Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग
    कनकाई नगरपालिका

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    कनकाई खबरBy कनकाई खबर२०८३ श्रावण १९, मंगलवार २३:०९ गते2 Mins Read

    विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले सामाजिक सञ्जालमार्फत पत्रकार तथा महासंघका पदाधिकारीमाथि निरन्तर चरित्रहत्या, गालीगलौज, धम्की र भ्रमपूर्ण सामग्री फैलाउने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

    महासंघका महासचिव हिमकुमारी चेम्जोङद्वारा जारी विज्ञप्तिमा झापाको हल्दीबारी गाउँपालिका–१ निवासी नवराज ओली (नितेश)ले केही समयदेखि नेपाल पत्रकार महासंघ झापा शाखाका पदाधिकारी तथा पत्रकारलाई लक्षित गरी फेसबुक र म्यासेन्जरमार्फत तथ्यहीन, भ्रमपूर्ण र कपोलकल्पित सामग्री प्रसारण गर्दै आएको उल्लेख गरिएको छ।

    विज्ञप्तिअनुसार, यसअघि पत्रकारको परिचय दुरुपयोग गरी सञ्चारमाध्यमको नाममा उद्योगी–व्यवसायीसँग रकम मागेको विषयमा उजुरी परेपछि उनलाई सचेत गराइएको थियो। त्यसपछि पनि महासंघ र पदाधिकारीमाथि निराधार आरोप, मानमर्दन तथा दुष्प्रचार जारी राखेपछि साइबर अपराधसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दर्ता गरिएको जनाएको छ।

    महासंघले उक्त जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसके पनि हालसम्म पक्राउ नपर्नु गम्भीर विषय भएको उल्लेख गरेको छ ।सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज, चरित्रहत्या, अफवाह फैलाउने, धम्की दिने तथा ज्यानसमेत लिने धम्कीका घटनाले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रतामाथि चुनौती सिर्जना गरेको महासंघको भनाइ छ।

    नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले यस्ता गैरकानुनी तथा अराजक गतिविधिको घोर भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पुर्जी जारी भएपछि ओली फरार रहेकोले खोजी कार्य भईरहेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.