कनकाई खबर / झापाको सुरुङ्गामा एकैसाथ रोटरी क्लब अफ सुरुङ्गा, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवले पदस्थापनसँगै सपथ लिएका छन् ।

सुरुङ्गास्थित लोटस रिसोर्टमा एक भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा रोटा वर्ष २०२६/२७ का लागि एउटै उद्येश्यमा तीनवटा उमेर समूहमा रहेका जनशक्तिको नयाँ नेतृत्वले पदभार ग्रहणसँगै सपथ लिएको हो । यसरी पदभारसँगै सपथ लिएका रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष अर्जुन बोहोरा, रोट्रयाक्ट क्लवका अध्यक्ष सोहन उप्रेती र इन्ट्रयाक्ट क्लवका अध्यक्ष प्राप्ती गौतमले आआफ्नो बोर्डका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई समेत सपथ गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ -नेपाल–भुटान) का पुर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरीले रोटरीका अध्यक्ष बोहोराको गलामा रोटरी कलर पहिर्याएर सपथ गराएका थिए भने निवर्तमान अध्यक्ष डिल्लीराम मैनालीले ग्याबल हस्तान्तरण गरे । त्यस्तै क्लवका संस्थापक अध्यक्ष एल.पी.उप्रेतीले अध्यक्ष बोहोरालाई चार्टर सटिपिकेट प्रदान गरेका थिए ।

रोट्रयाक्ट अध्यक्ष सोहन उप्रेतीलाई रोट्रयाक्ट एडिआरआर बाप्पा शाहले कलर पहिर्याउँदै सपथ गराएका थिए । रोट्रयाक्ट अध्यक्ष उप्रेतीलाई निवर्तमान अध्यक्ष डा.मुकेश शाहले ग्याबल हस्तान्तरण गरे । त्यस्तै रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष प्रतापबाबु जमरकट्टेलले रोट्रयाक्ट अध्यक्ष उप्रेतीलाई चार्टर सटिपिकेट प्रदान गरेका थिए ।
त्यस्तै इन्ट्रयाक्ट क्लव अफ अल्माइटी पशुपतिका अध्यक्ष प्राप्ती गौतमलाई रोटरी अध्यक्ष अर्जुन बोहोराले कलर पहिर्याउँदै सपथ गराए । इन्ट्रयाक्ट अध्यक्ष गौतमलाई निवर्तमान अध्यक्ष डेनिश उप्रेतीले ग्याबल हस्तान्तरण गरे ।

यसै अवसरमा रोटा वर्ष २०२५/२६ मा भएका कार्यक्रम साथै गतिविधिहरुका बारेमा तीनवटै क्लवका अध्यक्ष क्रमशः रोटरी अध्यक्ष डिल्लीराम मैनाली, रोट्रयाक्ट अध्यक्ष डा. मुकेश शाह र इन्ट्रयाक्ट क्लवका अध्यक्ष डेनिश उप्रेतीले जानकारी दिए। त्यस्तै सपथ ग्रहणसँगै रोटा वर्ष २०२६/२७ का लागि तीनवटै संस्थाका अध्यक्षहरुबाट आफ्नो कार्यसमिति विस्तार गर्दै आगामी वार्षिक कार्यययोजना प्रस्तुत भएको जनाइएको छ ।
रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२६/२७ का अध्यक्ष अर्जुन बोहोराको अध्यक्षता एवं पुर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरीको प्रमुख आतिथ्य रहेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले रोटरी क्लब अफ सुरुङ्गाले यो छोटो समयमा सामाजिक सेवा, सामुदायिक हित तथा नेतृत्व विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले तीनवटा उमेर समुहमा केन्द्रित दक्ष जनशक्तिलाई समेटेका यी संस्थाले समाजमा सुगन्ध छरिरहेको बताएकी छन् । आफूभन्दा माथि उठेर सेवाको भावका साथ अघि बढेका यस्ता संस्थासँग कनकाई नगरपालिकाले सहकार्य गरेर अघि बढ्न चाहेको उपप्रमुख शिवाकोटीको जोड थियो ।
क्लवका प्रेसिडेन्ट इलेक्ट अखिल कोइरालाले स्वागत, प्रेसिडेन्ट नोमिनी सरला दहाल पोखरेलले धन्यवाद ज्ञापन साथै रोट्रयाक्ट अध्यक्ष सोहन उप्रेती र इन्ट्रयाक्ट अध्यक्ष प्राप्ती गौतमले टोस प्रपोज गरेको कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२-नेपाल–भुटान)का पुर्व डिष्ट्रिक्ट गभर्नर राजेन्द्रराज भण्डारी, क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेती, एजी नवीन गट्टानी, रोट्रयाक्ट एडिआरआर बाप्पा शाह लगायतले रोटरी क्लव अफ सुरुङ्गाले गरेका गतिविधिको प्रशंसा गर्दै नयाँ कार्यसमितिको सफलताको कामना गरे ।

क्लवका सचिव यदुका ओली उप्रेतीले संचालन गरेको औपचारिक कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी लक्ष्मण ज्ञवाली, जोइन सेक्रेटरी निकिता गिरी सहित अन्य विभिन्न क्लवका अध्यक्ष एवं प्रतिनिधिहरु, रोटरी क्लव अफ सुरुङ्गा र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका समेत पुर्व अध्यक्षहरुको उपस्थिती रहेको रोट्रयाक्ट क्लवका सचिव कृष्ण पुरीले जानकारी दिए ।

