Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते

    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    २०८३ मंसिर ११, बिहीबार ०६:३४ गते

    केतकी महाकाव्यमा चञ्चु प्रवेश

    २०८३ मंसिर ७, आईतवार २३:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
    कनकाई नगरपालिका

    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ मंसिर ११, बिहीबार ०६:३४ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (२०८३) सुरु भएको छ । “लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने राष्ट्रिय नाराका साथ अभियान संचालन गरिएको हो ।

    सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० (२०८३ मंसिर ९ देखि २४ गते) सम्म संचालन हुने अभियानको नगरपालिका परिसरमा आयोजित एक औपचारिक समारोहका बीच शुभारम्भ गरिएको हो ।

    कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलको अध्यक्षता एवं नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले लैंगिक हिंसा अन्त्यका लागि कानुन मात्र पर्याप्त नहुने भन्दै घरपरिवार र समाजको सोचमा परिवर्तन आउन जरुरी रहेको बताए ।

    नगर प्रमुख पोखरेलले कनकाईलाई पूर्ण रूपमा लैंगिक हिंसामुक्त पालिका बनाउने अभियानमा नगरपालिका गम्भीर भएर लागेको स्पष्ट पारे । नगर प्रमुख पोखरेलले भने, “महिला तथा बालबालिकामाथि हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य हुँदैन । यसको अन्त्यका लागि हरेक घरबाटै सचेतनाको दियो बाल्नुपर्छ र पीडितलाई न्यायको पहुँचमा ल्याउन स्थानीय सरकार सधैं साथमा छ ।” पोखरेलले अभियानलाई १६ दिनको औपचारिकतामा मात्र सीमित नराखी वर्षभरि नै निरन्तरता दिनुपर्नेमा जोड दिए ।
    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर र ६ बुँदे संकल्प

    अभियान सुरुवातको अवसरमा कार्यक्रमका प्रमुख अतिथि, अध्यक्ष, जनप्रतिनिधि तथा सहभागी सरोकारवालाहरूले “हिंसा होइन, सम्मान रोजौं, समता, सुरक्षा र न्यायको समाज बनाऔं” भन्ने मूल सन्देशसहितको प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेका छन् । ब्यानरमार्फत हिंसा सह्य नहुने, पीडितलाई विश्वास, गोपनीयता र सम्मानका साथ सहयोग गर्ने, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितताका लागि आवाज उठाउने, घर, समाज, कार्यस्थल र सार्वजनिक स्थलमा समानता कायम गर्ने, लैंगिक समानता र कानुनी जागरूकता फैलाउने तथा कुनै पनि किसिमको हिंसा देखेमा वा सुनेमा चुप लागेर नबस्ने गरी ६ बुँदे साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

    आयोजक तथा सहकार्य गर्ने संस्थाहरू
    कनकाई नगरपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सुरु भएको यस अभियानमा नगरका ९ वटै वडा कार्यालयहरू, कारितास नेपाल, नगर बाल सञ्जाल र बालक्लबहरू, महिला समूह, युवा समूह, नागरिक समाज, विद्यालय, कनकाई अपाङ्गता सहयोगी संस्था तथा अन्य सरोकारवाला निकायहरूको विशेष सहकार्य रहेको बताइएको छ ।

    अभियान अन्तर्गतका भावी कार्यक्रमहरू
    शाखाकी प्रमुख तुलसा थापाले सहजीकरण गरेको कार्यक्रममा मंसिर २४ गतेसम्म नगरका सबै वडाहरूमा संचालन गरिने सचेतनामूलक कार्यक्रमहरूको बारेमा समेत जानकारी गराइएको थियो । अभियान अवधिभर संचालन हुने कार्यक्रमहरु मध्ये वडास्तरीय सचेतना अन्तर्गत टोल विकास संस्था, महिला समूह र आमा समूहहरूसँग लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया हुने बताइएको छ ।
    त्यस्तै विद्यालयस्तरीय अभिमुखीकरण अन्तर्गत माध्यमिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि साइबर अपराध र लैंगिक हिंसा विरुद्धको सचेतना कक्षा हुनेछ भने मुख्य बजार क्षेत्रहरूमा सचेतनामूलक सडक नाटक प्रदर्शन र प्लेकार्डसहितको ¥याली गर्ने जस्ता कार्यक्रम तय भएको आयोजक शाखाकी प्रमुख तुलसा थापाले जानकारी दिएकी छन् । शाखा प्रमुख थापाका अनुसार हिंसा पीडितहरूका लागि निःशुल्क कानुनी परामर्श शिविर र अभियानको अन्तिम दिन (मंसिर २४ गते) दीप प्रज्वलनसहित समापन गरिने छ।


    कार्यक्रमका अध्यक्ष एवं कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले समाजमा लुकेर रहेका हिंसाका घटनाहरूलाई बाहिर ल्याउन र न्यूनीकरण गर्न सबै सहकार्य गर्ने संस्था र नागरिक समाज एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
    कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, नगर बाल सञ्जाल, महिला अधिकारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको शाखाकी कर्मचारी टिका खतिवडाले जानकारी दिएकी छन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते

    केतकी महाकाव्यमा चञ्चु प्रवेश

    २०८३ मंसिर ७, आईतवार २३:५८ गते

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते

    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    २०८३ मंसिर ११, बिहीबार ०६:३४ गते

    केतकी महाकाव्यमा चञ्चु प्रवेश

    २०८३ मंसिर ७, आईतवार २३:५८ गते

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.