Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था
    कनकाई नगरपालिका

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    कनकाई खबरBy कनकाई खबर२०८३ श्रावण १४, बिहीबार ००:१० गते3 Mins Read


    कनकाई खबर/झापाको कनकाई–६ स्थित भवानी–हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्था, खानेपानी व्यवस्थापन र सेवा विस्तारमा ऐतिहासिक फड्को मार्ने तयारीमा पुगेको छ।

    उपभोक्ताको बढ्दो मागलाई सम्बोधन गर्दै निर्माण भइरहेको ४ लाख ५० हजार लिटर क्षमताको नयाँ ओभरहेड ट्याङ्की अन्तिम चरणमा पुगेपछि संस्थाको सेवा क्षमता थप विस्तार हुने भएको छ। नयाँ संरचना सञ्चालनमा आएपछि कनकाई र बाह्रदशी क्षेत्रका थप बस्तीमा नियमित, सहज र शुद्ध खानेपानी पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका उपभोक्ताको आवश्यकता र भविष्यमा बढ्न सक्ने खानेपानीको मागलाई मध्यनजर गर्दै नयाँ ओभरहेड ट्याङ्की निर्माण अघि बढाएको हो। संस्थाका सचिव रामगोपाल ओलीका अनुसार स्थापनाको समयमा पहिलो चरणमा २ लाख २५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी खानेपानी सेवा सुरु गरिएको थियो। पछिल्ला वर्षहरूमा उपभोक्ताको संख्या वृद्धि हुनुका साथै खानेपानीको माग बढ्दै गएपछि क्षमता विस्तार आवश्यक भएको हो।

    निर्माणाधीन ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीको काम अब केही महिना भित्र सम्पन्न हुने सचिव ओलीले जानकारी दिए। यससँगै खानेपानी विस्तारका लागि ९ किलोमिटर पाइपलाइन विस्तारको काम समेत सम्पन्न भइसकेको छ। थप उपभोक्तासम्म सहज रूपमा पानी पु¥याउन कनकाई–७ र कनकाई–१ का विभिन्न स्थानमा पाइप इन्टरकनेक्सनको काम गरिएको संस्थाले जनाएको छ।

    हाल भवानी–हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्थाले कनकाई नगरपालिका–१, ६, ७ तथा बाह्रदशी गाउँपालिका–७ का केही क्षेत्र गरी १ हजार ४ सय बढी उपभोक्तालाई शुद्ध पिउनेपानी वितरण गर्दै आएको छ। नयाँ ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भएपछि सेवा क्षेत्र विस्तारसँगै थप स्थानीयले सुरक्षित खानेपानी सुविधा पाउने संस्थाका अध्यक्ष भरतकुमार थपलियाले बताए।

    अध्यक्ष थपलियाका अनुसार कनकाई नगरपालिकाका विभिन्न वडा तथा बाह्रदशी–७ का थप क्षेत्रमा शुद्ध खानेपानी विस्तार गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको हो। खानेपानी सेवाको पहुँच विस्तारसँगै उपभोक्तालाई सहज र सुलभ रूपमा धारा जडान सुविधा उपलब्ध गराउन संस्थाले विशेष योजना समेत ल्याएको छ।

    संस्थाको नवौं वार्षिक साधारणसभाको निर्णयअनुसार नयाँ उपभोक्ता सदस्यका लागि धारा सामग्रीसहित जडान खर्चमा विशेष छुटको व्यवस्था गरिएको छ। यसअघि २२ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने धारा जडान कार्य अब १५ हजार २५० रुपैयाँमै उपलब्ध गराइने भएको छ।
    खानेपानी वितरण प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन अन्य खानेपानी संस्थासँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष थपलियाले बताए। अन्य संस्थाका सफल अभ्यासहरू अध्ययन गरी संस्थामा लागू गर्ने, उपभोक्तालाई सुरक्षित पानीको महत्वबारे सचेतना जगाउने तथा स्थानीय नागरिकको अवस्थालाई हेरेर सेवा शुल्कमा आवश्यक सहजीकरण गर्ने योजना रहेको उनले जानकारी दिए।

    हाल २ लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण भइरहेको छ। पानी वितरणमा कमी हुन नदिन थप क्षमताको ओभरहेड ट्याङ्की निर्माण प्रक्रिया अघि बढाइएको हो।
    संस्थाका कार्यालय सचिव चन्द्रप्रसाद अधिकारीका अनुसार नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट यस परियोजनाका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। टेन्डर प्रक्रियापछि ४ करोड २८ लाख रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ।

    दुई चरणमा निर्माण हुने खानेपानी ट्याङ्की तथा सम्बन्धित संरचनाका लागि ९ करोड ९१ लाख १६ हजार ६२८ रुपैयाँ ३६ पैसा लागत अनुमान स्वीकृत भएको थियो । आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत विनियोजन भएको १ करोड रुपैयाँ बजेटबाट बाँकी निर्माण कार्य सम्पन्न हुने विश्वास गरिएको छ।

    भवानी–हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी उप्रेतीकै कार्यकालमा आयोजनाको बजेट सुनिश्चित भई निर्माण प्रक्रिया सुरु भएको जनाइएको छ। नयाँ ओभरहेड ट्याङ्की सञ्चालनमा आएपछि संस्थाको खानेपानी व्यवस्थापन थप मजबुत बन्नुका साथै स्थानीय नागरिकको शुद्ध खानेपानी पहुँचमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.