Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव
    कनकाई नगरपालिका

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    कनकाई खबरBy कनकाई खबर२०८३ असार १६, मंगलवार ०२:४२ गते2 Mins Read

    ज्येष्ठ नागरिक संघ कनकाईले रोपाईसँगै दही–चिउरा खाएर मनायो धान दिवस

    कनकाई खबर /झापाको कनकाईमा धान दिवसको अवसर पारेर भव्य रुपमा बेठी महोत्सव सम्पन्न गरिएको छ ।

    नेपाली कृषि संस्कृतिसँग जोडिएको राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने विशेष पर्वका रुपमा असार १५ को अवसरलाई कनकाईको वडा नं.६ मा बेठी महोत्सवका रुपमा सम्पन्न भएको हो । स्थानीय लेखनाथ पौडेल र भिमादेवी पौडेलको परिवारले आयोजना गरेको बेठी महोत्सवको सहजीकरण कनकाई वडा नं.६ को कार्यालयले गरेको वडा नं.६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओलीले जानकारी दिएका छन् ।

    नौमती बाजासहित विभिन्न संघसंस्था, स्थानीयबासीको समेत बाक्लो उपस्थिती रहेको बेठी महोत्सवका अवसरमा स्थानीय पारिजात शिक्षा निकेतनले विद्यालयका विद्यार्थीलाई समेत बेठी महोत्सवमा सहभागी गराएर राष्ट्रिय सांस्कृतिक पर्व धान दिवसको महत्वका बारेमा जानकारी दिने प्रयास गरेको जनाइएको छ ।

    नौमती बाजाका साथमा वैद्विक मन्त्रोचारण सहित सुरुवात गरिएको बेठी महोत्सवमा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको बताइएको छ ।

    त्यस्तै कनकाई वडा नं.१ मा ज्येष्ठ नागरिक संघ, कनकाई नगर समितिले रोपाईसँगै दही–चिउरा खाएर धान दिवस मनाएको छ । संघका अध्यक्ष शम्भुप्रसाद पोखरेलको अध्यक्षता, सुलोचना ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । वडासदस्य दलबहादुर थापा, हरी राई लगायतले शुभकामना मन्तव्य राखेको औपचारिक कार्यक्रमको संचालन ऋषिकेश खतिवडाले गरेका थिए ।

    परम्पराअनुसार किसानहरू खेतमा धान रोप्दै दही–चिउरा खाएर यो पर्व मनाउने गर्छन्। असार महिनामा धान रोपाइँको व्यस्ततापछि शरीरलाई ऊर्जा र शीतलता प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको पाइन्छ ।

    नेपाल सरकारले विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालेको बताइएको छ । कृषिप्रधान मुलुक नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले असार महिना किसानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। आजका दिन किसानहरू असारे भाका गाउँदै, हिलोमा रमाउँदै धान रोप्ने परम्परा छ। रोपाइँका क्रममा हिलो खेल्ने र लोकगीत गाएर रमाइलो गर्ने संस्कृति पनि नेपाली समाजमा जीवित छ।

    यस वर्ष भने असार मध्यसम्म पनि देशका सबै क्षेत्रमा पर्याप्त वर्षा नभएकाले धान रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। केही स्थानका किसानले रासायनिक मल अभावको गुनासो गरेका छन्। यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले भने आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहेको र वितरण प्रक्रिया जारी रहेको जनाएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.