Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने
    कनकाई नगरपालिका

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ भाद्र १९, शुक्रबार ००:३६ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकामा डेंगी रोगको संक्रमण र प्रकोपलाई नियन्त्रण गर्न एक बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न भएको छ।

    कनकाई नगरपालिकाको सभाहलमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित विशेष बैठकले नगरभित्र डेंगीको जोखिम न्यूनीकरणका लागि तत्काल ठोस र व्यावहारिक कदम चाल्ने निर्णय गरेको बताइएको छ ।

    बैठकमा नगर उपप्रमुख आशा शिवाकोटी , नगरपालिका क्षेत्रका सबै वडाका स्वास्थ्य कर्मचारीहरू, जनप्रतिनिधिहरू, स्थानीय अगुवा तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। वर्षातको मौसमसँगै लामखुट्टेको प्रजनन् प्रक्रिया तीव्र हुने र डेंगीको महामारी फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरस्तरीय रणनीतिक योजना बनाउन यो बैठकको आयोजना गरिएको कनकाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

    बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले डेंगी नियन्त्रण केवल स्वास्थ्य शाखाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको बताए । नगर प्रमुख पोखरेलले भने, डेंगीको प्रकोप जनस्वास्थ्यका लागि ठूलो चुनौती बनिरहेको छ, यसलाई नियन्त्रण गर्न नगरपालिकाले आफ्नो तर्फबाट बजेट र जनशक्तिको पूर्ण परिचालन गर्नेछ।

    तर, जबसम्म प्रत्येक नगरवासीले आफ्नो घर र आँगन सफा राख्नुहुन्न, तबसम्म यो लामखुट्टेलाई नष्ट गर्न सकिँदैन। नगर प्रमुख पोखरेलले सम्पूर्ण जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूलाई तुरुन्तै आ–आफ्नो वडा र टोलमा पुगेर जनचेतना जगाउन साथै खोजौँ र नष्ट गरौँ अभियानलाई महाअभियानका रूपमा अघि बढाउन निर्देशन दिए ।
    नगरका सबै वडामा खोजौँ र नष्ट गरौँ अभियान चलाउन बैठकले नगरका सबै वडामा तत्काल लामखुट्टेको वासस्थान खोजौँ र नष्ट गरौँ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। जनप्रतिनिधि,स्वास्थ्यकर्मीहरू साथै स्थानीय क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको संयुक्त टोलीले प्रत्येक वडाका टोल–टोलमा पुगेर पानी जम्ने ठाउँहरू पहिचान गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र स्थानीय नागरिकलाई सचेत गराउने निर्णय बैठकले पारित गरेको नगर स्वास्थ्य शाखाका प्रमुख नारायण अधिकारी बताउँछन् ।

    कार्यक्रमको प्राविधिक सहजीकरण नगर स्वास्थ्य प्रमुख अधिकारी र जनस्वास्थ्य अधिकृत दीक्षा नेपालले गरेका थिए । डेंगीको वर्तमान अवस्था, लामखुट्टेको जीवनचक्र र नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी गराइएको छ । कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखाकी सिनियर अनमी बिना दबाडीले गरेकी थिइन् ।

    कनकाई नगरपालिकाको स्वास्थ्य शाखाले डेंगी संक्रमणबाट बच्न नगरवासीलाई निम्न सावधानीहरू अपनाउन विशेष अनुरोध गरेको छ । जसअनुसार घर र कार्यस्थल वरपर पानी जम्न सक्ने सम्भावित ठाउँहरू -पुराना टायर, खाली बट्टा, गमला, कुलर) सधैं सफा र सुख्खा राख्ने। यो लामखुट्टे दिउँसो र बिहान–बेलुका बढी सक्रिय हुने भएकाले बाहिर निस्कँदा पूरा शरीर ढाक्ने लामो बाहुला भएको कपडा लगाउने र लामखुट्टे भगाउने मलम प्रयोग गर्ने। दिउँसो वा राति जुनसुकै समयमा सुत्दा अनिवार्य रूपमा झुल भित्र मात्र सुत्ने ।

    एक्कासी उच्च ज्वरो आउने, आँखाको पछाडि दुख्ने, र जोर्नीहरू दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गराउने। ज्वरो आउँदा चिकित्सकको सल्लाह बिना इबुप्रोफेन वा एस्पिरिन जस्ता पेनकिलर नखाई प्यारासिटामोल मात्र प्रयोग गर्ने।
    नगरपालिकाले डेंगी नियन्त्रणको यस अभियानमा सक्रियतापूर्वक सहभागी भई आफ्नो घर र टोल सफा राख्न सम्पूर्ण कनकाई नगरवासीमा हार्दिक अपिल गरेको छ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.