Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरक्षित वैदेशिक रोजगार तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धीको प्रशिक्षणमा ८० महिला लाभान्वीत
    कनकाई नगरपालिका

    सुरक्षित वैदेशिक रोजगार तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धीको प्रशिक्षणमा ८० महिला लाभान्वीत

    कनकाई खबरBy कनकाई खबर२०८३ भाद्र ७, आईतवार ००:५१ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले कुनै पनि परिवारमा आमा, हरेक हिसावले स्वस्थ छिन् भने एउटा सिङ्गो परिवार, समाज साथै राष्ट्र नै स्वस्थ हुन सक्ने भएकाले आमाहरुलाई लक्षित गरेर संचालन गरिएको महिला प्रजनन स्वास्थ्य सम्बन्धी एकदिवसीय प्रशिक्षण कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताएकी छन् ।

    कनकाई १ स्थित श्री दुर्गा भगवती मन्दिर धार्मिक विकास संस्थाको आयोजना तथा कारितास नेपालको सहयोग एवं समन्वयमा सुरक्षित वैदेशिक रोजगार तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धी एकदिवसीय प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उपप्रमुख शिवाकोटीले आफ्नै ठाउँमा सञ्चालन भएको महिला लक्षित स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमबाट भरपूर लाभान्वीत हुन सहभागी सबैलाई अनुरोध गरेकी छन् । त्यस्तै कारितास नेपालले उठाउँदै आएको सुरक्षित वैदेशिक रोजगारको सुनिश्चिततालाई थप प्रभावकारी बनाउँनु पर्नेमा उपप्रमुख शिवाकोटीले जोड दिएकी छन् ।

    संस्थाकी अध्यक्ष सरला दहाल पोखरेलको अध्यक्षता एवं उपप्रमुख शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ८० जना महिलाहरु लाभान्वीत भएका थिए ।

    कार्यक्रममा महिला प्रजनन स्वास्थ्य सम्बन्धी प्रशिक्षणको सहजीकरण सोही क्षेत्रमा रहेर लामो समयको अनुभव प्राप्त प्रशिक्षक सुजन काफ्ले निरौलाले र सुरक्षित वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा कारितास नेपालका प्रतिनिधि सुदिप खरेलले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा सहभागी महिलाहरुले सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए ।

    दुर्गा भगवती मन्दिर धार्मिक विकास संस्थाकी सदस्य सरिता अधिकारीले शाब्दीक स्वागत गरेको औपचारिक कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष शम्भुप्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । प्रशिक्षण समापनका अवसरमा सहभागी महिलाहरुका तर्फबाट अनुभुती मन्तव्य राख्दै कनकाई १ निवासी भीमा पोखरेल र कनकाई ७ निवासी देवका पराजुलीले सुरक्षित वैदेशिक रोजगार तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धीको एकदिवसीय प्रशिक्षण अत्यन्तै प्रभावकारी भएको बताएका छन्। प्रशिक्षणमा सहभागी महिलाहरुले आँफूभित्र रहेका साना मसिना महिलाको स्वास्थ्यसँग सम्बन्धित विशेष समस्याहरु प्रशिक्षकलाई खुलेर राखेका थिए ।

    दुर्गापुरस्थित सगुन पार्टी प्यालेसमा सम्पन्न औपचारिक विशेष कार्यक्रमको सहजीकरण आयोजक संस्थाका सचिव इन्द्रहरी भट्टराई र सहसचिव डिल्ली रिजालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.