Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघको ध्यानाकर्षण

    २०८३ असार २९, सोमबार १३:१४ गते

    घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न

    २०८३ असार २९, सोमबार ०८:१७ गते

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    २०८३ असार २९, सोमबार ०७:१४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघको ध्यानाकर्षण
    कनकाई नगरपालिका

    मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघको ध्यानाकर्षण

    कनकाई खबरBy कनकाई खबर२०८३ असार २९, सोमबार १३:१४ गते1 Min Read

    काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीलाई आवतजावतमा अवरोध पुर्‍याइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आज बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा बेवारिसे तथा शंकास्पद ढंगले गाडी पार्किङ गरिएको उल्लेख गरेको छ। यसका कारण पत्रकार तथा सञ्चारकर्मीलाई कार्यालय प्रवेश र आवतजावतमा समस्या सिर्जना भएको महासंघको भनाइ छ।

    महासंघले उक्त घटनालाई सञ्चारमाध्यमको नियमित कार्यसम्पादन तथा पत्रकारको पेसागत अधिकारमाथिको अवरोधका रूपमा लिँदै तत्काल गाडी हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

    विज्ञप्तिमा घटनाको यथाशीघ्र छानबिन गरी दोषीको पहिचान गर्न तथा कानुनी कारबाही अघि बढाउन पनि सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ। पत्रकारको स्वतन्त्र रूपमा काम गर्ने वातावरणमा कुनै पनि प्रकारको अवरोध स्वीकार्य नहुने महासंघले स्पष्ट गरेको छ।

    महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अवरोध हटाउन तथा घटनाबारे आवश्यक समन्वय गर्न सुरक्षा निकायसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको समेत जनाइएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न

    २०८३ असार २९, सोमबार ०८:१७ गते

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    २०८३ असार २९, सोमबार ०७:१४ गते

    सुरुङ्गा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको पदस्थापनसँगै सपथ

    २०८३ असार २६, शुक्रबार १२:३३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघको ध्यानाकर्षण

    २०८३ असार २९, सोमबार १३:१४ गते

    घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न

    २०८३ असार २९, सोमबार ०८:१७ गते

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    २०८३ असार २९, सोमबार ०७:१४ गते

    सुरुङ्गा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको पदस्थापनसँगै सपथ

    २०८३ असार २६, शुक्रबार १२:३३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.