Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता
    कनकाई नगरपालिका

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    कनकाई खबरBy कनकाई खबर२०८३ श्रावण १४, बिहीबार २२:५८ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिका–४ स्थित पवित्र कनकाई नदीको पूर्वी किनारमा रहेको धार्मिक तथा सामाजिक महत्वको कनकाई घाटको नयाँ नेतृत्व चयन प्रक्रिया विवादमा परेको छ।

    सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाउन भन्दै उम्मेदवारी फिर्ता लिएको दाबी गर्ने उम्मेदवारहरूको एउटा समूहले निर्वाचन समितिले आफ्नो लिखित निवेदनलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको दावी गरेपछि नेतृत्व चयन अन्योलमा परेको हो ।
    कनकाई घाट संस्थाको साधारण सभाले नयाँ कार्यसमिति चयन गर्न निर्वाचन समितिलाई अधिकार दिएपछि विभिन्न पदका लागि उम्मेदवारी दर्ता गरिएको थियो। अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, लेखा संयोजक तथा सदस्य पदमा उम्मेदवारी परेपछि निर्वाचन तालिका पनि सार्वजनिक गरिएको थियो। त्यसपछि भने निर्वाचन नगरी सर्वसम्मत नेतृत्व चयन गर्ने उद्देश्यले विभिन्न चरणमा छलफल र सहमतिको प्रयास अघि बढाइएको थियो।

    उम्मेद्वारी फिर्ता गरेका समूहको प्रेस विज्ञप्तिअनुसार निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय २०८३ साउन १० गते बेलुका ४ बजेसम्म तोकेको भए पनि राति ८ बजेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि छलफल जारी राखेको थियो। छलफल सकारात्मक दिशातर्फ अघि बढेपछि आफूहरू भोलिपल्ट निर्वाचन समितिको कार्यालयमा पुगेर लिखित रूपमा उम्मेदवारी फिर्ता तथा बदर गरिदिन निवेदन दिएको उम्मेदवारहरूको भनाइ छ। उनीहरूले सर्वसम्मत रूपमा नयाँ समिति चयन होस् भन्ने उद्देश्यले स्वेच्छाले उम्मेदवारी त्यागेको दाबी गरेका छन्।

    तर उम्मेदवारी फिर्ताको निवेदन दिएपछि पनि निर्वाचन समितिले कुनै जानकारी वा परामर्शबिना साँझतिर निर्वाचन हुने सूचना तथा चुनाव चिन्ह सार्वजनिक गरेको भन्दै आफ्नो नाम फिर्ता लिएका उम्मेदवारहरूले आपत्ति जनाएका छन्। उनीहरूले धार्मिक आस्था र मानवीय संवेदनासँग जोडिएको कनकाई घाटजस्तो संस्थामा चुनाव गराउनु उपयुक्त नहुने, यसले संस्थामा अनावश्यक आर्थिक भार थप्ने र सामाजिक सद्भावमा समेत असर पुग्न सक्ने बताएका छन्।

    प्रेस विज्ञप्तिमार्फत उनीहरूले आफूहरू अब निर्वाचन प्रक्रियामा सहभागी नहुने, मतदानसमेत नगर्ने र आफ्ना समर्थक तथा आम सदस्यलाई पनि मतदान प्रक्रियामा सहभागी नहुन आग्रह गरेका छन्। विज्ञप्तिमा अध्यक्षका उम्मेदवार नवलकिशोर दत्त, उपाध्यक्ष पदका उम्मेद्वार खेमराज कार्की, महासचिवका उम्मेद्वार
    ंढड नरेन्द्रप्रसाद फुयाल, सचिव राधिकादेवी कडरिया, लेखा संयोजक भीष्मप्रसाद मैनाली तथा सदस्य पदका उम्मेदवार हिरण्यकुमार राई र निर्मला राईको हस्ताक्षर रहेको छ।

    यता कनकाई घाट दाहसंस्कार स्थलको व्यवस्थापन, सरसफाइ तथा पूर्वाधार विकासका लागि स्थापना भएको सामाजिक तथा धार्मिक संस्था हो। स्थानीय समुदायका अनुसार यस्तो संवेदनशील संस्थामा सकेसम्म निर्वाचनभन्दा सहमतिबाट नेतृत्व चयन गर्नु उपयुक्त हुने धारणा लामो समयदेखि रहँदै आएको छ। उम्मेदवारी फिर्तापछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै निर्वाचन समितिले सर्वपक्षीय छलफललाई निरन्तरता दिएको र संस्थापक पक्षबाट समेत सहमतिमै नेतृत्व चयन गराउने प्रयास जारी रहेको बताइएको छ।

    यद्यपि उम्मेदवारी फिर्ता लिएको समूहले निर्वाचन समितिप्रति असन्तुष्टि जनाएपछि कनकाई घाटको नेतृत्व चयन प्रक्रिया थप जटिल बनेको छ। अब सर्वसम्मतिबाट निकास निकाल्ने वा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने भन्ने विषयमा निर्वाचन समिति र सम्बन्धित पक्षको निर्णयलाई स्थानीयवासीले चासोका साथै हेरिरहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते

    कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित

    २०८३ कार्तिक २०, बिहीबार ०३:२० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.