Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते

    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    २०८३ मंसिर ११, बिहीबार ०६:३४ गते

    केतकी महाकाव्यमा चञ्चु प्रवेश

    २०८३ मंसिर ७, आईतवार २३:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित
    Uncategorized

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    कनकाई खबरBy कनकाई खबर२०८३ मंसिर ११, बिहीबार ०८:४२ गते2 Mins Read

    झापा \ सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार, अवैध तस्करी र विस्फोटकजन्य पदार्थको कारोबार नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी नायब निरीक्षक सुवास ढुंगानालाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ।

    इलाका प्रहरी कार्यालय कुमरखोदमा कार्यरत ढुंगानाले सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा शंकास्पद गतिविधिको निगरानीमा देखाएको सक्रियताको मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ।

    कात्तिक महिनामा झापा गाउँपालिकाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध तथा अवैध पटाका बरामद भएका छन्। कात्तिक ११ गते सालमारामा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टासँगको संयुक्त टोलीले दुई जनालाई नियन्त्रणमा लिई उनीहरूको साथबाट १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको थियो।

    त्यस्तै, कात्तिक २५ र २६ गते बेलायतीबारी तथा कुवाडी क्षेत्रबाट गरी करिब एक लाख ३९ हजार रुपैयाँ मूल्यका अवैध पटाका बरामद गरिएको थियो। कात्तिक २८ गते खादाबस्तीमा मोटरसाइकलको लाइटभित्र लुकाएर ल्याइएको १६ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसमेत प्रहरीले फेला पारेको थियो। उक्त घटनामा दुई जना पक्राउ परेका थिए।

    सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार र अवैध आयात नियन्त्रणका लागि गरिएको निरन्तर प्रयासले ढुंगानाको कार्यसम्पादनलाई उत्कृष्ट बनाएको प्रहरीको ठहर छ।

    जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले प्रशंसापत्र प्रदान गर्दै उनको कार्यसम्पादनको प्रशंसा गरेकी छन्।

    प्रहरी कर्मचारीको इमानदारी, सक्रियता र जिम्मेवारीप्रतिको समर्पणलाई प्रोत्साहन गर्ने यस्तो सम्मानले अन्य प्रहरी कर्मचारीलाई समेत कर्तव्यनिष्ठ भएर काम गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    २०८३ मंसिर ११, बिहीबार ०६:३४ गते

    केतकी महाकाव्यमा चञ्चु प्रवेश

    २०८३ मंसिर ७, आईतवार २३:५८ गते

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते

    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    २०८३ मंसिर ११, बिहीबार ०६:३४ गते

    केतकी महाकाव्यमा चञ्चु प्रवेश

    २०८३ मंसिर ७, आईतवार २३:५८ गते

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.