Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित
    कनकाई नगरपालिका

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    कनकाई खबरBy कनकाई खबर२०८३ आश्विन ११, आईतवार १४:३१ गते2 Mins Read

    बिर्तामोड/झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् ।

    आफ्ना मुख्य प्रतिस्पर्धीका रुपमा रहेका उपेन्द्र ओलीलाई १४ हजार ५८७ मतको अन्तरले पछि पार्दै अध्यक्षमा खतिवडा निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष खतिवडाले २१ हजार ९८४ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी ओलीले ७ हजार ३९७ मत प्राप्त गरेका थिए । अध्यक्षकै अर्का प्रत्यासी भरतकुमार गिरीले ४हजार २६३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य सचिव दिनेशबहादुर निरौलाले जानकारी दिए ।
    त्यस्तै वरिष्ठ उपाध्यक्षमा १८ हजार ९३९ मत प्राप्त गर्दै नेत्रबहादुर नेपाल विजयी भएका छन् । उनका प्रतीस्पर्धीहरु क्रमशः टेकनाथ खनाल -टंक) ले ४हजार ७९९, हेमराज गिरीले ४हजार ०९५ र ज्ञानुनाथ मैनालीले ५ हजार ६२७ मत प्राप्त गरेको बताइएको छ ।

    महिला उपाध्यक्षमा पार्वता भारती गिरीले २० हजार ८१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने उनका प्रत्यासि खीनमाया बस्नेतले ५ हजार ५१०, गुहेश्वरी बुढाथोकीले ३ हजार ५८६ र सुश्री हरिमाया सिग्देलले ३ हजार ८७१ मत प्राप्त गरेका छन् ।

    त्यस्तै कोषध्यक्षामा १९ हजार ५६३ मत प्राप्त गर्दै लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छन भने उनको प्रत्यासीका रुपमा रहेका भीमबहादुर गिरीले ७ हजार४३ मत र भोला धितालले ६ हजार २४२ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।

    समितिको खुल्ला सदस्यमा १६ जनाको उम्मेद्वारी रहेकोमा नारायणप्रसाद गिरीले ११ हजार ८१६, मदनराज कटुवालले १२ हजार ८२७ र रमेश सेडाईले ९ हजार ४२५ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव दिनेशबहादुर निरौलाले जानकारी दिए ।

    त्यसैगरी महिला सदस्यमा राधिका चुडाल -हुमागाई) १२हजार ४२ मत र शिखा खड्का १३ हजार ४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । महिला सदस्यका लागि सात जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका थिए ।

    त्यस्तै लेखा सुरपरिवेक्षण समिति संयोजकमा डम्बर देउजा निर्वाचित भएका छन् । उनले १९ हजार ५७० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार शंकर सुवेदीले ११ हजार ६५९ मत प्राप्त गरेका हुन् ।
    त्यसैगरी लेखा सुरपरिवेक्षण समितिको सदस्यमा बबिता घिमिरे १७ हजार २२७ मत र सुनिल कार्कीले १५ हजार ४८८ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिका सदस्यसचिव निरौलाले जानकारी दिए ।
    विभिन्न ६ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र रहेको सहारा साकोसमा एक लाख ९७ हजार ५५२ जना सदस्यहरु मतदाताका रुपमा रहेका थिए । ८० वटा केन्द्र मार्फत सेवा दिइरहेको संस्थामा १२ पदका लागि ४५ जना चुनावी मैदानमा उत्रिएका थिए । शनिबार सम्पन्न निर्वाचनको मत गणना भने सोही दिन बेलुकाबाटै सुरु गरेर रातभरीमा गणना सम्पन्न गरेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.