Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा
    कनकाई नगरपालिका

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ आश्विन २२, बिहीबार १२:०३ गते2 Mins Read

    कनकाई खबर/ झापाको कनकाई नगरपालिकाको १३औं प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव पंकज भुर्तेलले आफ्नो कार्यभार सम्हालेका छन्।

    सोमबारदेखि औपचारिक रूपमा पालिकाको प्रशासनिक नेतृत्व आफ्नो हातमा लिएका भुर्तेलले स्थानीय प्रशासनमा सुशासन, पारदर्शिता र जवाफदेहिताको सवालमा कुनै पनि प्रकारको सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन्।

    देशव्यापी रूपमा नागरिक स्तरबाट सुशासनको माग तीव्र भइरहेका बेला आम नगरबासीको चाहनालाई उच्च कदर गर्दै पालिकाले अंगीकार गरेका सुशासनका नीतिहरूलाई अक्षरसः र कडाइका साथ लागू गर्ने उनले प्रतिबद्धता जनाए। अनुभवी प्रशासक भुर्तेलको आगमनसँगै कनकाईमा थप सुशासन र समृद्धिको नयाँ आशा पलाएको छ।

    कनकाई खबरसँगको विशेष संवादमा प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले आफ्नो कार्यदिशा र प्रशासनिक दृष्टिकोण स्पष्ट पारेका छन्। उनले कुनै पनि बाह्य वा राजनीतिक दबाबभन्दा माथि उठेर विशुद्ध रूपमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४-ले निर्देश गरेका काम, कर्तव्य र अधिकार क्षेत्रभित्रै रहेर सम्पूर्ण कार्य सम्पादन गर्ने बताए।

    कानुनको परिधिभित्र रहेर आम नागरिकलाई छिटो–छरितो, झन्झटमुक्त र प्रविधिमैत्री सेवा प्रवाह गर्नु नै आफ्नो पहिलो र मुख्य जिम्मेवारी हुने उनको भनाइ थियो। संघीय सरकारको विभिन्न जिम्मेवार निकायहरूमा रहेर लामो समय काम गरेका भुर्तेल यसअघि झापाकै शिवसताक्षी र अर्जुनधारा नगरपालिका साथै साविक जिल्ला विकास समितिको कार्यालय झापा र कोशी प्रदेश कार्यालयमा समेत एक सफल, निष्पक्ष र कुशल प्रशासकका रूपमा आफ्नो कार्यकाल पूरा गरिसकेका परिपक्व कर्मचारी हुन्।

    पर्यटन मन्त्रालयबाट नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका भुर्तेलले लामो समय स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेर स्थानीय तहको विकास र सेवा प्रवाहमा आफ्नो जीवनको महत्वपूर्ण समय खर्चिएका छन्। स्थानीय तहको भूगोल, ऐन–नियम र जनअपेक्षालाई नजिकबाट बुझेकाले पनि कनकाईमा उनीबाट ठूलो सुधारको अपेक्षा गरिएको छ।

    यसअघि २० महिनासम्म कनकाई नगरपालिकामा इमानदारिताका साथ प्रशासनिक नेतृत्व सम्हालेर चर्चा कमाएका नारायण न्यौपानेको अन्यत्र सरुवा भएपछि रिक्त रहेको स्थानमा भुर्तेलको आगमन भएको हो। निवर्तमान अधिकृत न्यौपानेको कार्यकालमा पालिकाको प्रशासनिक कामलाई थप व्यवस्थित, मर्यादित र चुस्त बनाउन महत्वपूर्ण योगदान पुगेको स्मरण गर्दै नवनियुक्त हाकिम भुर्तेलले सोही बलियो जगमा उभिएर कनकाईलाई अझ समृद्ध र अनुशासित पालिका बनाउने अठोट व्यक्त गरे।

    विगतका प्रशासनिक उतारचढाव र चुनौतीहरूलाई चिर्दै, स्थानीय जनप्रतिनिधिहरू, कर्मचारी संयन्त्र र आम नगरबासीसँग मजबुत सहकार्य गरी कनकाईमा सुशासनको नयाँ अध्याय सुरु गर्ने र विकासको गतिलाई तीव्रता दिने ठूलो जिम्मेवारी अब नयाँ प्रमुख प्रशासकीय अधिकृत भुर्तेलको काँधमा आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.