Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न
    कनकाई नगरपालिका

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूर्व बजेट छलफल सम्पन्न गर्दै विभिन्न सरोकारवालाबाट सुझाव संकलन गरेको छ।

    नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा शिवाकोटीले स्वागत मन्तव्य राख्दै छलफलको औचित्यमाथि प्रकाश पारिन्। प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले नगरपालिकाले तयार पारेको प्रारम्भिक चरणको बजेट, नीति तथा कार्यक्रमको मस्यौदा प्रस्तुत गरे भने योजना शाखा प्रमुख बद्री दहालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

    कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख, सामुदायिक वन समूहका प्रमुख एवं प्रतिनिधि, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, जेष्ठ नागरिक संघका प्रतिनिधि, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरुले नगरपालिकाले आगामी वर्षमा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई थप व्यवस्थित बनाउँदै सामाजिक समावेशी कार्यक्रमलाई समेत थप प्राथमिकताका साथ बजेटमा समावेश हुनुुपर्ने सुझाव प्रस्तुत गरे।

    कृषि क्षेत्रमा किसानलाई आधुनिक प्रविधि, बीउ–बिजन, सिंचाइ सुविधा र बजार पहुँच उपलब्ध गराउने माग गरिएको थियो। यसले नगरलाई आत्मनिर्भर बनाउन र उत्पादन वृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रमा विद्यालय सुधार, शिक्षक तालिम, छात्रवृत्ति कार्यक्रम र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्ने सुझाव आएको बताइएको छ । सामुदायिक विद्यालयमा आधारभूत पूर्वाधार विस्तार, आवश्यक दरबन्दी सहितको उचित व्यवस्थापनका लागि विद्यालयका प्रधानाध्यापकहरुबाट तयार पारिएको सुझाव प्रस्तुत गर्दै नगरप्रमुख पोखरेललाई बुझाइएको थियो । साथै निजी विद्यालयको शिक्षालाई समेत प्रोत्साहन गर्ने किसिमका कार्ययोजना आउनुपर्ने तर्फ जोड दिइएको छ ।

    स्वास्थ्य क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र सुदृढीकरण, मातृ–शिशु स्वास्थ्य सेवा विस्तार, सरसफाइ र रोग रोकथाममा बजेट केन्द्रित गर्नुपर्ने माग गरिएको थियो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सहज र सुलभ बनाउन मोबाइल स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरियो। पूर्वाधार क्षेत्रमा सडक, पुल, खानेपानी, विद्युत् जस्ता आधारभूत संरचना विस्तारलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरुले जोड दिए। नगर क्षेत्रमा शहरी व्यवस्थापन, यातायात सुधार र सार्वजनिक सुविधा विस्तारलाई पनि बजेटमा समेट्नुपर्ने माग गरिएको छ ।

    यससँगै नगरपालिकाले आगामी वर्षमा वातावरण संरक्षण, महिला सशक्तिकरण, जेष्ठ नागरिकमैत्री कार्यक्रम, बालबालिका लक्षित कार्यक्रम, दलित तथा जनजाति समुदायकालागि विशेष पहल, अपाङ्गमैत्री सुविधा विस्तार एवं सुशासनका कार्यक्रमलाई समेत बजेटले सम्बोधन गर्ने संकेत गरेको छ। महिला सशक्तिकरणका लागि स्वरोजगार, उद्यमशीलता तालिम र लैङ्गिक समानता प्रवद्र्धनलाई प्राथमिकता दिइने बताइएको छ । जेष्ठ नागरिककालागि स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता र नागरिकमैत्री सेवा विस्तार गरिने साथै बालबालिकाका लागि पोषण, शिक्षा पहुँच र बालमैत्री गतिविधि संचालनमा जोड दिइने बताइएको छ । दलित तथा जनजाति समुदायकालागि सामाजिक समावेशीकरण, रोजगारी अवसर र सांस्कृतिक संरक्षणलाई बजेटमा समेटिने बताइएको छ । अपाङ्गमैत्री कार्यक्रम अन्तर्गत पहुँचयोग्य पूर्वाधार, विशेष शिक्षा र स्वास्थ्य सुविधा विस्तार गरिने जनाइएको छ ।

    नगरपालिकाले वातावरण संरक्षणका लागि जलवायु परिवर्तन अनुकूलन, सामुदायिक वन संरक्षण, हरित ऊर्जा प्रवद्र्धन र सरसफाइ अभियानलाई बजेटमा समेट्ने संकेत गरेको छ। यसले नगरलाई वातावरणीय दृष्टिले सुरक्षित र दिगो विकासतर्फ उन्मुख बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी विभिन्न सरोकारवालाले जनसहभागिता नै बजेट निर्माणको आधार हुनुपर्नेमा जोड दिँदै नागरिकको प्रत्यक्ष सुझावलाई समेटेर नीति तथा कार्यक्रम तयार गर्दा मात्र स्थानीय आवश्यकता पूरा हुने धारणा रााखेका थिए ।

    नगर प्रमुख पोखरेलले प्राप्त सुझावका आधारमा आगामी वर्षको बजेट तयार गरिने प्रतिवद्धता जनाउँदै सिमित स्रोत साधनबाट बढीभन्दा बढी क्षेत्रलाई समेट्ने प्रयास नगरपालिकाले गर्ने जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारसँगै सामाजिक समावेशी कार्यक्रमलाई प्राथमिकतामा राख्दै नगर विकास योजना अघि बढाइने बताए।

    यसरी सम्पन्न पूर्व बजेट छलफलले कनकाई नगरपालिकाले नागरिक सहभागिता र सरोकारवालाको सुझावलाई महत्व दिएको बताइएको छ । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै महिला, जेष्ठ नागरिक, बालबालिका, दलित, जनजाति र अपाङ्गमैत्री कार्यक्रमलाई प्राथमिकता दिँदै नगर विकास योजना अघि बढाउने नगरपालिकाको प्रतिबद्धता आगामी वर्षमा स्थानीय विकासको आधार बन्ने अपेक्षा गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.