेको अवसरमा एक दिन निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको अस्पतालका प्रमुख डाक्टर आरएन संग्रौलाले बताए ।
    सर्वसाधारण समेतलाई जानकारी होस् भन्ने उद्येश्यले प्रचारप्रसारका साथ गरिएको शिविरमा भारतबाट समेत ठुलो सङ्ख्यामा विरामीहरु स्वास्थ्य शिविरमा सहभागि भएको वताइएको छ । विराट टिचिङ् हस्पिटलको समेत प्राविधिक सहयोगमा गरिएको स्वास्थ्य शिविरमा धेरै विरामीहरु हार्डजोर्नी सम्वन्धि रहेका थिए ।
    हार्डजोर्नी तथा नशा रोग सम्वन्धि १४४ जना विरामीले स्वास्थ्य जाँच गराएका थिए ।

         यसैगरी प्रेसर , सुगर तथा थाइराइडका १३६ जना , नाक , कान , घाँटीका ८० जना , छालाका ७० जना , वालवालिका ३५ जना , स्त्री रोग सम्वन्धि ११४ जना, ८८ जनाले भिडियो एक्सरे सेवा र १९० जनाले ५० प्रतिशत छुटमा ल्याव परिक्षण गराएका थिए । शिविरमा १८० जना महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण गराएकोमा १० जनामा समस्या देखिएकोले अन्यत्र रेफर गरिएको डाक्टर संग्रौलाले बताए ।

          शिविरमा मेरिगोल्ड हस्पिटल तथा विराट टिचिङ नर्सिङ्ग हस्पिटलका डाक्टरहरु अरविन्द देव , सगुन खत्री , राजीव शाह , दिलिप चौधरी , सिवि झा , अब्दुल कलाम , सोना पोखरेल , अख्तर अली र डाक्टर आरएन संग्रौलाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य परिक्षणका लागि झापाको कनकाई नगरपालिका , अर्जुनधारा नगरपालिका , शिवसताक्षी , झापा गाउँपालिका , इलामको माइ नगरपालिका तथा छिमेकी भारतको विहार राज्यबाट समेत गरी ५६ जना विरामी स्वास्थ्य परिक्षणका लागि आएका थिए ।

          भारतको विहार राज्यमा भरपर्दो स्वास्थ्य संस्था नहुदा नेपालमा उपचारका लागि आउने गरेको उपचारमा आएका विरामी अर्जुन औधरीले वताएका छन् । स्वास्थ्य जाँच गराउँन आँउने विरामीबाट डाक्टरले स्वास्थ्य परिक्षण गरे वापत केहि शुल्क लिने गरेको साथै स्वास्थ्य परिक्षणका लागि सम्बन्धित रोगका डाक्टरहरु एकै ठाउँमा उपलब्ध नहुदा दुरदराजका विरामीहरु लामो समयदेखि रोग पालेर बस्न बाध्य रहेकाले सवै किसिमका विरामीहरुलाई लक्षित गरेर शिविर संचालन गरिएको हस्पिटलका अध्यक्ष टेकनारायण संग्रौलाले वताएका छन् । आर्थिक अभावका कारण रोग पाल्न बाध्य गरिब जनताका लागि स्थापनाकालदेखी नै हरेक वर्ष वार्षिक उत्सवको अवसर पारेर हस्पिटलले निशुल्क स्वास्थ्य शिविर गर्दै आएको अध्यक्ष संग्रौला बताउँछन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.