Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता
    कनकाई नगरपालिका

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ श्रावण १७, आईतवार ०७:४६ गते3 Mins Read

    कनकाई खबर / पुर्वकै पवित्र धार्मिक क्षेत्र कनकाई घाटमा नयाँ कार्यसमिति सर्वसम्म रुपमा चयन भएको छ । यस अघि नै सम्पन्न साधारण सभाबाट जिम्मेवारी प्राप्त गरेको निर्वाचन समितिले सञ्चार माध्यसँगै स्थानीयस्तरबाट भएको खबरदारीपछि कनकाई घाटको संस्थापन पक्षसँगको सहयोगमा सर्वसम्म नेतृत्व चयन गर्न सफल बनेको हो ।


    केही दिनदेखी अन्योलमा रहेको कनकाई घाटको नयाँ समिति निर्माणकालागि एउटा समूहबाट उम्मेद्वारी झिकेर वातावरण सहज बनाएपछि नेतृत्व चयनमा सहज भएको हो । स्थानीयस्तरमा क्रियाशिल विभिन्न सामाजिक, शैक्षिक एवं वित्तिय क्षेत्रमा गहिरो अनुभव प्राप्त व्यक्तित्वहरु रहेको समिति सर्वसम्मत भएको बताइएको छ । यसरी सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिलाई निर्वाचन समितिले एक संक्षिप्त कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ गराएको छ ।
    निर्वाचन समितिका संयोजक तीर्थराज खरेलको अध्यक्षता एवं कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संयोजक खरेलले नयाँ समितिलाई सपथ ग्रहण गराएका थिए ।


    यसरी सपथग्रहण गर्ने पदाधिकारी तथा सदस्यहरुमा क्रमशः अध्यक्षमा डिल्लीराम मैनाली, उपाध्यक्षमा भक्तिप्रसाद संग्रौला, महासचिवमा गोपाल खरेल, सचिवमा श्याम पौडेल, कोषाध्यक्षमा युवराज उप्रेती र सदस्यहरुमा मनिस रिजाल र डिल्लीराम पाठक रहेका छन् भने लेखा समिति संयोजक डिल्ली पौडेल र सदस्यहरु भरतकुमार ढकाल र होमकुमारी कुमाल रहेका छन् । सपथ ग्रहणको समयमा सदस्यमा सर्वसम्मत भएका सदस्यहरु मध्ये मानबहादुर पौडेल, हिरण्यकुमार राई र निर्मला चाम्लिङ्ग राई अनुपस्थित रहेको जनाइएको छ ।

    निर्वाचन समितिका सदस्य सोम उप्रेतीले संचालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी वडाअध्यक्ष सुवेदीसँगै कनकाई घाटका संस्थापक अध्यक्ष प्रभाखर कडरिया, संस्थापक सहसचिव युवराज संग्रौला, घाट समितिका पुर्व अध्यक्ष वेदप्रकाश अग्रवाल, निवर्तमान अध्यक्ष खेमनाथ मिश्र, नेकपा कनकाईका इन्चार्ज विष्णुप्रसाद बिमली, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्की लगायतले शुभकामना मन्तव्य राख्दै घाटलाई पुर्वकै नमुना बनाउने कार्यमा नयाँ समिति थप सशक्त भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

    आफ्नो स्विकारोक्ति मन्तव्य राख्दै अध्यक्ष मैनालीले कुनै पनि संस्थामा पारदर्शिता र गोपनियताको ख्याल भएन भने लक्ष्य प्राप्त हुन नसक्ने भन्दै विगतमा भएको कमीकमजोरीबाट पाठ सिकेर आगामी दिनमा आर्थिक र प्रशासनिक पारदर्शितालाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन् । कनकाई घाटमा देखिएका सबै किसिमका समस्यालाई चरणवद्ध रुपमा समाधान तर्फ अघि बढ्ने उद्घोष गरेका अध्यक्ष मैनालीले विद्युत शव्दाह गृह चाँडै संचालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउँने साथै घाट परिसरमा सार्वजनिक शौचालय निर्माण, नियमित सरसफाई र घाट परिसर नजिक नदि किनारमा पानीको बहाब बढाउने कार्यमा तत्काल कार्ययोजना अघि बढाउने जनाएका छन् ।

    त्यस्तै घाट परिसरमा शिशि क्यामेरा जडान, मर्चरीको व्यवस्थापनलाई समेत क्रमिक रुपले अघि बढाउँने योजना रहेको बताउँदै अध्यक्ष मैनालीले कनकाई घाटलाई धार्मिक आस्थाको केन्द्रसँगै व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न स्थलका रूपमा विकास गर्न स्थानीय सरकार, सरोकारवाला निकाय, दातृ संस्था तथा आम नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.