Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    जनताको गोठगोठमै कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर : पशु स्वास्थ्य सेवाको २७ वर्षे लोभलाग्दो यात्रा

    २०८३ आश्विन २२, बिहीबार २१:५७ गते

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दमकमा १३ वर्षिय बालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुई जना पक्राउ
    दमक नगरपालिका

    दमकमा १३ वर्षिय बालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुई जना पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८३ भाद्र ९, मंगलवार १५:११ गते3 Mins Read

    दमक / झापाको दमकमा एक १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर होटलमा यौनधन्दामा संलग्न गराएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

    दमक क्षेत्रमा लुकीछिपी नाबालिकाहरूलाई राखी व्यावसायिक रूपमा यौन व्यवसाय सञ्चालन भइरहेको विशेष सूचना र जनगुनासोका आधारमा इलाका प्रहरी कार्यालय दमकले आफ्नो निगरानी र कडा अपरेसनलाई तीव्रता दिएको छ
    प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दमक नगरपालिका ८, स्थित मनकामना होटल एण्ड लजका सञ्चालक ५५ वर्षीय गणेशप्रसाद अधिकारी र मोरङको केराबारी गाउँपालिका ९, देवीझोडा घर भई हाल दमक क्षेत्रमा बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिदेव रहेका छन्।

    गत साउन ३१ गते ती बालिका घरबाट अचानक बेपत्ता भएपछि आफन्तहरूले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए। खोजी कार्य जारी राख्ने क्रममा प्रहरीले यहि भदौ ४ गते बालिकालाई फेला पारेपछि अनुसन्धान गर्दा घटनाको भयावह रूप बाहिर आएको हो।

    आरोपी पार्वती ऋषिदेवले ती १३ वर्षीया बालिकालाई विभिन्न आर्थिक तथा अन्य प्रलोभन देखाई, ललाइफकाई गरेर अधिकारीद्वारा सञ्चालित मनकामना होटलमा पु¥याएको र होटल सञ्चालककै प्रत्यक्ष मिलेमतोमा बालिकालाई जबरजस्ती यौनधन्दा र अवैध क्रियाकलापमा प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    प्रहरीले पक्राउ परेका दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा पेश गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला अदालत झापाबाट म्याद थप गरी हिरासतमा राखेको बताइएको छ ।

    होटल व्यवसायको आडमा बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने यस्ता सञ्जालहरू दमकका अन्य स्थानमा पनि हुन सक्ने आशंकामा प्रहरीले हाल विशेष चेकिङ र आकस्मिक छापा मार्ने कार्यलाई निकै बढाएको छ। होटल र खाजाघरहरूमा कम उमेरका बालबालिकालाई श्रम वा यौनजन्य कार्यमा प्रयोग गर्दा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर र अपूरणीय क्षति पुग्ने विज्ञहरू बताउँछन्।

    प्रलोभन वा डर–त्रासमा पारेर दलदलमा धकेलिने बालबालिकाहरू आफ्नो मौलिक अधिकार, स्वतन्त्रता र शिक्षाको अवसरबाट पूर्ण रूपमा वञ्चित हुन्छन्। यस्ता असुरक्षित र अवैध वातावरणमा हुर्कने बालबालिकाहरू भविष्यमा लागुऔषध दुव्र्यसन, डिप्रेसन, मानसिक सन्तुलन गुमाउने र अन्य गम्भीर आपराधिक सञ्जालको फन्दामा सजिलै पर्ने उच्च जोखिम बढेको बताइएको छ ।

    यस्ता गम्भीर घटनाहरू दोहोरिन नदिन र होटल व्यवसायलाई मर्यादित बनाउन दमक नगरपालिकासहितको स्थानीय सरकारले तत्काल कडा नियम तथा आचारसंहिता लागू गर्नुपर्ने माग उठेको बताइएको छ । नागरिक समाज र सरोकारवालाहरूले प्रत्येक होटलमा आउने पाहुनाहरूको अनिवार्य परिचयपत्र र डिजिटल रेकर्ड राख्नुपर्ने, होटलमा चौबीसै घण्टा चल्ने सिसि टिभी क्यामेरा जडान हुनुपर्ने, १८ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन पूर्ण प्रतिबन्ध लगाउनुपर्ने, र अभिभावक बिना कोठा बुक गर्न आउने नाबालकहरूलाई कोठा उपलब्ध नगराई प्रहरीलाई खबर गर्नुपर्ने जस्ता कडा नियमहरू पालना गराउन दबाब दिएको बताइएको छ ।

    स्थानीय सरकारले नियमित र आकस्मिक अनुगमन गरी अनैतिक गतिविधिमा संलग्न पाइएका होटलहरूको व्यावसायिक इजाजतपत्र तुरुन्त खारेज गर्ने र सञ्चालकलाई कालोसूचीमा राख्ने कानुनी व्यवस्था बनाउनुपर्ने आवश्यकता देखिएको छ। नेपालको संविधान र प्रचलित कानुन अनुसार १८ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण श्रम, मानव बेचबिखन वा यौन शोषणमा प्रयोग गर्नु अक्षम्य र कडा दण्डनीय अपराध हो। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसार बालबालिकालाई वेश्यावृत्तिमा लगाउने वा यस्तो कार्यमा सहयोग गर्ने व्यक्तिलाई २० वर्षसम्म जेल सजाय र भारी जरिवाना हुने कडा कानुनी व्यवस्था छ।

    मक प्रहरीले होटलमा हुने यस्ता विकृति रोक्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएको छ। आफ्नो वरपरका होटल वा रेस्टुरेन्टहरूमा बालबालिकालाई शंकास्पद रूपमा राखेको वा शोषण गरेको पाइएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा राष्ट्रिय बाल हेल्पलाइनको निःशुल्क नम्बर १०९८ मा सूचना दिन प्रहरीले अपील गरेको छ। साथै, आफ्ना बालबालिकाहरू कतै प्रलोभनमा परेर अपरिचित व्यक्तिको सम्पर्कमा त छैनन् भन्ने कुरामा अभिभावकहरू सधैं सजग र चनाखो रहनुपर्नेमा जोड दिइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जनताको गोठगोठमै कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर : पशु स्वास्थ्य सेवाको २७ वर्षे लोभलाग्दो यात्रा

    २०८३ आश्विन २२, बिहीबार २१:५७ गते

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जनताको गोठगोठमै कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर : पशु स्वास्थ्य सेवाको २७ वर्षे लोभलाग्दो यात्रा

    २०८३ आश्विन २२, बिहीबार २१:५७ गते

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.