Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    जनताको गोठगोठमै कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर : पशु स्वास्थ्य सेवाको २७ वर्षे लोभलाग्दो यात्रा

    २०८३ आश्विन २२, बिहीबार २१:५७ गते

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न
    कनकाई नगरपालिका

    घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८३ असार २९, सोमबार ०८:१७ गते2 Mins Read

    कनकाई खबर /झापाको घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न भएको छ ।

    कनकाईको वडा नं.९,घैलाडुवास्थित कोच राजवंशी साँस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रको आयोजना एवं कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न तालिमबाट विशेष गरी राजवंशी समुदायका महिलाहरु लाभान्वीत भएको बताइएको छ ।
    दक्ष जनशक्ति उत्पादन गर्ने उद्येश्यका साथ सिमित कोटामा संचालन गरिएको तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न राजवंशी समुदायका ६ जना महिलाले तालिममा सहभागीता जनाएको बताइएको छ ।

    राजवंशी गम्छा उत्पादन गर्नकालागि सर्वप्रथम धागोलाई चर्खामा बेर्ने र त्यसलाई तानमा राखेर गम्छा बुन्ने तरिकाको बारेमा तालिममा सिकाइएको प्रशिक्षक रनमाया तामाङले जानकारी दिएकी छन् । एक महिने तालिमको मुुख्य प्रशिक्षकका रुपमा तामाङ र सहायक प्रशिक्षकका रुपमा शान्ता लक्सम लिम्बू रहेको जनाइएको छ ।

    कोच राजवंशी साँस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको बताइएको छ। समापन विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख शिवाकोटीले राजवंशी समुदायको आफ्नो संस्कृति, संस्कार साथै भेषभूषाको संरक्षणका लागि संचालन गरिएको तालिम अत्यन्तै प्रभावकारी भएको ठहर गर्दै राजवंशी गम्छा तालिमलाई थप व्यवस्थित गर्न एडभान्स तालिमको आवश्यक रहेको बताएकी छन् ।

    नगर क्षेत्रका महिलाहरुलाई आयआर्जनमा टेवा पुर्याउँने उद्येश्यका साथ महिला लक्षित विभिन्न किसिमका तालिम संचालन गर्दै आएको कनकाई नगरपालिकाले राजवंशी समुदायका महिलाहरुका लागि समेत सोही अनुरुपका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको उपप्रमुख शिवाकोटी बताउँछिन् । आगामी दिनमा समेत राजवंशी गम्छा बुन्ने तालिमको थप निरन्तरताका लागि कनकाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग हुने उपप्रमुख शिवाकोटीले प्रतिवद्धता जनाएकी छन् ।

    आयोजक संस्थाकी कार्यसमिति सदस्य डुमरकुमारी राजवंशीले स्वागत गरेको औपचारिक कार्यक्रममा कनकाई ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य सुशिलाबुधनी चौधरी, कनकाई ९ का वडासदस्य एवं कार्यबाहक वडाअध्यक्ष युवराज राजवंशी, वडासदस्यहरु नरमान श्रेष्ठ र तारा दर्नाल, नेकपा एमालेका गोविन्द उप्रेती, नेपाली कांग्रेसका गणेशप्रसाद उप्रेती, रास्वपाका लोकेश सेडाईँ लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन कृष्ण बेडारी शर्माले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जनताको गोठगोठमै कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर : पशु स्वास्थ्य सेवाको २७ वर्षे लोभलाग्दो यात्रा

    २०८३ आश्विन २२, बिहीबार २१:५७ गते

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जनताको गोठगोठमै कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर : पशु स्वास्थ्य सेवाको २७ वर्षे लोभलाग्दो यात्रा

    २०८३ आश्विन २२, बिहीबार २१:५७ गते

    अनुभवको साख बोकेर कनकाई आइपुगे पंकजः सुशासन र समृद्धिको नयाँ आशा

    २०८३ आश्विन २२, बिहीबार १२:०३ गते

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.