Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो
    कनकाई नगरपालिका

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    कनकाई खबरBy कनकाई खबर२०८३ जेष्ठ १३, बुधबार १८:४५ गते2 Mins Read

    कनकाई खबर / ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भारत, भुटान र नेपाल गरी तीनवटा देशमा संयुक्त रूपमा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलकालागि कनकाई नगरपालिकाले निम्तो प्राप्त गरेको छ ।

    यहि जेठ २८, २९ र ३० गते तीनदिन सम्म संचालन हुने प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलमा सहभागिताकालागि आयोजकले कनकाई नगरपालिकाकालाई औपचारिक रुपमा निम्तो गरेको बताइएको छ । आयोजक डिसकभर तिमीका अध्यक्ष अमृत शर्मा नेतृत्वको टोलीले झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको कार्यकक्षमै पुगेर औपचारिक निमन्त्रण गरेको हो ।

    नगर प्रमुख पोखरेलले निम्तो ग्रहण गर्दै फेष्टिवलको अग्रिम सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले कनकाई नगरपालिकालाई पर्यटन हब बनाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस अवसरलाई महत्वपूर्ण अवलोकनको मौका भएको बताए। पोखरेलका अनुसार कनकाई नगरपालिका क्षेत्र कृषि, संस्कृति र पर्यटनको संगम बन्न सक्ने क्षमता बोकेको छ र यस किसिमको अन्तर्राष्ट्रिय फेष्टिवलले त्यस सम्भावनालाई थप बलियो बनाउनेछ।

    आयोजक समितिका अमृत शर्माले जानकारी दिँदै भनेका छन् कि फेष्टिवल भारत, भुटान र नेपालका तीनवटा प्रमुख जिल्लामा — नाम्चे, पाकिङ् र ग्यान्टोकमा — सञ्चालन हुने छ। त्यस्तै तीनवटा क्षेत्र — तिमी, रिनोक र मार्तम —मा पनि विशेष कार्यक्रमहरू आयोजना गरिनेछन्। शर्माका अनुसार यस फेष्टिवलले कृषि पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउनेछ।

    फेष्टिवलमा तीन राष्ट्रका पर्यटनकर्मी, कृषि विज्ञ तथा सांस्कृतिक टोलीहरूको सहभागिता रहनेछ। कृषि उत्पादनको मूल्यवृद्धि, ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने र सांस्कृतिक आदान–प्रदानलाई बलियो बनाउने उद्देश्यले विभिन्न प्रदर्शनी, सांस्कृतिक प्रस्तुति तथा अन्तर्राष्ट्रिय छलफल कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ । यस अवसरमा स्थानीय उत्पादनको प्रदर्शन, कृषि प्रविधि आदान–प्रदान, र ग्रामीण पर्यटन प्रवद्र्धनकालागि समझदारी पत्र आदान–प्रदान हुने अपेक्षा गरिएको छ ।

    यस फेष्टिवललाई भारत, भुटान र नेपालबीच ग्रामीण पर्यटन सहकार्यलाई संस्थागत गर्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ। आयोजक समितिका अनुसार यसले तीन राष्ट्रबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ। कनकाई नगरपालिकाका लागि भने यो अवसरले भविष्यमा पर्यटन हब बन्ने सम्भावनालाई थप स्पष्ट बनाउने विश्वास गरिएको छ।

    फेष्टिवलले कृषि, संस्कृति र पर्यटनलाई एकैसाथ जोड्ने अन्तर्राष्ट्रिय चौतारी निर्माण गर्नेछ। यसले ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, कृषि उत्पादनलाई बजारसँग जोड्ने र सांस्कृतिक आदान–प्रदानलाई बलियो बनाउन सक्ने आयोजकले अपेक्षा गरेको जनाइएको छ ।

    यसरी कनकाई नगरपालिकाले पाएको निम्तोले स्थानीय तहलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने मात्र नभई ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। नगर प्रमुख पोखरेलले यस अवसरलाई कनकाईको भविष्यकालागि महत्वपूर्ण कदमका रूपमा लिएको उल्लेख गर्दै फेष्टिवल सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते

    कनकाई नगरपालिकाको सामाजिक समावेशी उपलब्धि : लक्षित वर्गलाई सेवा, अवसर र सम्मान

    २०८३ जेष्ठ ८, शुक्रबार १२:३७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते

    कनकाई नगरपालिकाको सामाजिक समावेशी उपलब्धि : लक्षित वर्गलाई सेवा, अवसर र सम्मान

    २०८३ जेष्ठ ८, शुक्रबार १२:३७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.